Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीका दुई जना लागुऔषधसहित पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार उपमहानगरपालिका वडा नम्बर ५ मटियारीका २९ वर्षिय लक्ष्मण खड्का र २० वर्षिय आदित्य चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्। उनीहरुलाई कञ्चनपुरको पुनवार्स नगरपालिका वडा नम्बर ४ कारगिल डाँडाबाट आठ सय ४० मिलिग्राम खैरोहेरोइनसहित पक्राउ गरिएको हो। ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिईएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट एक थान मोटरसाइकलसमेत बरामद गरिएको छ।

Read More

काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सहसचिव टोकराज पाण्डेयले लिएका छन्। पछिल्लो तीन सातादेखि बिदामा बसेका प्रमुख भन्सार प्रशासक अरूण पोखरेललाई मन्त्रालयमा सरूवा गरेर पाण्डेयलाई जिम्मेवारी दिएको हो। मन्त्रिस्तरीय बैठकले पाण्डेयलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय र पोखरेललाई अर्थ मन्त्रालयमा सरूवा गर्ने निर्णय गरेको हो। पाण्डेय यसअघि निजामती किताबखानाका प्रमुख थिए। यही साउन ७ गते मात्र उनको अर्थ मन्त्रालयमा सरूवा भएको थियो। गत साता त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट एक क्विन्टल सुन बरामद गरिएसँगै भन्सारका कार्यरत धेरै कर्मचारीहरू परिवर्तन गरिएको छ। गत साता त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट एक क्विन्टल सुन बरामद गरिएसँगै भन्सारका कार्यरत धेरै कर्मचारीहरू परिवर्तन गरिएको…

Read More

धनगढी : दार्चुलामा एक बालिकाको शव फेला परेको छ। जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकटस्थित महाकाली नदीको किनारमा एक बालिकाको शव फेला परेको हो।  सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार महाकाली नदीको किनारमा नाम थर, वतन नखुलेकी अन्दाजी १४/१५ वर्षीया बालिकाको शव मंगलवार दिउँसो फेला परेको हो। घटनाको प्रहरीले थप अनुसन्धान गर्दैछ।

Read More

दाङ – दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन्। घोराही–लमही सडक खण्डअन्तर्गत मंगलबार दिउँसो लमही नगरपालिका-६ स्थित बेलदमारमा रा १ ख २०१७ नम्बरको टिपर र रा १ ख ९९७८ नम्बरको बस ठोक्किँदा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए। बसमा सवार २५/२६ जनामध्ये १७ घाइते भएका र उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको छ। बस ब्रेक फेल भई अनियन्त्रित हुँदा लमहीबाट घोराहीतर्फ आउँदै टिपरसँग ठोक्किँदा दुर्घटना भएको हो।

Read More

काठमाडौं: चीन सरकारका परराष्ट्रमन्त्री छिन काङ पदबाट बर्खास्त भएका छन्। तीन सातायता काङ सार्वजनिक स्थानमा देखिन छाडेका थिए। उनको बर्खास्तीको कारणबारे भने केही जानकारी सार्वजनिक भएको छैन। राष्ट्रपति सी चिनफिङका निकट मानिएका काङ अचानक बर्खास्तीमा परेपछि यसबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ। अब परराष्ट्रपमन्त्रीको जिम्मेवारी वाङ यीले पाउने छन्। नेपाल मामिलाका पनि जानकार मानिने वाङ भने दोस्रो पटक परराष्ट्रमन्त्री बनेका हुन्। उनी यसअघि २०१३ देखि २०२२ को डिसेम्बरसम्म परराष्ट्रमन्त्री थिए। गत डिसेम्बरमा वाङपछि काङले नै परराष्ट्र मन्त्रालय सम्हालेका थिए। ५७ वर्षीय काङ यसअघि अमेरिकाका लागि चिनियाँ राजदूतसमेत थिए।

Read More

काठमाडौँ : प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् । सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन डीएसपी केसीलाई बर्खास्त गरिएको हो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृह मन्त्रालयले सोमबार बर्खास्त गरेको हो । डीएसपी केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले बताए । बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो ।

Read More

काठमाडौँ : भारत सरकारले उपहारस्वरूप दिन लागेका मुर्रा जातका राँगा लिन जाने टोलीको टुङ्गो लागेको छ । पशु सेवा विभागका महानिर्देशकको नेतृत्वमा राष्ट्रिय पशु प्रजनन केन्द्रको कार्यालय पोखरा, प्रजनन केन्द्र लहान र पशु क्वारेन्टिन शाखाका वरिष्ठ पशु चिकित्सकको टोली भारत जाने भएको हो । नेपालको तर्फबाट टोलीको सूची स्वीकृत भइसकेको र भारतले मिति तय गरेर खबर गर्नासाथ त्यसतर्फ जाने विभागले जनाएको छ । बाँकेको रुपैडिया नाकाबाट ल्याइने १५ वटा मुर्रालाई तीनवटा सरकारी पशु प्रजनन केन्द्र (फार्म)मा राखिनेछ ।

Read More

काठमाडौं: पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन्। प्रियंका कार्कीको ‘द फोर्थ ट्राइमेस्टर’ नामक पडकास्टमा अतिथि बनेर पुगेकी उनले दुई वर्षअघि सम्बन्ध विच्छेद गरेको बताएकी हुन्। छोरा दुई वर्षको हुँदा घर छाडेको बताउँदै उनले भनिन्, ‘मेरो विवाह बिग्रिसकेपछि त्यो घर छोडेर जाँदा हाम्रो सम्बन्ध एकदम राम्रो थिएन। हामी एक-अर्कासँग बोल्न पनि सक्दैनथ्यौं। हामी जहिले झगडा गथ्यौं। तर बाबु कोठामा हुँदैनथ्यो वा नजिक हुँदैनथ्यो। ऊ धेरै नै सानो थियो। छोरा दुई वर्षको हुँदा घर छोडेँ। मलाई धेरै गाह्रो भइसकेपछि म एक्लैले त्यो निर्णय लिएँ। मेरो परिवारले मलाई समर्थन गर्नु भएन। अहिले ठिक छ। त्यो समर्थन…

Read More

गलकोट : होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेको स्थानको होटल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । घटना शङ्कास्पद देखिएको भन्दै प्रहरी उपरीक्षको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खार बजार पुगेको प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ । यस्तै मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको शव परीक्षणका लागि बागलुङ ल्याउने तयारी…

Read More

काठमाडौं : निर्वाचन आयोगले गत वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना तोकेको छ । आइतबार विज्ञप्ति जारी गरेर आयोगले खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३९८ जना उम्मेदवारलाई जरिवाना तोकिएको हो । खर्च विवरण सार्वजनिक नगर्ने २ हजार ४३५ उम्मेदवारलाई १५/१५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिएको आयोगले सात दिनभित्र खर्च विवरण बुझाउन पनि भनेको छ । Press_release_2080.04.09Download

Read More