Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक प्रहरीको फन्दामा परेका छन्। हिजि (शनिबार) बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ११ बस्ने ३५ वर्षीय महेश राम लावड पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार नेपाली सेनामा २०६२ सालदेखि २०७३ सालसम्म जागिर गरी सुर्खेत ब्यारेकबाट भागेका महेशलाई ठगी धन्दा चलाएको आरोपमा पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई बाँकेको राप्तीसोनारी गाउपालीका वडा नम्बर ९ शम्सेरगंजमा डेरा गरी लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको थियो। अहिले उनलाई पक्राउ गरेर ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भईरहेको बताइएको छ। उनले बिभिन्न स्थानमा ठेगाना र…

Read More

धनगढी: कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बसपार्क क्षेत्रबाट एक युवक लागुऔषधसहित समातिएका छन्। आज (आइतबार) दिउँसो सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनलाई समातेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालका अनुसार पक्राउ पर्नेमा गोदावरी नगरपालिका-०२ बसपार्क नजिक बस्ने २१ वर्षीय पारसवलि रहेका छन्। उनलाई शंका लागेर चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल १९० मिलीग्राम लागुऔषध खैरो हिरोईनजस्तो देखिने धुलो पदार्थ फेला परेको थियो। त्यसपछि उक्त पदार्थ बरामद गरी निजलाई नियन्त्रणमा लिईएको र थप अनुसन्धान भैरहेको बताइएको छ।

Read More

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। प्रहरीले आइतबार राउतलाई नियन्त्रणमा लिएको सीआईसीबकी एआइजी किरण बज्राचार्यले जानकारी दिइन् । प्रहरीले पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी गराइसकेको छ ।

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित आठ जनाविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । खानेपानी ट्याङ्की निर्माणका लागि प्राप्त भएको मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतको रकममा भ्रष्टाचार गरेको आरोपमा आयोगले प्रमुख प्रशासकीय अधिकृत शाही, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षलगायतविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले प्रशाकीय अधिकृत शाही, इन्जिनियर मानबहादुर ऐडी, प्राविधिक सहायक गोभधन बोहोरा, लेखापाल नवीन रेग्मी, चङ्खेली गाउँपालिका–२ का वडाध्यक्ष हरिहर उपाध्याय, देवकोटावाडा खानेपानी ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैशी र कोषाध्यक्ष नन्दादेवी देवकोटाविरुद्ध छ लाख ४८ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको आयोगका सहायक…

Read More

कैलाली: बैतडीबाट बिक्रीका लागि ल्याइएका गोलभेडा कैलालीको अत्तरियामा नष्ट गरिएको छ । गोलभेडामा खान नमिल्ने विषादी भेटिएपछि नष्ट गरिएको हो । अत्तरियास्थित विषादी अवशेष दु्रत विश्लेषण इकाइमा गरिएको परीक्षणमा करिब ४ क्विन्टेल गोलभेडामा विषादी भेटिएको इकाइका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बताए । अत्तरियाको धर्मराज सप्लायर्समा बिक्रीका लागि राखिएको गोलभेडामा ५० प्रतिशत विषादी भेटिएकाले गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टको रोहबरमा खाल्डोमा पुरिएको उनले बताए । पसल सञ्चालक रमेश भट्टका अनुसार उनले आइतवार बिहान मात्रै बैतडीबाट ट्रकमा ल्याइएको गोलभेडा पसलमा राखेका थिए ।

Read More

धनगढीः धुलिखेलस्थित काभ्रेपलाञ्चोकको सिडिओ कार्यालयमा कट्टु (हाफ पाइन्ट) लगाएर छिरेका दुई युवक पक्राउ परेका छन्। राहदानी बनाउन गएका भनिएका ती युवकको अमिल्दो पोशाक र होहल्लाका कारण नियन्त्रणमा लिइएको बताइएको छ। ‘आज बिहान पौने १२ बजेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको हो,’ जिल्ला प्रशासन कार्यालय स्रोतले बतायो। काभ्रेको चौरी देउराली गाउँपालिका ४ का केशवप्रसाद गौतमका २७ वर्षे छोरा सुरज गौतम, नमोबुद्ध नगरपालिका ७ का राजकुमार श्रेष्ठका १६ वर्षे छोरा रेजियन श्रेष्ठ पक्राउ परेका हुन्। उनीहरुले काम ढिलो भएको भन्दै हल्ला गरेपछि प्रहरीले कार्यालयभित्र कट्टु लगाएर आएको आरोप लगाएको थियो। आफूहरुले सम्झाउँदा पनि नमानेको र प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम…

Read More

काठमाडौँ: चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार रू तीन खर्ब छ अर्बमध्ये जेठ मसान्तसम्म रू एक खर्ब ५१ अर्ब ३० करोड बराबर खर्च गरेको देखिन्छ । जुन कुल वार्षिक विनियोजन बजेटको ४९ दशमलव ४५ प्रतिशत हो । महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको प्रदेशहरुको बजेट खर्चसम्बन्धी तथ्याङ्कअनुसार ११ महिनामा सबैभन्दा धेरै कोशी प्रदेशले ६१ दशमलव ४१ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशले ३६ दशमलव २५ प्रतिशत बजेट खर्च गरेका छन् । सो अवधिमा बागमती प्रदेशले ५० दशमलव ६२ प्रतिशत, गण्डकी प्रदेशले ४८ दशमलव १९…

Read More

धनगढीः मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीलाई एसपीए कलेजले सम्मान गरेको छ। नेपाली टोलीमा रहेका सुदूरपश्चिमका तीन जना खेलाडी विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई कलेजले आइतबार सम्मान गरेको हो। कञ्चनपुरका आशिष एसपीए क्रिकेट टोलीको समेत कप्तान हुन्। यस्तै फाइनलमा प्रतियोगितामा शतक प्रहार गरेका ओपनर ब्याटर नरेन भट्ट बैतडी जिल्लाबाट प्रतिनिधित्व गर्छन्। अशोक धामी बझाङका हुन्। तीनै जनालाई एसपीएले स्नातकोत्तरसम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ। यस्तै एसपीएले धनगढी क्रिकेट एकेडेमीमा तीनै जनालाई निःशुल्क प्रशिक्षणको समेत व्यवस्था मिलाएको छ। घरेलु टोली मलेसियामाथि २ सय २१ रनको…

Read More

चितवन: चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती पसेर जनतालाई त्रसित बनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ रहेका खोर भरिएपछि पर्सा पठाइएको हो । पश्चिम चितवनको मेघौली क्षेत्रका जनतालाई त्रसित बनाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले गत बुधबार नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार बस्ती नजिक आएर जनतालाई त्रसित बनाउने, घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको सो बाघलाई भरतपुर महानगरपालिका–२७ बाट नियन्त्रणमा लिइएको थियो । बाघलाई नियन्त्रणमा लिएपछि केही दिन निकुञ्जको मुख्यालय कसरामा राखिएको भए पनि यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको…

Read More

कञ्चनपुर: इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना विद्यमान ग्राहकहरूका लागि नवीकरण अफर ल्याएको छ। कम्पनीले वर्षभरका लागि नवीकरण गर्दा दुई महिनाको इन्टरनेट निःशुल्क दिने योजना सुरु गरेको हो। यो अफर अन्तर्गत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर ग्राहकले दुई महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनसको रूपमा प्राप्त गर्न सक्नेछन्। यो अफर असार मसान्त २०८० सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ। भायानेट देश मै पहिलोपटक फाइबर इन्टरनेट सुरु गर्ने कम्पनी हो। मल्टी गिग सेवामा समेत अगाडि रहेको कम्पनीले विगत २३ वर्षदेखि इन्टरनेट सेवा दिंदै आएको छ। आईपिटिभी सेवा प्रदायकको रूपमा समेत रहेको यो कम्पनीको वेबसाइटमा गएर नवीकरण अफर लगायत अन्य सेवाको बारेमा थप जानकारी लिन सकिनेछ।

Read More