Author: महेन्द्रनगर पोष्ट

धनगढी: कन्चनपुरको पुनर्वास नगरपालिका घर भएका २७ वर्षीय बलराम भन्ने मातृका जैसीले आफू वीर अस्पतालको १२औँ तहको डाक्टर रहेको भन्दै एक महिलालाई ठगेका छन्। मातृकाले फकाएर सुरुमा विश्वास दिलाए। त्यसपछि दुवैजना भक्तपुरको कौशलटारस्थित मातृकाको कोठामा बस्न थाले। महिला व्यवसायी थिइन्। एक दिन मातृकाले आफूले मिटरव्याजमा पैसा लिएको र त्यो तिर्न नसके सरकारी जागिर नै अप्ठेरोमा पर्ने बताए। ती महिलाले ४० लाख रूपैयाँ पैसा पनि दिइन्। विस्तारै प्रेमी डाक्टर नभएको चाल पाएपछि महिलाले पैसा फिर्ता मागिन्। तर, मातृकाले उल्टै आफूले भनेको नमाने आत्महत्या गर्ने धम्की दिन थालेको उनको भनाइ छ। त्यसपछि प्रेमिकाले प्रहरीमा जाहेरी दिइन्। मातृका पक्राउ परेको सूचना पाएपछि उनीबाट…

Read More

धनगढी: विवादित छविका कैलाली कारागारका जेलर पदमराज तिमिल्सिना फेरि विवादमा तानिएका छन्। कैद भुक्तान गरिरहेका कैदीलाई घुस खाएर भगाएको भन्दै उनी फेरि एकपटक विवादमा आएका हुन्। अहिले फेरि कैलाली कारागारका हाकिम तिमिल्सेनाले लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका इश्वर पौडेललाई फरार गराएको आरोप लागेको छ। गौरीगंगा नगरपालिका-९ घर भएका पौडेलको प्रलोभनमा परेर तिमिल्सिनाले जेलमुक्त गरेको आरोप लागेको हो। स्रोतका अनुसार जेलर तिमिल्सेनाले ३४ ग्राम लागूऔषध खैरो हिरोइनसहित हिक्मत बम(पारस), राम सिराडी र इश्वर पौडेल चार महिना अगाडि पक्राउ परेका थिए। पक्राउ परेकामध्ये जेलर तिमिल्सेनाले पौडेलबाट रूपैयाँ लिएर भगाएका हुन्। अन्य २ जना भने कैद भुक्तान गरिरहेका छन्। यस विषयमा जेलर तिमिल्सेनाले…

Read More

काठमाडौँ: नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । लुम्बिनी प्रदेशका पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याउँदै गरेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । गत माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको चेक दिएका थिए । बैंक अफ काठमाडौंको उक्त चेक लिएर रकम निकाल्न जाँदा खातामा रकम नभएको पाइएपछि विजयबहादुर यादवविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो । २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ ९१० बाट निर्वाचित भएका थिए । पार्टीको निर्देशनविपरीत सरकारमा…

Read More

भरतपुर: पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । आज साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हरेक वर्षको साउने सङ्क्रान्तिमा बोलबम मेला लाग्ने गर्छ ।भोलिदेखि मलमास सुरु हुने भएका कारण पनि आज पहिलो सोमबार भक्तजनको भीड लागेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । उनले मेलामा सुरक्षालगायतका व्यवस्थापनका काम गरिएको बताए । साउने सङ्क्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्व रहेको छ । यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट सङ्क्रान्तिफल सुन्ने चलन छ…

Read More

एजेन्सी: दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ । यसअघि हिजो बिहानसम्म २६ जनाको शव फेला परेकोमा त्यसपछि १३ जनाको शव भेटिएको छ । चुङचेओङ प्रान्तमा डुबानमा परेको सुरुङ मार्गमा फसेकाहरुको खोजीमा खटिएको उद्धार टोलीले १३ जना मानिसको शव फेला पारेका हुन् । बाढी नै सुरुङमा पसेपछि निजी गाडी र बसमा यात्रा गरिरहेका यात्रुहरु फसेका थिए । सुरुङ ६ सय ८५ मिटर लामो छ । त्यहाँ नौ जनाको जीवितै उद्धार गरिएको थियो । उत्तरी ग्योङसाङ प्रान्तमा ९ जना बेपत्ता छन् । उनीहरुको खोजी भैरहेको छ । वर्षाका कारण १४ वटा सहर र प्रान्तका…

Read More

धनगढी: कैलाली बहुमुखी क्याम्पसको प्रमुखमा प्रा. तोयराज भट्ट नियुक्त भएका छन्। उनलाई उपकुलपतिको कार्यालयले नियुक्त गरेको हो। बैतडी घर भएका उनी लामो समयदेखि क्याम्पसमा अध्यापन गराउँदै आएका थिए। यसअघि धर्मराज उपाध्याय क्याम्पस प्रमुख थिए।

Read More

धनगढीः कैलालीको गोदावरीमा अलपत्र परेका बालकको उद्धार गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर–२ तेघरीबाट अलपत्र परेका बालकको उद्धार गरीएको हो। आइतवार रातिको समयमा सडकमा अलपत्र अवस्थामा रहेका बालकको उद्धार गरी गोदावरी २ मै रहेको महिला तथा बालबालिका सेभ हाउसमा राखिएको छ। अन्दाजी ९/१० वर्षीय बालकले प्रष्टसँग नाम ठेगाना बताउन नसकेको जनाइएको छ। बालकलाई चिन्नेले महिला तथा बालबालिका सेभ हाउस, इलाका प्रहरी कार्यालय मालाखेती अथवा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरिएको छ।

Read More

काठमाडौं: सरकारले आज साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु उपलब्ध नगराएकाले सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रशारण विभागले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७९ सालमै च्यानलको शुल्क प्रणालीमा सुधार गरी ‘आला कार्ट प्रणाली’ लागु गर्ने निर्णय गरेको थियो । उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्ने प्रणाली नै आला कार्ट हो ।

Read More

कर्णाली प्रदेश सरकारले ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक बिदा दिइएको जनाएको छ। कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आज प्रदेशभर सार्वजनिक बिदाको सूचना प्रकाशन गरिएको मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए । कर्णालीको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको साउन १ गते ‘साउने सङ्क्रान्तिअर्थात् देउडा पर्व’ माथिल्लो कर्णालीका जिल्ला तथा वीरेन्द्रनगरमा भव्य कार्यक्रम गरेर मनाईदैछ।

Read More

काठमाडौं: आज साउने संक्रान्ति । आजको दिनलाइ लुतो फाल्ने दिन पनि भनिन्छ भने सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । ​निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण मानिन्छ । साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व शुरु हुने भएकाले पनि यसको विशेष महत्त्व रहेको छ । यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ । गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ । अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ । यसरी…

Read More