Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा घरमा लुकाएर राखिएको लागुऔषधसहित एक दम्पति पक्राउ परेको छ। आइतबार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टाेलीले गोदावरी नगरपालिका-५ गेटा बस्ने २० वर्षीया अनिता राना र निजको श्रीमान २४ वर्षीय अन्तराम रानालाई पक्राउ गरेकाे हाे। घरमा खानतलासी गर्ने क्रममा उनीहरू सुत्ने कोठामा राखिएको प्लाष्टिकको जेब्रा झोलामा २ ग्राम लागुऔषध खैरो हिरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। अन्तराम रानालाई ३ महिना अगाडी पनि सामान्य चोरीको घटनामा कारबाही गरिएको प्रहरीले जनाएको छ। उनीहरूले अपाङ्गताको आवरणमा श्रीमान-श्रीमती भारतको सीमानाका बजारबाट लागुऔषध ल्याएर गाउँटोलका युवा ग्राहकहरुलाई स-साना पुरिया बनाई बिक्रीवितरण गर्ने गरेको प्रारम्भिक…

Read More

काठमाडौं : प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-८ का ४४ वर्षका राजेन्द्रप्रसाद खनाल र उनका छोरा २३ वर्षका विशाल खनाल रहेका छन् । राजेन्द्रले आफू प्रधानमन्त्रीको सुशासन सल्लाहकार रहेको र अन्य प्रमुख नेताहरुसँग पनि चिनजान रहेको भन्दै विभिन्न कम्पनी र व्यवसायमा सहभागी गराउने आश्वासन दिएर ४५ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । उनीहरुले ना ४ च ८६७० नम्बरको जिपसमेत लिएर फरार भएपछि इलाका प्रहरी कार्यालय दमक झापामा उजुरी परेको थियो । उनीहरुविरुद्ध जिल्ला अदालत…

Read More

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१ बस्ने ४२ वर्षीय पुष्पराज जोशी पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन्। उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका जोशीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ परेका जोशीले पोल्याण्ड पठाइदिन्छु भन्दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

Read More

काठमाडौँ : खोटाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोजराज खतिवडा निलम्बनमा परेका छन् । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खतिवडाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै आजैदेखि स्वतः निलम्बनमा परेका हुन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा खतिवडाले वडा नं. १० विद्युत् पोल तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ । हाल खतिवडा खोटाङका सिडिओ हुन् ।

Read More

धनगढी: धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा डडेल्धुरा समाज गठन गरिएको छ। समाजको अध्यक्षमा समिर भण्डारी चयन भएका हुन्। यस्तै उपाध्यक्षमा उशा बोहोरा, सचिवमा महेश बडु, सहसचिवमा कृष्णा पाण्डेय, कोषाध्यक्षमा नरेश कामी र सहकोषाध्यक्षमा आषिश पाण्डेय चयन भएका छन्। यस्तै सदस्यहरुमा प्रिती तमोली, कैशल पन्त, मन्जु भण्डारी, निरज उप्रेती, भावना फुलारा, गौरब भट्ट ,सुनिता रोकाया, रिता बोहरा र रेखा भाट चयन भएका छन्।

Read More

जनकपुरधाम : जनकपुर रेल्वे स्टेशनमा एक महिला लुटिएको घटना सार्वजनिक भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठालकी सुनिताकुमारी यादवबाट २ लाख ७० हजार रुपैयाँ लुटिएको घटना सार्वजनिक भएको हो । रेलमा चढ्नैबित्तिकै उनले बोकेको ह्याण्ड ब्याग गायब भएको र त्यसमा २ लाख ७० हजार रुपैयाँ रहेको दाबी गरिएको छ । जनकपुरको एनआईसी एसिया बैंकबाट उक्त रकम निकालेर घर जाने क्रममा रेल्वे स्टेशनमा लुटेराले १० हजार बराबरको सुनको गहना र पैसा राखेको ह्याण्ड ब्याग लुटेर लगेको पीडित सुनिताले बताइन् । उनका श्रीमान सञ्जु यादव खाडी मुलुकमा छन् । गाउँमा सुनिताले जग्गा खरिद गरेकी थिइन् । जग्गाधनीलाई दिन भनी बैंकबाट निकालिएको…

Read More

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ। भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली ६ दिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेको हो। दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष भुसालले भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित हुने जानकारी दिइन्। ‘मुख्यतः भाजपा र हाम्रो पार्टीगत सम्बन्धलाई सुदृढ पार्ने कुरा हो,’ उनले भनिन्, ‘हामी सबैतिर सुमधुर सम्बन्धमा छौँ। चिनियाँ कम्युनिस्ट पार्टीसँग भाइचारा सम्बन्ध र…

Read More

धनगढीः कैलालीमा दुई महिला भन्सार छलिका सामानसहित पक्राउ परेकी छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१२ घलेचोकबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी एक लाख ३१ हजार पाँच सय ३३ मुल्य बराबरको झ्यालको पर्दा, हेडफोन, मिनि स्पिकर, लेडिज सुट लगायतका सामानसहित धनगढीउपमहानगरपालिका–७ कि ३५ वर्षीया विन्द्रा राना र सोही ठाउँकी ३८ वर्षीया सुवर्णा रानालाई प्रहरी गस्ति टोलीले नियन्त्रणमा लिएको हो। सामान सहित उनीहरुलाई कारबाहीकालागि भन्सार कार्यालय त्रिनगर पठाईएको प्रहरीले जनाएको छ। यस्तै धनगढी उप–महानगरपालिका–३ बाट अबैध रुपमा भन्सार छलि अन्दाजी ४८ हजार ९ सय मुल्य बराबरको सुर्ती, प्लाष्टिक झिल्ली, चिनी, पास्ता, नरिवल, बिष्कुट, मिठाई लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो।

Read More

काठमाडौँ : नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य युआन जियाजुनसँग इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट संवाद गरेका छन् । संवाद क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणमा रहेका जियाजुनलाई स्वागत गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आइतबार दिउसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको सचिवालयको भनाइ छ । प्रधानमन्त्री प्रचण्ड शनिबार संयुक्त राष्ट्रसङ्घको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटालीको रोम गएका थिए । चिनियाँ नेता युआन जियाजुन भने आइतबार बिहान…

Read More

काठमाडैँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारी र वडा अध्यक्ष लगायत १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोप ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, नेपाल विद्युत् प्राधिकरण, ओखलढुङ्गा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, इन्जिनियर र वडा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । सिद्धिचरण नगरपालिका वडा नम्बर १० मा विद्युत् पोल तार र ट्रान्समिटर खरिद योजनामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनको सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खतिवडा, वडा नं. १० का तत्कालीन वडा अध्यक्ष दामोदर…

Read More