Author: महेन्द्रनगर पोष्ट

कैलाली: जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र बहादुर पाल पुरस्कृत भएका छन्। विभागीय नीति तथा आदेश निर्देशनलाई आत्मसाथ गरी निर्दिष्ट जिम्मेवारी अनुशासित ढंगले लगनशील, इमान्दार, व्यवसायिक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक प्रशासनिक रूपमा कार्यसम्पादन गरेको भन्दै आईजीपी वसन्त कुँवरले एसपी पाललाई नगदसहित पुरस्कृत गरेका हुन्। प्रहरी उपरीक्षक पाल दुई हजार तीन सय नगद रुपैयाँसहित अभिलेखमा जनिने गरी पुरस्कृत भएका छन्।

Read More

कैलाली: हिजो मंगलबार कैलालीको रानी जमारा नहरमा एक बालक डुबे। उनलाई बचाउन एक अर्का किशोर नहरमा हामफाले। बालक त बचे तर, ती किशोरको ज्यान गएको छ। मंगलबार दिउँसो जिल्लाको लम्कीचुहाँ नगरपालिका वडा नम्बर ६ स्थित रानी जमारा नहरमा डुबेर लम्किचुहा नगरपालिका वडा नम्बर ६ का कक्षा १० मा अध्यनरत १७ वर्षका योगेश चलाउनेको ज्यान गएको हो। नहरमा नुहाउने क्रममा अर्का बालक बगेको देखेपछि उनलाई बचाउन नहरमा पस्दा चलाउने आँफै नहरमा डुबेका थिए। चलाउने नहरमा बगिरहेको देखेपछि उनको उद्धारमा वडाअध्यक्ष लोकेन्द्र कठायत आफै पसेका थिए। तर, उनले किशोरलाई बचाउन भने सकेनन्। जोखिम मोलेर नहरमा गएका उनको प्रयास सफल हुन सकेन। अध्यक्ष…

Read More

कैलाली: कैलाली जिल्लाको पूर्वी दक्षिणी क्षेत्रमा रहेका नदीहरुमा पाईने विश्वमै दुर्लभ डल्फिन यस वर्ष पनि देखिन थालेको छ। कैलालीको टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाको संगमस्थल पथरैया, काँडा र मोहना नदीको त्रिवेणीमा पाइने गर्दछ। नदीको वहाव बढेसँगै पथरैया, काँडा र मोहना नदीमा देख्न पाइने डल्फिनका साथै ओत, कछुवा, गोही, पन्छी, लोपोन्मुख माछा समेत पाईने गर्दछन्। बर्षात्का चार महिना असार, साउन, भदौ र असोज डल्फिन देखा पर्दछन्। डल्फिन मोहना, पथरैया, कान्द्रा, काँढालगायतका सहायक नदीमा भने मनसुन अवधिभरि ४ महिना मात्रै बस्ने गर्छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीमा राखेको २६ स्तनधारी जन्तुमध्ये डल्फिन पनी एक हो।…

Read More

दार्चुला: दार्चुलाको खलङ्गा–दल्लेख सडक खण्ड ठाउँठाउँमा अवरुद्ध हुँदा तरकारी किसानलाई ढुवानीको समस्या भएको छ। बाटो अवरुद्ध हुँदा गाउँमा उत्पादन भएको तरकारी सदरमुकाम ल्याउन समस्या भएको हो। गएको असार दोस्रो हप्तादेखि खलङ्गा–दल्लेख सडक बन्द छ। ठाउँठाउँमा पहिरोले बन्द भएको सडक अहिलेसम्म खुलेको छैन। सडक नखुल्दा मुख्य गरी तरकारी किसान मर्कामा परेका छन्। गाउँमा कोही बिरामी परे स्ट्रेचरमै बोकेर ल्याउनुपर्ने हुन्छ। काम विशेषले सदरमुकाम आवतजावत गर्नेलाई पनि समस्या छ। दैनिक उपभोग्य सामाग्रीको ढुवानीसँगै तरकारी ढुवानीमा असहज भएको स्थानीय धनसिंह सितोलीले बताए। सडक नखुल्दा गाउँमा खाद्यान्नको अभाव हुने चिन्ता बढेको छ। अहिले नौगाड गाउँपालिका–२ दल्लेखका झण्डै ७० घरपरिवारले व्यवसायिक रुपमा तरकारी खेती गर्दै…

Read More

दोधारा चाँदनी: कञ्चनपुरका राना समुदायमा सावनको डोलाको रौनक छाएको छ । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन् । सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना समुदायको बसोबास छ । राना थारू समुदायले साउन महिनामा घर तथा समूहमा पिङ हालेर खेल्ने र सावनका डोला मनाउने परम्परा छ । यस वर्ष मलामासका कारण भदौ २ गते तीज मनाउने निर्णय गरे पनि त्यसअघी परम्परागत पहिरनमा सजिएका राना महिला आफ्नै पारामा गीत गाउँदै डोला खेल्दै रमाइलो गर्दछन् । यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा…

Read More

काठमाडौँ: पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताए । उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन । सोही कारण सङ्क्रमण दैनिक बढिरहेको छ । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर सङक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र…

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागका आंशिकदेखि  सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका  एक-दुई स्थानहरूमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाडौं: प्रहरी महानिरीक्षक बसन्त कुँवरले २४ जना प्रहरीलाई पुरस्कृत गरेका छन्। पुरस्कृत हुनेमा कार्यालय सहयोगीदेखि एआईजीसम्म छन्। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोजकुमार केसी पुरस्कृत भएका छन्।  उत्कृष्ट काम गरेको भन्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी केसीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय भएको हो। आफूलाई दिइएको जिम्मेवारी अनुशासित, इमानदार, लगनशील, व्यावसायिक र कर्तव्यनिष्ट ढंगले पूरा गरेको भन्दै उनीहरुलाई नगदसहित पुरस्कृत गरिएको हो। आइजिपीबाट पुरस्कृत हुने अन्यमा एआइजी मीरा चौधरी, डिआइजी बुद्विराज गुरूङ, सिआइबीकम एसएसपी दिनेश आचार्यदेखि एसपी, डिएसपी, इन्सपेक्टर, प्रहरी हवल्दार र कार्यालय सहयोगीसम्म २४ जना…

Read More

अछाम: साँफेबगर नगरपालिकामा जग्गाको कित्ताकाट सुरु भएकोछ । स्थानीय भू–उपयोग परिषद्ले आफ्नो क्षेत्राधिकारभित्रका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरेपछि मालपोत कार्यालयले नयाँ आर्थिक वर्ष सुरुवात सँगै कित्ताकाट प्रारम्भ गरेको हो ।नगरपालिकाले आफ्नो क्षेत्रभित्रको जग्गा कृषि र गैरकृषिमा वर्गीकरण गरेर कित्ताकाटका लागि मालपोत कार्यालयमा सिफारिस गरेपछि कित्ताकाट सुरुवात गरिएको मालपोत कार्यालय अछामका प्रमुख शिवराज ढुङ्गानाले बताए । जग्गालाई कृषि र गैरकृषिमा गरेर आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल सिमसार, सार्वजनिक र सांस्कृतिक तथा पुरातात्त्विकमा वर्गीकरण गरिएको छ । स्थानीय तहका प्रमुख वा अध्यक्षको संयोजकत्वमा स्थानीय भू–उपयोग परिषद् गठन गरेर जग्गाको वर्गीकरण गर्ने प्रावधान रहेको छ। स्थानीय तहले जग्गाको वर्गीकरण…

Read More

धनगढी : सुदूरपश्चिमका व्यवसायीहरुले नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ उठाएपछि आपूर्ति सहज भएको छ । गत शुक्रबार निगमबाट लगिएको पेट्रोलियम पदार्थ स्टक राख्दै व्यवसायीहरुले पेट्रोल पम्प बन्द गर्दै तीन दिनदेखि थप माग नगर्दै कृत्रिम अभाव सिर्जना गरेपछि आपुर्ति अवरुद्ध भएको थियो तर मंगलबार भने व्यवसायीहरुले निगमबाट पेट्रोलियम पदार्थ उठाएर पम्पबाट बिक्रि वितरण गर्न थालेका हुन् । नेपाल आयल निगम धनगढीका प्रादेशिक प्रमुख मोहनकुमार शाहले मंगलबार कैलालीसहित प्रदेशमा ९ जिल्लाका विभिन्न डिलरहरुमा दुई लाख ४० हजार लिटर पेट्रोल र दुई लाख ८४ हजार लिटर डिजल पठाइएको जानकारी दिए । निगमले बजारमा इन्धन पठाएसँगै आपुर्ति सहज भएको छ । तर तीन दिनदेखि…

Read More