कैलाली: हिजो मंगलबार कैलालीको रानी जमारा नहरमा एक बालक डुबे। उनलाई बचाउन एक अर्का किशोर नहरमा हामफाले। बालक त बचे तर, ती किशोरको ज्यान गएको छ।
मंगलबार दिउँसो जिल्लाको लम्कीचुहाँ नगरपालिका वडा नम्बर ६ स्थित रानी जमारा नहरमा डुबेर लम्किचुहा नगरपालिका वडा नम्बर ६ का कक्षा १० मा अध्यनरत १७ वर्षका योगेश चलाउनेको ज्यान गएको हो।
नहरमा नुहाउने क्रममा अर्का बालक बगेको देखेपछि उनलाई बचाउन नहरमा पस्दा चलाउने आँफै नहरमा डुबेका थिए।
चलाउने नहरमा बगिरहेको देखेपछि उनको उद्धारमा वडाअध्यक्ष लोकेन्द्र कठायत आफै पसेका थिए। तर, उनले किशोरलाई बचाउन भने सकेनन्। जोखिम मोलेर नहरमा गएका उनको प्रयास सफल हुन सकेन।
अध्यक्ष कठायत लगायत नेपाल प्रहरी लगायत केही स्थानीय हरु ३ घण्टा सम्म पानि भित्र खोजी गर्दा किशोरको मृत्यु भइसकेपछि अवस्थामा शव भेटिएको थियो।
सुरुमा बगेका बालकको भने सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ।
उक्त ज्यानमारा नहरमा यसअघि पनि लम्कीकै एक विद्यालका प्रधानाध्यापकको समेत डुबेर निधन भएको थियो। लम्कीचुहा नगरपालिका वडा नम्बर ५ चौरीस्थित जन जागृति माविका प्रधानाध्यापक ४० वर्षीय जब्बर बडुवालको गत जेठ १७ गते निधन भएको थियो।