Author: महेन्द्रनगर पोष्ट

धनगढी: प्रदेश सरकारले खडा गरेको ‘भीमदत्त उत्कृष्ट पुरस्कार २०७९’ अन्तर्गतको भीमदत्त सर्वोत्कृष्ट पुरस्कारबाट कञ्चनपुर बेलौरी नगरपालिकाका असारेराम बडायक पुरस्कृत भएका छन् । उनले पुरस्कार स्वरुप एक लाख ५० हजार रुपैयाँ र प्रशंसापत्र पाएका छन् । कृषिमा नयाँनयाँ प्रविधि अपनाएर खेती गरिरहेका उनी अन्य किसानका लागि नमूना कृषकको रुपमा स्थापित भएका छन् । बजारमा पाउने कृषि उपकरणलाई आफैँले किसान तथा जग्गामैत्री बनाउँदै उनले लागत खर्च कम गरी उत्पादत्व वृद्धि गरिरहेका छन् । बडायकले आफ्नो उखु खेतीभित्र आलु र तोरी खेती गरिरहेका छन् । ७५ हजार रुपैयाँ र प्रशंसापत्रसहितको भीमदत्त उत्कृष्ट पुरस्कारबाट कैलाली घोडाघोडी नगरपालिकाका पहलमान देउवा पुरस्कृत भएका छन् । उनले…

Read More

–भूमिराज पिठातोली, बझाङ: बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँड्दै गरेको भेटिए । उनको हातमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन थियो । बजारमा कार्कीलाई चिनजानका सर्वसाधारणले बिहानै नुन कता पाइयो भनेर प्रश्नसमेत गरिरहेका थिए । कार्कीको जवाफ थियो, “पसल खुला हुनुपर्छ, जता पनि पाइन्छ ।” कार्की सदरमुकाम चैनपुर बस्न थालेको पाँच वर्ष भइसक्यो । एअरपोर्टमा बस्दाबाहेक बीच बजारमा सरेपछि उनले हरेक पटक नुन विभिन्न पसलहरूबाट किन्दै आएका छन् । पसलबाट किनिएको नुन भने कताबाट आएको हो भन्ने उनलाई जानकारी छैन । “नुन सकिएपछि जुन पसल खुला हुन्छ, त्यो पसलमा जान्छु ।…

Read More

टीकापुर: यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् । “रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौँ”, टीकापुर–८ का श्यामलाल चौधरीले भने, “सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौँ । बाध्य भएर भारतबाट ल्याएर प्रयोग गरेका छौँ ।” भारतबाट ल्याएको मल प्रयोग गरे पनि खेती कस्तो पो हुन्छ भन्ने चिन्तामा छन् । चौधरीले भने, “सहकारीमा आएको मल लिन बिहान ३ बजेदेखि लाइनमा बस्दा पनि पाइएन ।” सरकारले उपलब्ध गराउने मल नपाएपछि यस वर्ष किसान…

Read More

अछाम: अछाममा एक महिलाको भीरबाट खसेर मृत्यु भएको छ। अछामको मंगलसेन नगरपालिका ३ लाक्षीमना निवासी उज्जली आउजीको घाँस काट्न गएको बेला भीरबाट खसेर मृत्यु भएको हो। उनको बुधवार दिउँसो मृत्यु भएको हो। गाउँ नजिकै रहेको कोटसिम सामुदायिक वनबाट घाँस काटेर फर्किने बेलामा खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिए। माथिबाट करिब तीनसय मिटर तल खसेर निधन भएको बताइएको छ।

Read More

काठमाडौं: पश्चिम अफ्रिकी देश नाइजरमा सैनिकहरूले राष्ट्रिय टेलिभिजनमार्फत विद्रोहको घोषणा गरेका छन् । उनीहरूले देशको संविधान विघटन भएको र सिमाना बन्द गरिएको बताएका छन् । नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई सैनिकहरूले बिहानैदेखि हिरासतमा लिएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाजुमलाई अमेरिकाको समर्थन रहेको बताएका छन् । यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि राष्ट्रपति बजुमसँग टेलिफाेन वार्ता गरी पूर्ण सहयोग गर्ने बताएका छन् ।राष्ट्रपति बाजुम पश्चिम अफ्रिकामा इस्लामिक अतिवाद विरुद्धको लडाईमा पश्चिमा देशहरूका प्रमुख सहयोगी हुन् । यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि राष्ट्रपति बजुमसँग टेलिफाेन वार्ता गरी पूर्ण सहयोग गर्ने बताएका छन् ।राष्ट्रपति बाजुम पश्चिम अफ्रिकामा इस्लामिक अतिवाद विरुद्धको लडाईमा पश्चिमा देशहरूका प्रमुख…

Read More

नेपालगञ्ज: बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट बुधबार सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ। नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रूपमा देखिएको उल्लेखित मूल्यको एनटिसी र एनसिएलको रिचार्ज कार्ड सुरक्षा बेस कुसुमले बरामद गरेको हो। बरामद रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएको छ।

Read More

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–१ का दुई गाउँका स्थानीय पहिरोको त्रासले विद्यालय भवनमा रात कटाइरहेका छन्। आलिताल–१ को मालागाउँ र भोकागाउँका स्थानीय विद्यालयको भवनमा रात बिताइरहेका हुन्। मालागाउँ र भोकागाउँमा बसोबास गर्ने २२ परिवार नजिकैको जनज्योति आधारभूत विद्यालय सियलामा बसिरहेको वडा नम्बर १ का अध्यक्ष यज्ञबहादुर देउवाले जानकारी दिए। उनका अनुसार उक्त वस्तीमा वर्षाका कारण गाउँ माथिबाट पहिरो झरिरहेकाले ज्यान सुरक्षाका लागि स्थानीय प्रहरी चौकी र जनप्रतिनिधिको सहयोगमा नजिकै रहेको विद्यालयमा सारिएको हो। उनीहरू साउन ८ गते साँझदेखि सो विद्यालय बसिरहेका हुन्। २२ परिवारका १२८ जनालाई राहत स्वरूप चामल, दाल, तेल, तरकारी नुनलगायत खाद्य सामग्री वितरण गरिएको वडाध्यक्ष देउवाले बताए।आलिताल गाउँपालिका र…

Read More

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।  प्रहरी विभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहले कुर्खे खोलाको ढल सरसफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापन सहजीकरण गर्न सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले बूढानीलकण्ठ–२ वासिकबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

Read More

जनकपुरधाम: महोत्तरीको दिनदहाडै हतियार देखाएर फिल्मी शैलीमा एनएमबी बैंक लुट्ने गिरोहका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार रहेका छन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनलाई बुधबार महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गर्न सफला भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । महोत्तरी गाउँपालिका-२ स्थित रहेको एनएमबी बैंकको शाखामा १६ जेठमा दिउँसै ४/५ को हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका थिए । नम्बर नभएको दुईवटा मोटरसाइकलमा चढेर…

Read More

कैलाली: प्रहरीले कैलालीको जोशीपुरबाट ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। बुधबार दिउँसो आठ सय मिलीग्राम ब्राउन सुगरसहित जोशीपुर गाउँपालिका–४ झवहीबाट कैलालीकै भजनी नगरपालिका–६ नवलपुर का २८ वर्षीय राजेश चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय जोशीपुरको गस्ती टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा चौधरीको साथबाट उक्त पदार्थ फेला परेको हो।

Read More