Author: महेन्द्रनगर पोष्ट

धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुदूरपश्चिम प्रदेशका सहसंयोजक एवं पार्टीका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो विवाहलाई गुपचुप राखेको खुलेको छ। पार्टीको प्रमुख सचेतक एवं प्रतिनिधि सभा सदस्यसमेत रहेका शाहीले आफ्नो विवाहित जीवनबारे गुपचुप राखेका छन्। स्रोतका अनुसार शाहीले केही वर्षअघि नै अन्तरजातीय विवाह गरेका थिए। शाहीले श्रीमतीको रुपमा इन्दु सुनारलाई भित्र्याएका थिए। शाही जुम्लाका हुन् भने इन्दुको स्थायी घर तनहुँको भीमाद नगरपालिकामा रहेको बताइन्छ। हाल शाही र सुनार काठमाडौंमै बस्ने गरेका छन्। तर उनीहरु छुट्टै बस्ने गरेको स्रोतको दाबी छ। स्रोत भन्छ-‘ शाहीले अन्तरजातीय विवाह भएकै कारण करिब ५ वर्षदेखि आफ्नो सम्बन्ध लुकाइरहेका छन्। धेरै ठाउँमा उनले आफू अविवाहित…

Read More

कञ्चनपुर: कञ्चनपुरमा महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन्। शुक्लाफाँटा नगरपालिका वडा नम्बर-६ बस्ने करिब २८ वर्षीय जनक भट्टले गएराति महाकाली नदीमा रहेको झोलुङ्गे पुलबाट हाम फालेका थिए। के कारण उनले नदीमा हाम फाले भन्ने अहिलेसम्म खुलेको छैन। भट्टको खोजी कार्यका लागि सुरक्षाकर्मी, रेडक्रसकर्मीलगायतको उद्धार टोली परिचालन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीको रातोपानी सामुदायिक वन फँडानीको छानबिन गर्न समिति गठन गरिएको छ। सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सामुदायिक वनमा भएको वन फँडानीबारे छानबिन गर्न समिति गठन गरेको हो । उपसचिव भरतप्रसाद भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताइएको छ। सामुदायिक वनका उपभोक्ताको लिखित उजुरी आएपछि मन्त्रालय आफैँले छानबिन थालेको हो।  उपभोक्ताको गुनासोपछि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र सचिव ढकालको टोलीले यसअघि रातोपानी सामुदायिक वनमा रूख कटान भएको क्षेत्रको निरीक्षणसमेत गरेको थियो। निरीक्षणका क्रममा मन्त्री धामीले छानबिन गरेर वन फँडानीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएका थिए।

Read More

जनकपुरधाम: धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डीएसपी चन्देश्वर यादवमाथि आक्रमण भएको छ। बिहीबार राति १० बजे महोत्तरीको जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए। उनका अनुसार डीएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ। घाइते डिएसपीको उपचार काठमाडौंस्थित प्रहरी अस्पतालमा भइरहेको छ। घटना रहस्यमय रहेको र प्रहरीले लुकाउन खोजेको बुझिएको छ। घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ। टोलीले शनिबार घटनास्थल पुगेर निरीक्षण समेत गरेको छ।

Read More

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकामा एक पुरुष मृत फेला परेका छन्। शनिबार परशुराम-१० लामिजाला बस्ने ३५ वर्षीय प्रेम सिंह भाट मृत फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ। उनको जोजला नजिकै पसलबाट घर जाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शवलाई अहिले पोस्टमार्टमका लागि जोगबुढा अस्पतालमा राखिएको छ।

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालयले ६४ जना वरिष्ठ नायब निरीक्षकहरुलाई निरीक्षक पदमा बढुवाका लागि सिफारीस गरेको छ। प्रहरी प्रधान कार्यालयमा शनिवार अबेर रातीसम्म बसेको बढुवा समितिको सचिवालयले उनीहरुको बढुवा सिफारीस गरेको हो। यी हुन् बढुवा सिफारीस हुने अधिकृतहरु:

Read More

कञ्चनपुरः  कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१० शान्ति सामुदायिक वनमा सोहि ठाउँका ४५ वर्षीय नरेन्द्रबहादुर बमलाई मृत अवस्थामा प्रहरीले फेला पारेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीको धनगढीमा प्रहरीले भन्सार छलेर ल्याइएका एक लाख रुपैयाँभन्दा बढीका सामान वेवारिसे अवस्थामा फेला पारेको छ। धनगढी उपमाहानगरपालिका–९ घुइयाघाटमा शनिबार बिहान प्रहरीको गस्ती टोलीले हुट ज्याकेट, ट्याक्टरको मोबिल र फिल्टरलगायतका सामान बरामद गरेको हो । बरामद सामान त्रिनगर भन्सार कार्यालयमा बुझाइएको छ।

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

धनगढी: धनगढीमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको वार्षिकोत्सब मनाइएको छ। आज (शनिबार) राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औं वार्षिकोत्सब मनाइएको हो। सो अवसरमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले एक कार्यक्रमको आयोजना नै गरेको थियो। कार्यक्रममा शुभकामना भेटघाट तथा चियापान समेत गरिएको बताइएको छ। कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम सरकारका निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल थिए भने अन्य अतिथिहरुको पनि सहभागीता थियो। सो वार्षिकोत्सबको कार्यक्रममा बोल्दै रावलले आफूले संघलाई सदैव साथ, समर्थन र सहयोग गर्ने कुराको प्रतिबद्धता जनाएका थिए।

Read More