Author: महेन्द्रनगर पोष्ट

धनगढीः सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। आज बिहान सवा १० बजेदेखि सम्पर्कबिहीन भएको ९ एन एमभी कलसाइनको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ लाम्जुरा पास ईलाकाको चिहानडाँडा जंगलमा दुर्घटनाग्रस्त फेला परेको हो। लालीगुराँसको रुखमा ठोक्किएर दुर्घटना भएको हेलिकप्टर क्षतविक्षत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। अहिले घटनास्थलमा बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको नेतृत्वमा उद्धार टोली खटिएको छ। उद्धार टोलीले पाँचवटा शव निकालेको छ भने एउटा शव अझै फेला परेको छैन। क्षतविक्षत अवस्थामा शव भेटिएकाले मृतकको पहिचान हुन नसकेको बताइएको छ। पाइलट सिबि गुरुङ्गले उडाएको हेलिकप्टरमा उनीसहित पाँचजना विदेशी यात्रु सवार…

Read More

काठमाडौंः मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। एक जना बेपत्ता छन्। घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ। अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए। मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। हेलिकप्टर दुर्घटनाका कारण खुलेको छैन। अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ। प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन्।

Read More

काठमाडौं : मनाङ एयरको हेलिकोप्टर दुर्घटनास्थलमा पुगेका स्थानीहरूले ४ जनाको शव निकालिएको छ। घटनास्थल पुगेका स्थानीय जीवन विकले हेलिकोप्टर दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको जानकारी दिए। उनले भने ‘दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको छ। दुईजनाको शव भेटिएको छैन। खोजि गरिरहेका छौं।’ शवको पहिचान भइसकेको छैन। बिहान सम्पर्कविहीन भएको हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचैजना म्याक्सिकन नागरिक सवार छन्। ९ एनए- एमभी कल साइन भएको हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए। हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन्। उनीहरू सबै म्याक्सिकन नागरिक हुन्। सुलुखुम्बुबाट काठमाडौंका लागि…

Read More

नयाँ दिल्ली : विपरीत दिशाबाट तीव्र वेगमा हुइँकिएको स्कुल बसले कारलाई ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुई जना बालबालिकाको ज्यान गएको छ । दिल्ली–मीरुत द्रुतमार्गमा आज बिहान भएको उक्त दुर्घटनामा छ जनाको घटनास्थलमा मृत्यु भएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले बताएको छ । निजलाई नियन्त्रणमा लिइएको छ । यसैबीच, आन्ध्र प्रदेशको डार्सीस्थित नहरमा यात्रीबाहक बस खस्दा एक जना सात वर्षिय बालकसहित सात जनाको निधन भएको छ । बसमा यात्रारत ४० जनामध्ये १५ जना गम्भीर घाइते भएका छन् ।…

Read More

धनगढीः मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर साम्सीभञ्ज्याङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको हेलिकोप्टर उक्त क्षेत्रमा भेटिएको हो। दुर्घटनाग्रस्त क्षेत्रमा उद्दारका लागि अल्टिच्युड हेलिकोप्टरलाई पठाइएको छ। लिखुपिके गाउँपालिकाका उपाध्यक्ष ङवाङ शेर्पाले दुर्घटनाग्रस्त क्षेत्रमा प्रहरीसहितको उद्धारकर्मीको टोली गइसकेको र आफूहरू पनि जाँदै गरेको बताए। हेलिकोप्टरमा पाँच जना मेक्सिकन नागरिक रहेका थिए। उनीहरू माउन्टेन फ्लाइट गरेर फर्किंदै थिए। एबरिका गोन्जालेक्स, फर्नान्डो सिफुग्नेट्स, ओलासियो गोन्जालेज, रिनकन इस्माइल र मारिया होजे सिफुन्तेस रहेका थिए। हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए।

Read More

धनगढीः महाकाली नदीले दार्चुलाको पारिपट्टी भारतीय क्षेत्र धारचुलामा कटान गर्न थालेका छ। आज (मंगलबार) बिहान महाकाली नदीमा पानीको वहाउ बढेपछि कटान थालिएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी तर्कराज पाण्डेयले कटान हुँदा एक घर बगाएको जानकारी दिए। उनकाअनुसार नेपालतर्फ भने कुनै क्षति भएको छैन्। भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिएपछि महाकाली नदीको जनस्तर बढेको हो। सिल्ट सफाईको कार्यका लागि बाँधका ढोकाहरु खोलिएपछि महाकाली उर्लेको थियो। आज बिहान ५ बजेदेखि राति ८ बजेसम्म १५ घण्टाका लागि बाँधका ढोका खोलिएका हुन्।

Read More

काठमाडौं : मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ लामाजुरा पासमा दुर्घटना भएको खबर स्थानीयले प्रहरीलाई गराएका छन् । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर दूधकुण्ड नगरपालिका-२ लामाजुरा पासमा दुर्घटना भएको खबर आएपछि अहिले प्रहरीको टोली त्यसतर्फ जाँदै छन् । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार स्थानीयको सूचनापछि बेनी प्रहरी चौकीबाट असईको नेतृत्वमा टोली त्यसतर्फ गइसकेको छ। ​नागरिक उड्ययन प्राधिकरण लुक्ला टावरले पनि हेलिकोप्टर लामाजुरा आसपासबाटै सम्पर्कविहीन भएको पुष्टि गरेपछि प्रहरी त्यसतर्फ हिँडिसकेको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालयबाट पनि थप प्रहरी टोली हिँडिसकेको बाँस्तोलाले बताए । दुर्घटनास्थल भनिएको लामाजुरा पुग्न बेनीबाट अढाई घण्टा र सदरमुकाम सल्लेरीबाट ४ घण्टा लाग्छ। हेलिकोप्टरमा…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यस क्रममा ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएको छ । स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ । ‘अमानवीय व्यवहार देखिएपछि हामीले यस अघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौँ । हाम्रा व्रिफिङ्मा अभद्र व्यवहार नगर्न भनेका छौँ । यसका साथै जनस्तरका आएका गुनासाहरुको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारवाही गर्ने गरेका छौँ ।’ पाण्डेको भनाइ छ । यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई…

Read More

काठमाडौं : ललितानिवास जग्गा हिनामिनामा संलग्न थप दुईजना कर्मचारी पक्राउ परेका छन्। सिआइबीले मंगलबार योगराज पौडेल र नारायणदत्त मिश्रलाई पक्राउ गरेको हो । उनीहरू ०४९ सालमा एक सय १२ रोपनी जग्गा हिनामिनामा संलग्न रहेको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। पौडेल त्यतिवेला डिल्लीबजार मालपोतका नासु तथा मिश्र खरिदार थिए। यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

Read More

धनगढी: मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो। उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले जानकारी दिए। उनकाअनुसार हेलिकप्टर  १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो। हेलिकप्टरको खोजी कार्य जारी छ।

Read More