Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका प्रदेशका हाकिमको सरुवा गर्ने तयारी थालिएको छ। प्रधानमन्त्रीले सातै प्रदेशका प्रमुखको रुपमा रहेका डिआइजीहरु सरुवाको तयारी थालेको हो। स्रोतका अनुसार राष्ट्रिय अनुसन्धान विभागले डिआइजी सरुवाको सिफारिस दुई दिनअघि नै प्रधानमन्त्री कार्यालय पठाइसकेको छ। हाल कोशी प्रदेशमा किशोर श्रेष्ठ, सुदूरपश्चिममा इन्द्र लामा, मधेस प्रदेशमा सञ्जय यादव, बागमतीमा रामप्रसाद दास, लुम्बिनीमा ओम खड्का र कर्णालीमा माधव तिमल्सिना र गण्डकीमा कृष्ण खनाल छन्। भदौबाट नै ती डिआइजीहरु नयाँ कार्यक्षेत्रमा खटाइने सम्भावना छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकास मन्त्री ओम विक्रम भाट (सरल) बाघ प्रभावित क्षेत्रमा पुगेका छन्। आज बिहीबार उनी त्यहाँ पुगेका हुन्। आजै बिहान कञ्चनपुरको दोधारा चाँदनीकी २६ वर्षीया हिरा कुमारी शाहको बाघको आक्रमणबाट मृत्यु भएको थियो। सो घटनापछि मन्त्री त्यहाँ पुगेकोमा बाघलाई नियन्त्रणमा लिन आग्रह गरेका छन् भने प्रदेश सरकारको तर्फबाट क्षतिपूर्तिको लागि पहल गर्ने दाबी गरेका छन्।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । मन्त्री चौधरीको राजीनामा पत्र उनका स्वकीय सचिव भक्त चलाउनेले मुख्यमन्त्री दीर्घ सोडारीलाई बुझाएका हुन् । नागरिक उन्मुक्ति पार्टीका जिल्ला सचिव समेत रहका चलाउनेले दिएको राजीनामा पत्र मुख्यमन्त्री सोडारीले बुझेका छन् । मुख्यमन्त्री सोडारीले राजीनामा दिनुभन्दा एक दिन पहिले भौतिक पूर्वाधार विकास मन्त्री चौधरीले राजीनामा दिएका हुन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट सांसद हुँदै मन्त्री भएका थिए । 

Read More

धनगढी : डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजकैको घाँसे जंगलमा एक चितुवा मृत अवस्थामा फेला परेको हो। चितुवा मृत फेला परेको ठाउँमा जाँचबुझका लागि जिल्ला वन कार्यालय डडेल्धुराको टोली पुगेको छ। चितुवा कसरी मर्यो भन्ने एकिन नभएपनि बदेलले हानेर मृत्यु भएको आशँका गरिएको हो। केहीदिन अगाडी जिल्लाकै गन्यापधुरा गाउँपालिका–१ स्थित जानकी सामुदायिक वनमा ३३ किलो तौल ५ फिट ५ इन्च लामो भाले चितुवा मृत फेला परेको थियो।

Read More

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनियताको शपथ गराएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरू दीपक प्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीलाई बुधवार पद तथा गोपनियताको शपथ गराएका हुन्। देवकोटा बागमती, घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त भएका थिए।

Read More

काठमाडौं : नेपाल प्रहरीमा एसपी र डिएसपीको सरुवा तयारी हुँदै गर्दा सरुवा सम्बन्धि मापदण्ड पनि संशोधन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीको सरुवा सम्बन्धि मापदण्ड २०७९’ लाई संशोधन गर्न लागेको हो । संशोधनमा ‘क, ख र ग’ सूचीमा राखिएका केही कार्यालयहरु हेरफेर गर्न लागिएको हो । हाल राखिएका कतिपय कार्यालयको वर्गीकरण उचित नभएको सुझावका आधारमा संशोधन गर्न लागिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । सानो जनसंख्या भएको ठाउँलाई ‘क’ तथा ठूलो ठाउँलाई ख मा राखिएको छ । उदारणका लागि धरानलाई ‘ख’ तथा इटहरीलाई ‘क’ मा राखिएको छ । त्यस्तै, अर्घाखाँचीलाई ‘ख’ तथा प्यूठानलाई ‘क’ वर्गमा राखिएको छ…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बल,नेपालले उच्च भू–भाग विपद उपशाखा स्थापना गरेको छ । महानिरीक्षक राजु अर्यालको अध्यक्षतामा गत साउन ७ गते बसेको परामर्श समितिको ८७ औं बैठकको निर्णयअनुसार कार्य विभागले उक्त उपशाखा स्थापना गरेको हो । साउन १५ गतेदेखि उपशाखा सञ्चालनमा आएको सशस्त्र प्रवक्ता नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार हिमाली भेगमा हुने विपदसम्बन्धी तालिम दिने,चीनसँग जोडिएको सीमानामा हुने गतिविधिहरु नियाल्ने काम सो उपशाखाले गर्नेछ । सो उपशाखाको नेतृत्व प्रहरी नायव उपरीक्षक (डिएसपी) ले गर्ने उनले जानकारी दिए ।

Read More

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले डीआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गरेका छन्। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले डीआईजी केसीको सरुवालाई सामान्य रुपमा लिन आग्रह गरेका हुन्। बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरिकन गृहमन्त्रीले डीआईजीलाई दुई महिना नपुग्दै सरुवा किन गरिएको भन्दै प्रश्न गरेपछि मन्त्री लेखकले यसको जवाफ दिएका हुन्। ‘सरुवाको कुरा भन्नुभयो, कर्मचारीको सरुवा हुन्छ। बढुवा पनि हुन्छ। निरन्तरको प्रक्रिया हो। सामान्यतया अवधि तोकेको हुन्छ, यति अवधिपछि हुन्छ है भनेर। तर कहिलेकाहीँ अवधिभन्दा पहिला पनि हुन्छ,’ उनले भने, ‘जहाँसम्म यहाँले जुन…

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको छ । पछिल्ला पाँच वर्षको तथ्याङ्क अनुसार आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएर दोब्बर भन्दा माथि पुगेको छ । आर्थिक वर्ष २०७६/७७ देखि गत आवसम्मको पाँच वर्षको अवधिमा हरेक वर्ष आन्तरिक आम्दानी बढ्दै गएको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए । उनका अनुसार उपमहानगरले आव २०७६/७७ मा १४ करोड ५४ लाख ७३ हजार आन्तरिक आम्दानी गरेको थियो । त्यसपछि आव २०७७/७८ मा २० करोड ६० हजार, आव २०७८/७९ मा २२ करोड १८ लाख २९ हजार, आव २०७९/८० मा २७ करोड ९२ लाख १५ हजार र गत आव २०८०/८१…

Read More

काठमाडौं: नेकपा एमालेले केन्द्रीय सदस्य थप गरेको छ। आज बसेको सचिवालय बैठकले १७ जनालाई मनोनयन गरेको महासचिव शंकर पोखरेलले बताए। मनोनीत केन्द्रीय सदस्यहरूको नाम यसप्रकार छ- सुवास कर्माचार्य, सिन्धुपाल्चोक कुन्दन कुशहवा, रौतहट जितेन्द्रदेव, सप्तरी रामपृत राम, सिराहा कृष्णभक्त पोखरेल, चितवन कमल तिमिल्सिना, अछाम गोविन्द पुन केदार सिग्देल मनोहर पौडेल हरदेव जोशी, दार्चुला हरि उप्रेती इन्द्र भण्डारी महेश बर्तौला, मकवानपुर सरिता भुसाल प्रभा बराल, कास्की मञ्जु शर्मा चालिसे, बाग्लुङ आशा जगेबु, पाँचथर

Read More