कञ्चनपुर: कञ्चनपुरमा दोदा र मोहना नदी गाउँ पस्दा एक सयभन्दा धेरै घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार दोदा नदीको बाढी पुनर्वास नगरपालिका– ५ सिमरी गाउँका ५० र मोहना नदीको बाढी कृष्णपुर नगरपालिका– ७ शान्तिगाउँका ६० घरमा पसेको हो। बछेला खोलाको तटबन्ध भत्किँदा शान्तिटोलमा बाढी पसेको हो। महाकाली र जगबुढा नदीको मिलन बिन्दु क्षेत्र कुतियाकबरमा कटान सुरु भएको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ। बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ। टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ।
दार्चुला: पहिरोले महाकाली राजमार्गको गोकुलेश्वर–दार्चुला खण्डको आवागमन अवरुद्ध भएको छ। अबिरल बर्षाका कारण दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजमा सडक माथीबाट ढुंगा, माटो लेदो मंगलबार साँझदेखि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउन प्रहरीले पहल गरिरहेको बताइएको छ।
धनगढी: कैलालीको धनगढीका २ ठाउँबाट प्रहरीले २ ग्रामभन्दा धेरै ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको हो। प्रहरीले धनगढी उपमहानगरपालिका–४ सत्कार चोकको एउटा घरमै छापा मारेर तथा त्रिनगर भन्सार गेट नजिक शङ्काको आधारमा चकजाँच गर्दा ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा सत्कार चोकको एउटा घरमा छापा मारेर १ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगरसहित धनगढी उपमहानगरपालिका–१ का ३२ वर्षीय रोशन सिंहसमेत ३ जनालाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले घरको एउटा कोठामा खानतलास गर्दा उक्त पदार्थ फेला पारी तीनैजनालाई पक्राउ गरेको बताइएको छ। त्यस्तै, धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट ६ सय ५० मिलिग्राम ब्रोनसुगरसहित…
काठमाडौं: नेपाली सेनाका केही जर्नेलको पुनः सरुवा भएको छ। जसअन्तर्गत सुदूरपश्चिम पृतना हेडक्वार्टरमा दरबन्दी राखेर राष्ट्रिय प्रतिरक्षा महाविद्यालयतर्फ काजमा खटिएका सहायक रथी टंकप्रसाद भट्टलाई सैनिक सचिव विभागको अतिरिक्त समूहमा खटाइएको छ। तर उनले सोही महाविद्यालयमा काजमा रहेर काम गर्नेछन्। वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहेका तर १७ नम्बर बाहिनी अड्डामा काजमा खटिएका सोही दर्जाका भोलानाथ थापालाई उक्त बाहिनी अड्डाको बाहिनीपति बनाइएको छ। नम्बर १८ बाहिनी अड्डामा रहेर उत्तर पश्चिम पृतना हेडक्वार्टरमा काजमा खटिएका सहायक रथी सन्तोषराज पाण्डेलाई चिफ अफ स्टाफ, उत्तर पश्चिम पृतना हेडक्वार्टरमा लगिएको प्राप्त विवरणमा उल्लेख छ । लक्ष्मण थापालाई नम्बर १७ बाहिनी अड्डामा रहेर पश्चिम पृतना हेडक्वार्टरमा…
काठमाडौँ: नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति भने देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत…
डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने पुन्तुरा खोलामा फसेका २ जनाको उद्दार गरिएको छ। हिजो(मंगलबार) साँझ ६ बजेदेखि खोलाको टापुमा फसेका परशुराम नगरपालिक-४ का महेश भाट र तेज भाटलाई राति साढे १२ बजे उद्दार गरिएको हो। उनीहरुको उद्दारमा नेपाल प्रहरी, सशस्त्र बल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, नगरपालिका कर्मचारी र स्थानीय युवा खटिएका थिए।
डडेल्धुरा: काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलायन्सको जहाज पूनः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै अवतरण गरेको छ । काठमाडौबाट ६:०५ बजे धनगढीका लागि उडेको श्री एयरलान्सको २ २ सिक्स प्रतिकुल मौसमका कारण भैरहवा डाइभर्ट गरिएको थियो । नेपालगंजमा प्रयास गर्दा समेत नसकेपछि जहाज भैरहवा ल्याण्ड भएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए।
धनगढीः जंगली च्याउ खाँदा डोटीमा १२ जना बिरमी भएका छन्। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कारने भन्ने ठाउँमा कामदारहरुले जंगली च्याउ खाएका हुन्। दिपायल–मेल्लेख सडकखण्डमा काम गर्ने सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ९ का ५५ वर्षीय दिलबहादुर राजीसहितका १२ जनाले च्याउ खाँदा बिरामी परेका छन्। उनीहरुले मंगलवार दिउसोको खानासँगै जंगली च्याउ खाएका थिए। प्रहरीका अनुसार मौवा स्वास्थ्य चौकीमा उनीहरुको उपचार हुँदैछ।
काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्बीच आज भेटवार्ता भएको छ । उक्त भेटवार्तामा महासङ्घ अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने र नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधारलगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेकोतर्फ राजदूत सोङ्को ध्यानाकर्षण गराएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पर्यटन प्रवर्द्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान आवश्यक रहेकोसमेत बताए । साथै अध्यक्ष ढकालले चिनियाँ पर्यटकको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्न पनि आग्रह गरे । महासङ्घले साना उद्यमशीलता प्रवर्द्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको…