Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : मोटरसाइकल लगायत विभिन्न सामान चोरीमा संलग्न रहेको आरोपमा धनुषामा ३० युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, धनुषाले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। केही दिनयता पक्राउ परेका उनीहरूलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ। मोटरसाइकल लगायत सरसामान चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका युवक १७ देखि ३८ वर्षसम्मका छन्। मोटरसाइकलसँगै हेल्मेट, धर्मशालामा चोरी गर्ने, पसलबाट नगद चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रसाद गौतमले बताए। डीएसपी गौतमका अनुसार केही व्यक्ति यसअघि पनि चोरीको आरोपमा पक्राउ परेका थिए। पटक पटक पक्राउ परेका उनीहरूले चोरी गरेको स्विकारेको पनि डीएसपी गौतमले बताए। गत आर्थिक वर्षमा धनुषा प्रहरीमा…

Read More

धनगढीः कैलालीमा कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक जना १७ वर्षपछि पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–११ का ६५ वर्षका माने कामीलाई आज९बिहीवार० पक्राउ गरेको हो। उनलाई बिहीबार पक्राउ गरि कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको प्रहरीले जनाएको छ। मानेलाई जिल्ला अदालत कैलालीले २०६३ मंसिर २५ गते कर्तव्य ज्यान मुद्धामा ७ वर्ष १ महिना कैद सजाय तोकेको थियो।

Read More

धनगढी : कञ्चनपुरमा कारसहित अवैध रुपमा ल्याइरहेको साढे ९ लाख बराबरको सामान बरामद गरिएको छ । भिमदत्त नगरपालिका–४ बाट बिहीबार अवैध रुपमा भन्सार छली गरी ल्याइरहेको अवस्थामा विभिन्न मोवाईलका कभर, मोवाईल चार्जर केबल, स्टेसनरीका सामानसहित कारम बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले कारमा बोकेर ल्याइरहेको अवस्थामा ९ लाख ४० हजार बराबरको सामान बरामद गरेर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी बुझाइएको जानकारी दिए । उनकाअनुसार कार चालक समेतलाई भन्सार कार्यालयमा बुझाइएको हो तर चालकको परिचय भने खुलाइएको छैन ।

Read More

कैलाली : राष्ट्रपति रामचन्द्र पौडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबीच भेटघाट भएको हो । राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे मुख्यमन्त्रीले जानकारी लिएका थिए । राष्ट्रपति पौडेलले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिको यात्रामा अघि बढ्न शुभकामना दिएका थिए। बजेट पारित भएपछि मुख्यमन्त्री शाह काठमाडौंमा शीर्ष नेता र राजनीतिक भेटघाटमा छन् । यसै क्रममा आज राष्ट्रपति पौडेल र मुख्यमन्त्री शाह बिच भेटवार्ता भएको हो ।

Read More

काठमाडौं : कान्तिपुर टेलिभिजनले विवादास्पद शो ‘ह्वाट द फ्लप’ को प्रसारण बन्द गरेको छ । गत असार २३ गते शनिबारको श्रृंखलामा अभिनेता पल शाहसँग सञ्चालक सन्दीप क्षेत्रीले लिएको अन्तरवार्ता विवादमा परेपछि कान्तिपुर उक्त कार्यक्रम बन्द गर्ने निर्णयमा पुगेको हो । कार्यक्रममा सञ्चालक क्षेत्रीले महिलाबारे निकै हल्का र गैरजिम्मेवारपूर्ण टिप्पणी गरेका थिए । अन्तरवार्तामा सन्दीप र पलको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि उक्त श्रृंखला युट्युबबाट हटाइएको थियो । त्यसपछि पनि सोही कार्यक्रमलाई लिएर आमआलोचना नरोकिएपछि कान्तिपुरले महिलाको आत्मसम्मान र समाजको चेतनालाई सम्मान गर्दै अब उप्रान्त ‘ह्वाट द फ्लप’ प्रसारण नगर्ने बताएको हो । कान्तिपुरले आज प्रकाशित गरेको सूचनामा ‘ह्वाट…

Read More

धनगढीः धनगढीको खुटिया नदीमा सडेको अवस्थामा वेवारिसे शव भेटिएको छ। धनगढी उपमहानगरपालिका–१२ भएर बग्ने खुटिया नदीको किनारमा बिहीबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कुलदिप चन्दले पहिचान नखुलेको ४०÷४५ वर्षीय पुरुषको शव भेटिएको जानकारी दिए। उनकाअनुसार नदी किनारमा शवलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

Read More

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रमाणीकरण गरेको बताएका हुन्। संघीय संसदको दुवै सदनबाट पारित भएका विधेयकहरु राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रूपमा कार्यान्वयनमा जाने संवैधानिक व्यवस्था छ।

Read More

धनगढीः दुई दर्जन बढी सैनिक अधिकृतको पदावधि थपिएको छ। जङ्गी अड्डाको सिफारिसमा पदावधि थपिएको हो। ‘सैनिक ऐन, २०६३’ दफा १७ ,उपदफा (१) को अधिनमा रही उमेर हद ननाघ्ने गरी उपदफा (३) को व्यवस्थाअनुसार पहिलो पाँच वर्षे पदावधि समाप्त हुने मितिबाट तीन वर्षका लागि सेवा कायम हुनेगरी २९ जनाको दोस्रो पदावधि थप गरिएको हो। पदावधि थप हुनेमा शोध तथा विकास निर्देशनालयका प्राविधिक प्रमुख सेनानी सञ्जयसिंह खडायत छन्। उनको पहिलो पाँच वर्षे पदावधि साउन १७ गते सकिँदै थियो। अब तीन वर्ष पदावधि थपिएका उनी २०८३ साउन १७ गतेसम्म सेवामै रहने छन्। अन्य म्याद थपिएकाको आगामी साउन २४ गते पदावधि सकिँदै थियो। सैनिक…

Read More

धनगढी: बैतडीको डिलासैनी गाउँपालिकाले आफ्नै निशान छाप, पालिका गान र नारा बनाउने भएको छ। गाउँपालिकाको विशिष्ट पहिचान मौलिक पहिचान झल्किने गरी पालिका गान, निशान छाप र नारा रचना गर्न लागेको हो। स्रोतका अनुसार योग्य कलाकारहरुले आ-आफ्नो रचना र निशान छापको नमुना ३० दिन भित्र कार्यालयमा पुग्ने गरी पठाउन अनुरोध गरिएको छ। उत्कृष्ट रचनाकार तथा कलाकारलाई गाउँपालिकाको पुरस्कारको व्यवस्था समेत गरेको छ।

Read More

धनगढी: एक क्विन्टल सुन तस्करी प्रकरणमा शंकास्पद ठानिएका एक चिनियाँ नागरिक पक्राउ परेका छन्। चछ्याङ लिन नामका चिनियाँ नागरिकलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएको हो।  विमानस्थलको प्रस्थान कक्षबाट बाहिरने क्रममा उनलाई अध्यागमन कार्यालय गौचरले पक्राउ गरेको जनाइएको छ। यसबारे थप अनुसन्धान गर्न अध्यागमन कार्यालयले उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ।  विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजाने क्रममा करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले हिजो सिनामंगलबाट बरामद गरेको थियो।

Read More