Author: महेन्द्रनगर पोष्ट

दार्चुलाः दार्चुलाको मार्मा गाउँपालिकामा निर्माण गरिएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको सोमवार विधिवत् रूपमा उद्घाटन गरिएको छ । निजी क्षेत्रको लगानीमा निर्माण भएको जलविद्युत् आयोजनाको सफल परीक्षणपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । मार्मा गाउँपालिका–१ किमगडामा रहेको बाँधबाट ६ किलोमिटर तल वडा नम्बर–२ को घट्टेगाडमा रहेको पावर हाउसमा पानी खसालेर परीक्षण सुरु गरिएको थियो । उत्पादित विद्युतलाई शैल्यशिखर नगरपालिका–१ बलाँचस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । कुल लागत ८ अर्ब ५० करोड रहेको उक्त योजनाको ३० महिनामा निर्माण सम्पन्न भएको हो ।

Read More

बाजुरा: बाजुरामा सुस्त मनस्थितिकी महिलामाथि बलात्कार भएको छ । प्रहरीका अनुसार जिल्लाको हिमाली गाउँपालिका-३ कि २४ वर्षीया महिलामाथि बलात्कृत भएको हो । पीडित महिला सुस्त मनस्थितिकी, कान नसुन्ने, बोल्न नसक्ने अवस्थाकी रहेको बुझिएको छ । सो पालिकासँग सिमाना जोडिएको हुम्लाको ताजाकोट गाउँपालिकाको मैतानाको भेडिगोठमा लगेर सोही गाउँपालिका-२ का ३७ वर्षीय पुर्णिमल ल्वारले ती महिलामाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सइ ओमप्रकाश केसीले बताए । पीडितका आफन्तले ल्वारका नाममा उजुरी दर्ता गराइसकेका उनले बताए । पीडित महिला अहिले नेपाल अष्ट्रिया साझेदारी संस्था सिमिकोट हुम्ला अल्पलकीलान सुरक्षित आवास गृहमा रहेको संयोजक डिचेन डोल्कार लामाले बताइन् ।

Read More

काठमाडौँ: सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार, प्रहरी प्रधान कार्यालयबाट भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी पत्र गइसकेपनि गृहबाट निर्णयबारे जानकारी आइसकेको छैन । बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो ।…

Read More

काठमाडौँ: परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक प्रमाणपत्र (पीसीसी) का सम्पूर्ण कामहरु अनलाइनमार्फत् गर्न निर्देशन दिएका छन् । उनले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरु अनलाइनमार्फत् गरिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । अहिले प्रहरी चारित्रिक प्रमाणपत्रका अन्य कामहरु अनलाइनमार्फत् हुने भए पनि काउन्सलर विभागको छाप र प्रमाणिकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न सेवाग्राही स्वयम् अथवा इच्छाएको व्यक्ति उपस्थित हुनैपर्ने बाध्यता छ । जसका कारण राहदानी विभागमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । राहदानी विभागमा देखिदै आएको भिडभाड न्युन गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणिकरणका लागि उपस्थित हुनु पर्ने बाध्यता हटाउन…

Read More

एजेन्सी: ग्रीसको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि झण्डै १९ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ । लोकप्रिय पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट उनीहरुलाई अन्यत्र सारिएको हो । त्यस्तै, अर्को द्वीप कोर्फुबाट पनि मानिसलाई सार्ने काम भइरहेको छ । हिजो बेलुका ग्रीसको आपतकालीन सञ्चार सेवाले कोर्फुका धेरै क्षेत्रहरू खाली गर्ने आदेश दिएको थियो । सान्ता, मेगौला, पोर्टा, पलिया, पेरिथिया र सिनीज क्षेत्रका मानिसलाई बाहिर जान भनिएको छ । ग्रीसमा गर्मी निक्कै बढेको छ । त्यहाँको तापक्रम ४० डिग्री सेन्टिग्रेडभन्दा माथि पुगेको छ । गएको मङ्गलवारदेखि नै तीव्र हावासँगै जङ्गलको आगो अनियन्त्रित भएर फैलिरहेको छ । आगोबाट हुन सक्ने क्षति र जोखिमबाट जोगिन…

Read More

दाङ: दाङमा सर्पको डसाइबाट एक बालकको ज्यान गएको छ । आज बिहान शान्तिनगर गाउँपालिका–७ मा सल्यान बागचौर नगरपालिका–४ फेदीखोला घर भई मामाघर आएका १६ वर्षीय मनोज वलीको सर्पले डस्दा ज्यान गएको हो । उनलाई सुतिरहेको अवस्थामा गएराति सर्पले डसेको थियो । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

Read More

काठमाडौँ: सुनचाँदीको मूल्य आज पनि घटेको छ । आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

धनगढी: धनगढीमा प्रहरीले बेवारिसे अवस्थामा भन्सार छलीका सामान फेला पारेको छ । धनगढी उपमहानगरपालिका–३ मिलनचोकमा लेडिज सुट, कुर्ती, पास्ता लगायतका सामान आइतवार प्रहरीको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो । भन्सार छली ल्याएका अन्दाजी ४१ हजार ५ सय मूल्य बराबरका ती सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा पछिल्लो समय राहदानी बनाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि राहदानी वितरणलाई सहज बनाउन कार्यालय समयसँगै अतिरिक्त समय पनि सेवा दिँदै आएको छ । त्यस्तै, जिल्लाबाट गत वर्ष दश हजार एक सय ९४ जनाले राहदानी लिएको प्रशासन कार्यालयको राहदानी फाँटका कम्प्युटर अपरेटर कमल बोहराले जानकारी दिए। “दुई हजार नौ सय १४ महिला र सात हजार दुई सय ८० पुरुषले राहदानी लिएका छन्,” उनले भने, “पछिल्लो समय प्रवीणता प्रमाणपत्र तह पास गरेर विदेश जाने युवायुवती राहदानी बनाउन आउने क्रम बढेको छ ।” पछिल्लो समय खाडीलगायत तेस्रो मुलुक जाने सङ्ख्या वृद्धि भएसँगै राहदानी बढाउनेको सङ्ख्या…

Read More

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का माधव भट्टका १४ वर्षीय छोरा रमेश भट्ट आफ्नो घरपरिवारबाट सम्पर्कविहीन भएका छन् । उनी आइतबार दिउँसोबाट बेपत्ता रहेका बताइएको छ । उनको खोजिका लागि प्रहरी चौकि शैलोडामा निवेदन पनि दिएको उनका आफन्त वीरेन्द्र भट्टले बताए । रमेशलाई कसैले देखे नजिकको प्रहरी चौकी वा ९८६८७४४२६७ मा खबर गरिदिन आग्रह गरिएको छ ।

Read More