Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : जावलाखेलस्थित क्लिनिक वानले श्रवणशक्ति गुमाएकाहरूको उपचारको सहजताका लागि दोभासे नै राखेर उपचार सेवा दिने भएको छ । श्रवणशक्ति गुमाएका वा कम श्रवणशक्ति भएका व्यक्तिहरूका लागि केन्द्रित गरेर क्लिनिक वान र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघबीच क्लिनिक वानमा दोभासे राखेर उपचार गराउने सम्झौता भएको छ । क्लिनिक वानले श्रवणशक्ति गुमाएकाहरूको उपचारमा समेत सहज होस् भन्ने उद्देश्यले सो व्यवस्था गरेको क्लिन वानका सञ्चालक रघु राणाले जानकारी दिए । ‘दोभासेको प्रयोगले उनीहरूले सही परामर्श पाउनेछन् । जसका कारण उनीहरूमा स्वास्थ्यसम्बन्धी विश्वास बढ्नेछ । हामीले उनीहरूको मर्कालाई बुझेर यो थालनी गरेका हौं,’ राणाले भने । श्रवणशक्ति गुमाएकाहरूलाई विभिन्न परीक्षणको सेवामा २५…

Read More

महेन्द्रनगर : कञ्चनपुरको लाझझाडिमा बाघको आक्रमणमा परेर बेलौरीकी एक महिला घाइते भएकी छन् । बिहिबार लालझाडी गाउँपलिका -६ ढक्कास्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्जको छेउमा बेलौरी नगरपालिका -९ डाडाकुण्डा बस्ने करिब २५ वर्षीया बिन्दु डगौरा च्याउ टिप्ने क्रममा पाटे बाघकाे आक्रममा परि घाइते भएको बेलौरी नगरपालिका -९ का वडा अध्यक्ष किसन रानाले बताए । बाघको आक्रमणमा परि डगौराको आखामा करिब २० टाका र टाउको पछाडि १० भन्दा बढी टाका लागेको स्थानीय प्रेम चन्दले बताए । उनको अहिले धनगढीस्थित नव जीवन अस्पतालमा उपचार भइरहेको छ । वडा अध्यक्ष रानाका अनुसार करिब १०/१२ जना महिलाहरुको समुह च्याउ टिप्ने क्रममा पाटे बाघले डगौरा माथि आक्रमण…

Read More

काठमाडौँ : अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-३ का १० वर्षीय बालक आक्रोश नेपालीको आज मृत्यु भएको हो । एमआरआइ गर्ने क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बालकको ज्यान गएको आफन्तले दाबी गरेका छन् । सामान्य अवस्थाको बिरामी अस्पतालको गम्भीर लापरवाहीका कारण ज्यान गएको भन्दै आफन्तले अस्पतालमा विरोध प्रदर्शन गरेका छन् । अस्पतालको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै आफन्तले दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्तले प्रतिष्ठानका उपकुलपतिको कार्यालय र अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् । यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा.रमेश कँडेलले…

Read More

डोटी : सर्पको टोकाइबाट डोटीमा एक वृद्ध महिलाको मृत्यु भएको छ । जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ की ७२ वर्षीया निरन्जनादेवी भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज भण्डारीले जानकारी दिए । घरको आँगनमा बसेर छोरीसँग फोनमा कुरा गरिरहेका बेला बिहीबार दिउँसो सर्प आएर भट्टलाई टोकेको बताइएको छ । भट्टलाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएको र उपचारका क्रममा उनको बेलुका करिब ५.३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सत्तापक्षकै सदस्यले असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेश सभाको आजको बैठकमा भाग लिने सत्ता पक्षीय प्रदेशसभा सदस्यले सरकारले लिएको नीति विपरीत वास्तविकता र यथार्तपरकभन्दा फरक ढङ्गले बजेट ल्याइएको भन्दै यस्तो ढङ्गको बजेटबाट न्यायपूर्ण एवं समतामूलक समाज निर्माण गर्न नसकिने बताए । उनीहरूले मन्त्रालयहरूका संरचनाको मर्मत र विभिन्न सुविधा थप्ने शीर्षकमा अनावश्यकरूपले बजेट छुट्याइएको भन्दै प्रदेशसभाका सदस्यले दिएको सुझावका आधारमा बजेट कार्यक्रममा विकासका योजना समेट्न ध्यानाकर्षण गराए । प्रतिपक्षी दलका सदस्यले सीमित नेता र मन्त्रीको निर्वाचन क्षेत्रमा मात्र केन्द्रित गरेर बजेट आएको भन्दै यो बजेट कार्यक्रम दिशाहीन…

Read More

काठमाडौं : नेपालमा रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डले जर्मनीको एक कम्पनीसँग समझदारी गरेको छ । समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जर्मनीको डायग इन्डस्ट्रिजका कार्यकारी निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गरेका छन् । सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावलीको व्यवस्थाअनुसार २०७८ सालको चैत १७ गते डायग कम्पनीको प्रस्ताव स्वीकृत गरेर अध्ययन अनुमतिपत्र दिने निर्णय भएको थियो । कम्पनीले अनुमतिपत्र प्राप्त गरेको मितिले दुई वर्षभित्र सम्भाव्यता अध्ययनको रिपोर्ट बोर्डमा पेस गर्नुपर्नेछ । डायगले उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल युरिया उत्पादन गर्ने प्रस्ताव गरेको छ । उल्लिखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका…

Read More

काठमाडौँ : बारबरा फाउन्डेसनले पाठकरदर्शक र स्रोतले समेत सिफारिस गर्ने गरी २५ लाख राशिको ‘खोजमूलक पत्रकारिता पुरस्कार’ को घोषणा गरेको छ। उसले २०८१ सालका लागि प्रस्ताव आह्वान गरेको हो। सिङ्गो राज्य पद्धतिमा सुशासनको खोजी गर्न र नियम कानुनको थिति बसाल्न पुर्याउँदै आएको भूमिकाको सम्मान गर्न विशिष्ट पुरस्कारको थालनी गरिएको फाउन्डेसनका महासचिव मोहना अन्सारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यस अगाडि यस्ता पुरस्कारका लागि पत्रकार आफैँले आवेदन दिनुपर्ने वा छनौट समितिले स्वतन्त्र छानबिन गरेर छनौट गर्ने गरेको थियो। फाउन्डेसनले प्रकाशक, पत्रकार, दर्शक, श्रोता वा पाठकको सिफारिस समेत स्वीकार्य हुने जानकारी दिएको छ। आवेदकको परिचय स्पष्ट रूपमा खुल्नुपर्ने र आवेदन २०८० चैत…

Read More

डोटीः डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बडिकेदार गाउँपालिका–५ दुदिलाका अन्दाजि ६५ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकार, प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार बोहराको घर आँगनको बारीमा बाख्रा चराउने क्रममा चट्याङ लागेर मृत्यु भएको हो। चट्याङ लागेर बोहरा सँगै ६ वटा बाख्रा पनि मरेका छन्।

Read More

महेन्द्रनगरः काठमाडौँलाई कर्मथलो बनाएका सुदूरपश्चिमका गायकरकलाकारहरु सांस्कृतिक समाज नेपालमा गोलबद्ध भएका छन्। बुधबार संस्थाले परिचयात्मक तथा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरी संस्थालाई औपचारिकता दिएको छ। सांस्कृतिक समाज नेपालले नयाँ कार्यसमिति पनि चयन गरेको छ। गायक, संगीतकार रामप्रसाद अवस्थीको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा चर्चित देउडा गायक महेश कुमार औजि रहेका छन्। यस्तै महासचिवमा अमृत खाती, सचिवमा बिपिन किरण, कोषाध्यक्षमा जमुना गौतम चयन भएका छन्। सदस्यहरुमा क्रमशः पूर्णकला बिसी, शोभा थापा, दिपा रोकाया, हेमन्ता भट्टराई, आयुस्मा कार्की, रोजि कुवर, सुनिल नेपाली, सुजाता केसी, निरुता खत्री छनौट भएको अध्यक्ष रामप्रसाद अवस्थीले जानकारी दिए। सल्लाहकारमा नन्दकृष्ण जोशी, यज्ञराज उपाध्याय, चन्द्र शर्मा, लोकेन्द्र साउद, पदम…

Read More

हेटौँडा : सुन, अवैध कपडा र खाद्यान्नसहित मकवानपुर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पूर्व(पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका १५ स्थित रातोमाटे सडक खण्डमा बिहीबार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ७४९० नं. को सुमो जाँच गर्ने क्रममा प्रहरीले सुन र अवैध सामानसहित एक जनालाई पक्राउ गरेको हो। सुमोमा सवार वीरगञ्ज महानगरपालिका १ का ३५ वर्षीय प्रभु साह सोनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुनचाँदी व्यवसायी सङ्घ मकवानपुरले बिहीबारको बजार मूल्य ४७ लाख ३६ हजार ७५९ रुपियाँ बराबरको सुन फेला पारी उक्त पहेलो धातुसहित सोनारलाई नियन्त्रण लिएर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ। यस्तै प्रहरीले भन्सार…

Read More