Author: महेन्द्रनगर पोष्ट

डोटीः डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बडिकेदार गाउँपालिका–५ दुदिलाका अन्दाजि ६५ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकार, प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार बोहराको घर आँगनको बारीमा बाख्रा चराउने क्रममा चट्याङ लागेर मृत्यु भएको हो। चट्याङ लागेर बोहरा सँगै ६ वटा बाख्रा पनि मरेका छन्।

Read More

महेन्द्रनगरः काठमाडौँलाई कर्मथलो बनाएका सुदूरपश्चिमका गायकरकलाकारहरु सांस्कृतिक समाज नेपालमा गोलबद्ध भएका छन्। बुधबार संस्थाले परिचयात्मक तथा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरी संस्थालाई औपचारिकता दिएको छ। सांस्कृतिक समाज नेपालले नयाँ कार्यसमिति पनि चयन गरेको छ। गायक, संगीतकार रामप्रसाद अवस्थीको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा चर्चित देउडा गायक महेश कुमार औजि रहेका छन्। यस्तै महासचिवमा अमृत खाती, सचिवमा बिपिन किरण, कोषाध्यक्षमा जमुना गौतम चयन भएका छन्। सदस्यहरुमा क्रमशः पूर्णकला बिसी, शोभा थापा, दिपा रोकाया, हेमन्ता भट्टराई, आयुस्मा कार्की, रोजि कुवर, सुनिल नेपाली, सुजाता केसी, निरुता खत्री छनौट भएको अध्यक्ष रामप्रसाद अवस्थीले जानकारी दिए। सल्लाहकारमा नन्दकृष्ण जोशी, यज्ञराज उपाध्याय, चन्द्र शर्मा, लोकेन्द्र साउद, पदम…

Read More

हेटौँडा : सुन, अवैध कपडा र खाद्यान्नसहित मकवानपुर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पूर्व(पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका १५ स्थित रातोमाटे सडक खण्डमा बिहीबार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ७४९० नं. को सुमो जाँच गर्ने क्रममा प्रहरीले सुन र अवैध सामानसहित एक जनालाई पक्राउ गरेको हो। सुमोमा सवार वीरगञ्ज महानगरपालिका १ का ३५ वर्षीय प्रभु साह सोनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुनचाँदी व्यवसायी सङ्घ मकवानपुरले बिहीबारको बजार मूल्य ४७ लाख ३६ हजार ७५९ रुपियाँ बराबरको सुन फेला पारी उक्त पहेलो धातुसहित सोनारलाई नियन्त्रण लिएर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ। यस्तै प्रहरीले भन्सार…

Read More

डडेल्धुरा: डडेल्धुरामा एक महिलाको खोलाले बगाएर ज्यान गएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–४ कुलेडीकी अन्दाजी ५७/५८ वर्षीया दुर्गादेवी बोहराको ज्यान गएको हो । बिहीबार दिउँसो गोठालोबाट फर्किन क्रममा खोला तर्दा उनलाई बगाएपछि बेपत्ता भएकी थिइन् । खोलाले बगाउदा बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। उनी बगेको स्थानबाट एक किलोमिटर तल शव फेला परेको थियो ।

Read More

काठमाडौं : सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतलाई २४ घन्टाभित्र अदालतमा पेस गर्न आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज सचिव राउतका हकमा उषा कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो । आदेशमा भनिएको छ, “यसमा के–कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो रु मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक २४ घन्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु ।” अदालतले आदेश र निवेदनको प्रतिलिपि साथै राखी…

Read More

काठमाडौँ : सरकारले नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा राख्ने निर्णय गरेको छ। बिहीबार असार २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्। त्यसैगरी, सरकारले पर्यटन विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, भारतको गुजरातमा हुन लागेको जी–२० को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने लगायतका निर्णयहरू गरेको छ।

Read More

महेन्द्रनगर: सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्या वर्षेनि बढ्दै गएको छ । मानसिक स्वास्थ्यमा समस्या, लहड र सामान्य घरायसी विवाद र अशिक्षा लगायतका कारणले सुदूरपश्चिममा आत्महत्या बढिरहेको सुरक्षा संयन्त्रणको आँकलन छ । पछिल्लो छ वर्षयता प्रदेश सबैभन्दा झुण्डिएर आत्महत्या गर्ने तथ्यांकले बढी देखाएको छ । सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका अनुसार चालु आर्थिक वर्षको हालसम्म नौ वटै जिल्लामा पाँच सय सात जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार गतवर्ष सुदूरमा पाँच सय ७६ जना र अघिल्लो आर्थिक वर्षमा छ सय ८६ जनाले आत्महत्या गरेको तथ्यांक छ । आत्महत्या गर्ने धेरैमा विष खाएर, झुण्डिएर, पानीमा हामफालेर, करेन्ट लगाएर हुने गरेको छ । चालु…

Read More

धनगढी: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कैलालीले टीकापुरमा एमाले र राष्ट्रिय युवा संघका नेतामाथि खुकुरी प्रहार गर्नेलाई तत्काल पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गरेको छ । बिहीवार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पाललाई ध्यानाकर्षण पत्र बुझाउदै अनेरास्ववियुले एमाले जिल्ला कमिटि सदस्य प्रकाश खड्का र युवा संघका प्रदेश कमिटि सदस्य बमबहादुर ओलीमाथि खुकुरी प्रहार गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गरेको हो । घटनापछि प्रहरी प्रशासनसँग न्यायका निमित्त जाँदा उल्टै अन्यायपूर्ण र पूर्वाग्रही व्यवहार गरिएपछि प्रहरीप्रतीको विश्वसनीयतामा आशंका उब्जिएकाले विश्वास गुम्ने वातावरण सिर्जना भएको अनेरास्ववियुले ठहर गरेको छ ।अनेरास्ववियुका जिल्ला संयोजक रोहित बोगटीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा खुकुरी…

Read More

काठमाडौँ: नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने योजनामा संलग्न थप एक जना फेला परेका छन् । विभिन्न व्यक्तिलाई ठगेको जाहेरीपछि फरार रहेका केशव तुलाधरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले स्वयम्भू नजिकैबाट नियन्त्रणमा लिइएको बताएको छ । ५९ वर्षे तुलाधरलाई स्वयम्भू नजिकैको सानो भर्याङबाट प्रहरीले पक्रेको हो । काठमाडौं असनका केशव नयाँबजार खुशिबुमा बस्दै आएका थिए । उनलाई ठगी तथा संगठित अपराधसमेतको कसूरमा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकू लगिएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित वैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरासहित चार जनालाई भ्रष्टाचार मुद्दा लागेको छ। विद्यालयभित्र रहेको जमिन गैरकानूनी रुपमा उत्खनन् गरी ईंटा उद्योगलाई बेचेको अभियोगमा भ्रष्टाचार मुद्दा लागेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा बोहोरा, व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, उद्योगका मेनेजर राजेन्द्रबहादुर भाट र प्रोपराईटरविरुद्ध मुद्दा दायर गरेको छ। उनीहरुले आर्थिक वर्ष २०७६/०७७ र ०७७/०७८ मा विद्यालय हाताभित्रको माटो खन्दै जमिन सम्याएर पोखरी निर्माण गर्दा सरकारी रकम हिनामिना गरेको अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख छ। तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ७ बमोजिमको अनुसूची–६ र सुदूरपश्चिम प्रदेश आर्थिक ऐन,…

Read More