Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीनवटै प्रहरी संगठनका बहालरत र पूर्वप्रमुखहरुसँग सामूहिक छलफल गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान कुराकानी भएको हो । बिहान ८ देखि साढे ११ बजेसम्म चलेको साढे तीनघण्टा लामो छलफलमा दुवै प्रहरी संगठनका पूर्वआइजीपीहरु, पूर्वएआइजीहरु र राष्ट्रिय अनुसन्धान विभागका पूर्वनिर्देशकहरू सहभागी थिए । साथै, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आइजीपी बसन्त कुँवर, सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा पनि छलफलमा थिए ।

Read More

सङ्खुवासभा: सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ । बाढीमा परेर बेपत्ता भएको एक महिना पछि एउटा शव फेला परेको हो । आज बिहान चैनपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न नसेकेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । यही असार २ गते राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २२ जना बेपत्ता भएका थिए । बेपत्ता भएका २२ मध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुर थिए । बाढीपहिरामा परेका अन्य १८ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ…

Read More

टीकापुर: विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार मिलेर एकअर्काको खेतमा सघाउने चलन थियो । यसरी काम गर्दा छिटो काम सकिनुका साथै काम गर्दा सहज र रमाइलो हुन्थ्यो । असारमा खेतमा धान रोपाइँ गर्दा असारे गीत गाउने चलन आजभोलि हराउँदै गएको छ । ‘रोपरोप रोपन्यारी, हातको बीउ छँदैकाइ नजायइ केही न खाएइ, यो मेरो जीउ छँदै’‘सली बेल घर बाइगइ, रोपन्यारी पागाकीमै पड्याकी सबै पड्यौ, दोहोरै सागाकी’ यस्ता गीतलाई देउडा भाकामा धान रोप्दै खेतमा महिलाले गाउने चलन थियो । आजभोलि…

Read More

पर्वत: जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जिप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । यसअघि दुर्घटनामा परी सात वर्षीया बालिका शीतल विकको मृत्यु भएको थियो भने ११ जना घाइते भएका छन् । पर्वतको कुश्मा बजारदेखि दुर्लुङ जाँदै गरेको ग १ ज ५२२९ नम्बरको जीप गएराति दुर्लुङको गौडामुनी भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकामध्ये सात जनालाई थप उपचारका लागि पोखरा…

Read More

काठमाडौँ: देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन गरिएको छ । छुवाछुत मानवताविरुद्ध अपराध हो भन्दै २०८० असार २३ गतेदेखि आजेसम्म शान्ति समाजका जिल्ला शाखाको आयोजनामा सुर्खेत, चितवन, सङ्खुवासभा, नवलपुर, पाल्पा, दाङ, सुनसरी, बाँके, गोरखा, रुपन्देही, काठमाडौँ, तेह्रथुम, कैलाली, नुवाकोट, मोरङ र कास्की गरी १६ जिल्लामा प्रदर्शन गरिएको हो । ‘प्रदर्शनमा दलित समुदायमाथि भइरहेको उत्पीडन बन्द गर’, ‘दलित समुदायमाथि भइरहेको अत्याचार बन्द गर’, ‘जातीय विभेदका घटनामा दोषीलाई कारबाही गर’, ‘हाम्रो आन्दोलन स् सामाजिक न्यायका लागि’ र ‘दण्डहीनता अन्त्य गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन…

Read More

एजेन्सी: अमेरिकामा अत्यधिक गर्मी बढेको छ । दक्षिण–पश्चिमी क्षेत्रमा तातो हावा लू चल्ने चेतावनी दिइएको छ । गर्मीका कारण झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित भएका बीबीसीले जनाएको छ । फ्लोरिडादेखि क्यालिफोर्निया र वासिङ्टन डीसी गर्मीको बढी चपेटामा परेका खबरमा उल्लेख छ । क्यालिफोर्नियाको डेथ भ्यालीमा तापक्रम ५४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । यो ठाउँ विश्वको सबैभन्दा तातो ठाउँमध्ये एक हो । यस्तै, एरिजोना, टेक्सास, फ्लोरिडालगायत क्षेत्रमा पनि गर्मी बढेको छ । गर्मीबाट जोगिन मानिसहरुले घरमा एसीको अत्यधिक प्रयोग गरेकाले टेक्सास राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान कायम भएको बीबीसीले जनाएको छ । यस्तै, युरोपमा पनि गर्मी बढेको छ…

Read More

काठमाडौँ: सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । आज सुन तोलामा तीन सयले घटेर १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १ हजार ४ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

Read More

काठमाडौँ: केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गरेका छन् । आइतबार बिहान फेसबुकमा आफू ५ हजार फिट माथिबाट उडिरहेको हेलिकप्टरबाट झरेर पनि बाँचेको कुरा उल्लेख गर्दै आफ्नो च्यानलमा आफ्नो जीवनका थुप्रै कुराहरु रहेको उल्लेख गरेका छन् । ‘पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन । झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ । आश्चर्य लाग्यो । म घाइते थिएँ तर जिउँदो थिएँ । मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो । सफलताको अनुभूति गरेँ । बाँच्नु आफैँमा एउटा सफलता हो । मृत्युका मुखमा पुगेर बाँच्नु मेरा…

Read More

काभ्रे: काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट शनिबार व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरियो । विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो । उक्त व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडानको शनिबार पूर्वमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले शनिबार शुभारम्भ गरे। उनले साहसिक खेल एवं पर्यटकीय मनोरञ्जनसमेत प्राप्त हुने प्याराग्लाइडिङको शुभारम्भले सङ्घीय राजधानीसँग जोडिएको काभ्रेको विकास र समृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको बताए । “देशको समृद्धिको लक्ष्यलाई धुलिखेलमा सुरु गरिएको प्याराग्लाइडिङले धुलिखेलको थप चिनारीसँगै आयआर्जनमासमेत वृद्धि हुनेछ”, उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…

Read More

पर्वत: पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जिप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको छ । टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो । सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ । प्रहरीका अनुसार…

Read More