Author: महेन्द्रनगर पोष्ट

धनगढीः मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर साम्सीभञ्ज्याङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको हेलिकोप्टर उक्त क्षेत्रमा भेटिएको हो। दुर्घटनाग्रस्त क्षेत्रमा उद्दारका लागि अल्टिच्युड हेलिकोप्टरलाई पठाइएको छ। लिखुपिके गाउँपालिकाका उपाध्यक्ष ङवाङ शेर्पाले दुर्घटनाग्रस्त क्षेत्रमा प्रहरीसहितको उद्धारकर्मीको टोली गइसकेको र आफूहरू पनि जाँदै गरेको बताए। हेलिकोप्टरमा पाँच जना मेक्सिकन नागरिक रहेका थिए। उनीहरू माउन्टेन फ्लाइट गरेर फर्किंदै थिए। एबरिका गोन्जालेक्स, फर्नान्डो सिफुग्नेट्स, ओलासियो गोन्जालेज, रिनकन इस्माइल र मारिया होजे सिफुन्तेस रहेका थिए। हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए।

Read More

धनगढीः महाकाली नदीले दार्चुलाको पारिपट्टी भारतीय क्षेत्र धारचुलामा कटान गर्न थालेका छ। आज (मंगलबार) बिहान महाकाली नदीमा पानीको वहाउ बढेपछि कटान थालिएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी तर्कराज पाण्डेयले कटान हुँदा एक घर बगाएको जानकारी दिए। उनकाअनुसार नेपालतर्फ भने कुनै क्षति भएको छैन्। भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिएपछि महाकाली नदीको जनस्तर बढेको हो। सिल्ट सफाईको कार्यका लागि बाँधका ढोकाहरु खोलिएपछि महाकाली उर्लेको थियो। आज बिहान ५ बजेदेखि राति ८ बजेसम्म १५ घण्टाका लागि बाँधका ढोका खोलिएका हुन्।

Read More

काठमाडौं : मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ लामाजुरा पासमा दुर्घटना भएको खबर स्थानीयले प्रहरीलाई गराएका छन् । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर दूधकुण्ड नगरपालिका-२ लामाजुरा पासमा दुर्घटना भएको खबर आएपछि अहिले प्रहरीको टोली त्यसतर्फ जाँदै छन् । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार स्थानीयको सूचनापछि बेनी प्रहरी चौकीबाट असईको नेतृत्वमा टोली त्यसतर्फ गइसकेको छ। ​नागरिक उड्ययन प्राधिकरण लुक्ला टावरले पनि हेलिकोप्टर लामाजुरा आसपासबाटै सम्पर्कविहीन भएको पुष्टि गरेपछि प्रहरी त्यसतर्फ हिँडिसकेको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालयबाट पनि थप प्रहरी टोली हिँडिसकेको बाँस्तोलाले बताए । दुर्घटनास्थल भनिएको लामाजुरा पुग्न बेनीबाट अढाई घण्टा र सदरमुकाम सल्लेरीबाट ४ घण्टा लाग्छ। हेलिकोप्टरमा…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यस क्रममा ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएको छ । स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ । ‘अमानवीय व्यवहार देखिएपछि हामीले यस अघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौँ । हाम्रा व्रिफिङ्मा अभद्र व्यवहार नगर्न भनेका छौँ । यसका साथै जनस्तरका आएका गुनासाहरुको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारवाही गर्ने गरेका छौँ ।’ पाण्डेको भनाइ छ । यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई…

Read More

काठमाडौं : ललितानिवास जग्गा हिनामिनामा संलग्न थप दुईजना कर्मचारी पक्राउ परेका छन्। सिआइबीले मंगलबार योगराज पौडेल र नारायणदत्त मिश्रलाई पक्राउ गरेको हो । उनीहरू ०४९ सालमा एक सय १२ रोपनी जग्गा हिनामिनामा संलग्न रहेको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। पौडेल त्यतिवेला डिल्लीबजार मालपोतका नासु तथा मिश्र खरिदार थिए। यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

Read More

धनगढी: मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो। उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले जानकारी दिए। उनकाअनुसार हेलिकप्टर  १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो। हेलिकप्टरको खोजी कार्य जारी छ।

Read More

धनगढी : स्वीडेन सरकार र युएन इन्टिग्रेडेड ट्रेनिङ सर्भिसको आयोजनामा हुन लागेको प्रहरी तालिममा सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरु पनि सहभागी हुने भएका छन्।  आगामी कात्तिक ६ देखि १७ गतेसम्म स्वीडेनमा हुन लागेको ‘नेशनल पुलिस अफिसर (प्रि–डेभलभमेण्ट ट्रेनिङ)’ मा सहभागी हुन चाहने सशस्त्रका अधिकृतहरुको नामावली पठाउन अनुरोध गरिएको हो। सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयले महानिरीक्षकको सचिवालयलाई जानकारी गराएको पत्रमा युएन मिशन शाखा, विभाग, बाहिनी, एपीएफ, ईन्टिलिजेन्स ब्यूरो, नम्बर १९ गण हेडक्वार्टरमा कार्यरत सशस्त्र प्रहरी अधिकृतहरुको विवरण पठाउने व्यवस्था मिलाइदिन आग्रह गरिएको छ । तालिममा सहभागी हुन चाहनेले हवाई टिकट र भिसाको खर्च स्वयम् व्यहोर्नुपर्नेछ । त्यस्तै, खाने र बस्ने…

Read More

धनगढीः कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको जोशीपुर गाउँपालिका–५ की २८ वर्षीया निर्मलाकुमारी बम मृत अवस्थामा फेला परेकी हुन्। उनी चुरे गाउँपालिका–४ जाजरीमा सहोदर भिनाजु वीरबहादुर चन्दको घरमा बस्दै आएकी थिइन्। मानसिक सन्तुलन ठिक नभएकी निर्मला चन्दको घरभित्र मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनी हिजो ६ बजे कोठाभित्रै मृत फेला परेकी हुन्। निर्मलाको शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्रहरीले जनाएको छ। मृत्युको कारण भने खुल्न सकेको छैन भने घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Read More

बैतडी: बैतडीमा लम्पीस्किन रोग प्रकोपका रूपमा फैलिएको छ। घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ। यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पीस्किन सम्पर्क व्यक्ति डा विशाल पाठकले जानकारी दिए। यो रोगबाट हालसम्म ६४ हजार एक सय ९७ घरपालुवा पशु सङ्क्रमित छन्। उक्त रोगका कारण नौ हजार दुई सय ९८ पशुचौपाया मरिसकेका उनले बताए। लम्पीस्किनका कारण बाच्छाबाच्छी, गाईगोरु र भैँसी बढी प्रभावित भएका छन्। उनले भने, ‘लम्पीस्किनको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको भए पनि हालसम्म जिल्लामा खोपको उपलब्धता हुनसकेको छैन। प्रदेश र केन्द्र…

Read More

धनगढी: कैलालीमा सशस्त्र प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। सोमबार जिल्लाको भजनी नगरपालिका वडा नम्बर–५ स्थित कौवाखेडा सिमा इलाकाबाट सशस्त्र प्रहरी बल, नेपाल बिओपि पगियापसारबाट खटिएको टोलीले २५ वर्षीय दिनेश साउदलाई पक्राउ गरेको हो। उनलाई भारतबाट मोटरसाइकलमा नेपाल आउदै गर्दा कौवाखेडामा शंका लागि चेकजाँच गर्ने क्रममा साथमा ९.९१ ग्राम खैरो हेरोइन फेला पारी नियन्त्रणमा लिएको बताइएको छ।उनको साथबाट मोबाइल र मोटरसाइकल समेत बरामद गरिएको रसाउदलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, भजनीमा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण धनगढी, कैलालीले जनाएको छl

Read More