Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: चन्द्रमासअनुसार पहिलो साउने सोमवारको व्रत आजदेखि सुरु भएको छ। सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ। चन्द्रमासअनुसार दुईवटा सोमवारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमवार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताए। साउने सोमवारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।

Read More

दार्चुला: भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँध भाेलि मङ्गलवार बिहान खाेलिने भएकाे छ।  भारतले भाेलि बिहान ५ बजेदेखि राति ८ बजेसम्म धाैलीगङ्गाकाे बाँध झण्डै १५ घण्टाका लागि खोल्ने भएकाे हाे।  एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको जानकारी अनुसार सिल्ट सफाइका लागि बाँधका ढोकाहरु खोल्न लागिएको हो। बाँधकाे ढाेका खाेलिने भएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले विज्ञप्ति जारी गर्दै महाकाली नदी किनारका बस्तीहरुमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेकाे छ।  धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएकाे दार्चुलाका सहायक प्रमुख जिल्ला…

Read More

जनकपुरधाम: आफ्नो सौतेनी आमालाई मारेको अभियोगमा धनुषा प्रहरीले एक भारतीय युवकलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ। सौतेनी आमाले बासी भात खान दिएको रिसमा काठको चिर्पट प्रहार गरी हत्या गरेको र शवलाई जलाएको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, शिवनगर पथराईस्थित अशोक जैसवालको घरमा डेरा गरी बस्ने भारतीय नागरिक प्रेम भगतलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो। प्रहरीका अनुसार उनले आफ्नो सौनेती आमा ३९ वर्षीय मिरा देवी भगतको हत्या गरेको प्रहरीले जनाएको छ। भगत भारतको बेतिया जिल्ला, नरकटियागंज थाना, केयुनिया निवासी रहेको प्रहरीले जनाएको छ। शनिबार घटेको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

डडेल्धुरा:   डडेल्धुराका विद्यार्थीको एसईई नतिजामा त्रुटि फेला परेको छ। थुप्रै विद्यार्थीको विद्यालयले पठाएको प्राप्ताङकभन्दा नतिजा फरक आएको बताइएको छ। शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले जिल्लाको माउन्टेन विद्यालयबाट एसईई दिएका २७ जना विद्यार्थीको नतिजमा त्रुटि भएको भन्दै सुधार गर्न परीक्षा नियन्त्रण कार्यालयलाई आग्रह गरेको छ। विभिन्न विषयमा विद्यालयले पठाएको प्रयोगात्मक नम्बरलाई नै इकाईले सदर गरेको तर त्यसलाई अक्षराङ्क पद्यतीमा रुपान्तरण गर्दा त्रुटि भएकाले नतिजा सुधार गरिदिन आग्रह गरिएको हो।  उता नेपाल विद्यार्थी संघ डडेल्धुराले पनि राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठलाई नतिजा सुधार गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ। नतिज त्रुटि आउँदा धेरै विद्यार्थी मानसिक तनावमा रहेको…

Read More

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। भोलि मंगलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Read More

कञ्चनपुर: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले राहदानी सेवा दिने समय बढाएको छ । प्रशासनले आइतबारबाट राहदानी बनाउनका लागि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिन थालेको हो । अब प्रत्येक आइतबारदेखि बिहीबार बिहान ८ बजेदेखि बेलुकी ६ बजे र प्रत्येक शुक्रबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म सेवा प्रवाह गरिने बताइएको छ । सेवाग्राहीहरूको अत्यधिक भिडलाई मध्यनजर गर्दै राहदानी सेवाको समय थप गरिएको हो । यसअघि दैनिक औसतमा ५६ जनालाई राहदानी सेवा दिन सकिन्थ्यो भने अब दैनिक १ सय २० जनासम्मलाई राहदानी सेवा दिन सकिने बताइएको छ ।

Read More

काठमाडौँ: चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु हुने भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको उनले बताए । धर्मशास्त्रका विज्ञबीच यस वर्षको अधिकमासको साउनमा परेको सोमबार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिका पूर्वअध्यक्षसमेत रहेका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए…

Read More

काठमाडौँ: श्रीलङ्काले आईसीसी विश्वकप छनोटको उपाधि जितेको छ । आइतवार भएको फाइनलमा नेदरल्यान्ड्सलाई १ सय २८ रनले हराउँदै श्रीलङ्काले उपाधि जितेको हो । श्रीलङ्काले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २३ ओभर ३ बलमा १ सय ५ रनमै अलआउट भयो । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सर्वाधिक ३३ रन बनाए । बलिङतर्फ श्रीलङ्काका महेश थिक्सेनाले ४, दिलशन मदुशन्काले ३ र वानिन्दु हसरङ्गाले २ विकेट लिए । यसअघि जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ गरेको श्रीलङ्का ४७ ओभर ५ बलमा २ सय ३३ रनमा अलआउट भयो । श्रीलङ्काका सहन अर्चचिगेले ५७, सदीरा समाराविक्रमाले ४३ र चरिथा असलंकाले ३६ रन बनाए…

Read More

एजेन्सी: भारतका विभिन्न राज्यमा भइरहेको मुसलधारे वर्षाले ठूलो जनधनको क्षति गरेको छ । वर्षाले सात सय वटाभन्दा धेरै सडक बन्द रहेका छन् । हिमाचल प्रदेशमा पहिरो र बाढीका कारण आज आइतवार पाँच जनाको ज्यान गएको छ । बाढीले सिमला, मनाली, कुल्लु, किन्नौर र चम्बामा दर्जनौँ पसल र गाडी बगाएको भिडियो सार्वजनिक भएको छ । बाढीले राष्ट्रिय राजमार्गसँगको सम्पर्क टुटेको छ । केही व्यक्तिले आफ्नो जीवनकालमा यति ठूलो वर्षा र बाढी कहिल्यै नदेखेको बताएका छन् । प्रशासनले दुई दिन विद्यालय र कलेज बन्द गर्न आदेश दिएको छ । यस्तै पर्यटक तथा स्थानीय बासिन्दालाई यात्रा नगर्न र नदी नजिक नजान अपिल गरिएको…

Read More

काठमाडौँ: ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएको आरोपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । उनी विराटनगर जानका लागि बोर्डिङ पास लिएर विमानस्थलभित्र बसिरहेको अवस्थामा पक्राउ परेका हुन् । ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने क्रममा राउतको पनि संलग्नता देखिएको भन्दै सीआईबीले उनीविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

Read More