Author: महेन्द्रनगर पोष्ट

धनगढीः  कैलालीमा लागुऔषधसहित दुई युवा एक युवती पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–२ तेघरीका १९ वर्षीय रियाज मगर, सोहि ठाउँका २० वर्षीय रोशन गुरुङ र कञ्चनपुरको बेलडांडी गाउंपालिका–४ कि २० वर्षीया कबिता बस्नेत लागुऔषधसहित पक्राउ परेका हुन्। उनीहरुलाई शनिबार गोदावरी नगरपालिका –४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ। कबिता र रियाजलाई चेक गर्दा कबिताको साथबाट ५० ग्राम लागुऔषध फेला परेका थियो। रियाजले रोशनबाट लिएको बताएपछि प्रहरी उनको घरमा पुगेको थियो। रोशनको घरमा चेक गर्दा गोठबाट दुई ग्राम ८१० मिलिग्राम लागुऔषध फेला पारेपछि तिनै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीमा सिँचाइ आयोजनाको नहरमा एक बालिका बेपत्ता भएकी छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ बलचौरका दिपक चौधरीकि ६ वर्षीया छोरी रीतिका चोधरी बेपत्ता भएकी हुन्। हिजो दिउँसो रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा दुई बालिका बगेकी थिइन्। सोही ठाउँकी ९ वर्षीया आकृति चौधरीको भने लगत्तै स्थानीयले उद्धार गरेका थिए। बेपत्ता बालिकाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

Read More

डडेल्धुरा: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालका ३० वेड निःशुल्क गरेको छ। मन्त्रालयले डडेल्धुरासहित देशभरका सरकारी अस्पतालमा ३ हजार ५ सय २३ बेड निःशुल्क गरेको हो। सुदूरपश्चिममा संघीय सरकार मातहत रहेको एकमात्र विशिष्ट विशेषज्ञ अस्पतालको रूपमा संचालित डडेल्धुरा अस्पताल प्रदेशका पहाडी ७ जिल्लाको केन्द्रमा रहेर सेवा प्रवाह गरिरहेको छ। मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असाहयहरूको उपचारमा सहजताका लागि निःशुल्क वेड व्यवस्था गरेको बताइएको छ। काठमाडौं उपत्यकाभित्र वीर अस्पतालमा ७००, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ९०, मानसिक अस्पताल, ललितपुरमा ४०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६०,परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा ४ सय ५० र राष्ट्रिय ट्रमा सेन्टरमा १ सय ५०…

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ। साथै मधेस प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने मधेस र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा  हल्का देखि…

Read More

धनगढी: सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारका बीच प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ। शनिबार राति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटसँग सम्बन्धित विधेयकहरु बहुमतले पारित गरेको हो। प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन २०८० बहुमतले पारित गरेको हो। सत्तारुढ दलहरुले यथास्थितिमा बजेट पारित गर्न नमानेकाले ती विधेयकहरु संशोधनपछि पारित गरिएका हुन्। नेकपा एमालेले भने तोकिएको समयमा बैठक सुरु नगरेको र कार्यसूचीमा नै नभएको बजेट पारित गर्ने…

Read More

धनगढी: राप्रपाकी सुदूरपश्चिम प्रदेश सभामा एक्ली प्रदेश सभा सदस्यको रुपमा रहेकी खेमा विष्ट आलोचित बनेकी छन्। प्रदेश सभामा प्रतिपक्षी दलको प्रतिनिधिको रुपमा रहेकी उनले सुदूरपश्चिम सरकारको बजेट पास गराउन बार्गेनिङ गरेको भन्दै आलोचना भैरहेको हो। शनिबार सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यले बजेट पास गर्नका लागि बोलाइएको प्रदेश सभा बैठक बहिस्कार गरेका थिए। एमालेले पत्रकारहरु माझ बैठक बहिष्कारको घोषणा गरेको थियो। उसले सो प्रतिबद्धता अनुसार बहिष्कार पनि गर्यो। तर त्यहीँ बाचा गरेर बोली र प्रतिबद्धता फेरेकी प्रदेश सभा सदस्य विष्टलाई विभिन्न आरोप समेत लागेका छन्। नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले राप्रपाकी विष्टले…

Read More

बैतडी : भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका खोल्नेबारे उक्त सहमति भएको हो । यसअघि झुलाघाट नाका बिहान ७ बजे मात्रै खुल्ने गरेको थियो । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले नेपाल–भारत सीमामा रहेको झुलाघाट पुल एक घन्टाअघि खोल्ने सहमति भएको जानकारी दिए । उनले भने, ‘झुलाघाट पुल अब बिहान ६ बजे खुल्ने र साँझ ७ बजे बन्द हुनेछ । यसले दुवै देशका नागरिकलाई सहज हुनेछ ।’ यसअघि बिहान ७ बजे नाका खुला…

Read More

धनगढी: सुरक्षाकर्मी र आफु चढ्ने गाडी सडकमै छाडेर प्रदेशसभाबाट बाहिरिएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतिपक्षी दल राप्रपाकी सांसद खेमादेवी विष्टलाई सदनमा उपस्थित गराएका छन्। प्रदेश सभा बैठकमा नआउने झुटो घोषणा गरेकी माननीय खेमालाई मुख्यमन्त्री आफै लिन गएर सदनमा ल्याइ आएका हुन्। प्रमुख प्रतिपक्षी दल एमाले, राप्रपा र स्वन्तत्र सांसदले प्रदेशसभा बैठक बहिष्कार गरेपछि शाह प्रदेशसभा अगाडि सडकमै स्कटिङ गाडी र आफ्नो गाडी छाडेर अर्थमन्त्री नरेशकुमार शाहीको गाडीमा नेकपा एसका दलका नेता दीर्घ सोडारीलाई लिएर निस्किएका थिए। उनले त्यहाँबाट फर्किदा आफू र अर्थमन्त्री मुल गेट भएर आएका थिए। भने दीर्घले चोर बाटोबाट राप्रपाकी सांसद विष्टलाई लिएर प्रदेशसभा पुगेका थिए। विपक्षी दलले…

Read More

काठमाडौँ : समाजवादी मोर्चाको अध्यक्ष चार-चार महिनामा फेरिने भएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले मोर्चाको कार्यविधि आचारसंहिता तय गर्दै त्यस्तो निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । यसअघिको बैठकले ६ महिनामा नेतृत्व फेरिने निर्णय गरेको थियो । मोर्चामा हरेक दलबाट चार–चार जना नेताले भाग लिन पाउने निर्णय भएको छ । “चार-चार महिनमा मोर्चाको अध्यक्ष फेरिने र एउटा पार्टीबाट चार जना नेताले भाग लिन पाउने निर्णय गरिएको छ,” पाण्डेले भने । जसमा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रवेश हमाल, महासचिव घनश्याम भुसाल रहनेछन् । माओवादीबाट प्रधानमन्त्री समेत रहेका…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवन सङ्गिनी सीता दाहालको निधनप्रति पूर्व राष्ट्रपति डा. रामवरण यादवले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्व राष्ट्रपति डा. यादवले शनिबार प्रधानमन्त्री र उनको परिवारप्रति समवेदना प्रकट गरेका हुन्। आजै पूर्व राष्ट्रपति विद्या भण्डारीकातर्फबाट पनि माधव भण्डारीले पनि प्रधानमन्त्री र उहाँको परिवारलाई भेट गरी दुःख व्यक्त गरेका छन्।

Read More