Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन्। प्रियंका कार्कीको ‘द फोर्थ ट्राइमेस्टर’ नामक पडकास्टमा अतिथि बनेर पुगेकी उनले दुई वर्षअघि सम्बन्ध विच्छेद गरेको बताएकी हुन्। छोरा दुई वर्षको हुँदा घर छाडेको बताउँदै उनले भनिन्, ‘मेरो विवाह बिग्रिसकेपछि त्यो घर छोडेर जाँदा हाम्रो सम्बन्ध एकदम राम्रो थिएन। हामी एक-अर्कासँग बोल्न पनि सक्दैनथ्यौं। हामी जहिले झगडा गथ्यौं। तर बाबु कोठामा हुँदैनथ्यो वा नजिक हुँदैनथ्यो। ऊ धेरै नै सानो थियो। छोरा दुई वर्षको हुँदा घर छोडेँ। मलाई धेरै गाह्रो भइसकेपछि म एक्लैले त्यो निर्णय लिएँ। मेरो परिवारले मलाई समर्थन गर्नु भएन। अहिले ठिक छ। त्यो समर्थन…

Read More

गलकोट : होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेको स्थानको होटल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । घटना शङ्कास्पद देखिएको भन्दै प्रहरी उपरीक्षको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खार बजार पुगेको प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ । यस्तै मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको शव परीक्षणका लागि बागलुङ ल्याउने तयारी…

Read More

काठमाडौं : निर्वाचन आयोगले गत वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना तोकेको छ । आइतबार विज्ञप्ति जारी गरेर आयोगले खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३९८ जना उम्मेदवारलाई जरिवाना तोकिएको हो । खर्च विवरण सार्वजनिक नगर्ने २ हजार ४३५ उम्मेदवारलाई १५/१५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिएको आयोगले सात दिनभित्र खर्च विवरण बुझाउन पनि भनेको छ । Press_release_2080.04.09Download

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ । सहमतिबमोजिम मन्त्रालयको भागबण्डा नगरिएको आरोप लगाउँदै सरकारमा सहभागी नहुने निर्णय गरेको छ । ‘सहमति अनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकोले सहभागी नहुने जानकारी गराउँछौं,’ अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ । संघीय मन्त्रीसमेत रहेकी रञ्जिताले पार्टीको निर्णय आजै मुख्यमन्त्रीलाई लिखित रुपमा बुझाएकी हुन् ।

Read More

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङ जिल्लाका पार्टी संयोजक नगेन्द्र खड्कालाई पदबाट निलम्बन गरेको छ । जिल्लाका एक सञ्चारकर्मीलाई हातपात गरेको आरोप लागेपछि अनुशासन समितिको सिफारिसमा महामन्त्री डा। मुकुल ढकालले निलम्बन गरेका हुन् । खड्काले बझाङको सामुदायिक रेडियो खप्तड आवाज र नेपाल एडलक अनलाइनमा कार्यरत पत्रकार मण्डललाई सोमबार घरबाटै अपहरण गराएर होटलमा लगी कुटपिट गरेको आरोप लगाइएको छ । यस विषयमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको थियो । सञ्चारमाध्यममा आएको समाचारका आधारमा रास्वपाको अनुशासन समितिले सामान्य जाँचबुझ गरेको थियो । खड्का दोषी देखिएपछि आजै बसेको अनुशासन समितिको बैठकले पार्टीलाई निलम्बन सिफारिस गरेको हो ।

Read More

गोरखा: उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् । प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए । उनले भने, “ठुला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ।” तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही पक्रिया अघि बढाइने उनको भनाइ थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनुसन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे । “जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा उम्कन दिइँदैन”, उनले भने ।…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५ औँ महाधिवेशनमा नेता डा। शेखर कोइरालालाई सभापति बनाउने उद्घोष गरेका छन् । मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले यस्तो उद्घोष गरेका हुन् । उनले रूपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५ औँ अधिवेशनबाट पार्टी नेतृत्व रूपान्तरण हुने दाबी गरे । उनले भने, ‘मैले शेखर कोइरालालाई अघि बढ्नुहोस् भनेको छु । अहिले नै पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्न । तर १५ औँ महाधिवेशनमा पार्टी सभापति बदल्ने हो ।’ उपसभाति गुरुङले रूपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रूपान्तरण सम्भव नरहेको जिकिर गरे ।

Read More

पाँचथर: पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत झापाको विर्तामोडबाट फिदिमतर्फ आउँदै गरेको मे१ज १९४१ नंको ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको हो । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिए । दुर्घटनामा इलामको दानाबारीका २६ वर्षीय अर्जुन विक, ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ का २३ वर्षीय बुद्धहाङ लिम्बू, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका २६ वर्षीया इसेटिमा शेर्पा, पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरका २५ वर्षीय रोषन श्रेष्ठ, सोही स्थानका २३ वर्षीय भुपेन्द्र श्रेष्ठर र ताप्लेजुङको सिरिजङ्घा…

Read More

काठमाडौँ: भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणापत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू गरिने निर्णय गरेको हो । चालक अनुमतिपत्रसम्बन्धी सेवालाई प्रविधिमैत्री बनाउन र यातायात कार्यालयहरुमा देखिने भीड हटाउन आगामी भदौ महिनादेखि सबै यातायात कार्यालयमा विद्युतीय सेवा विस्तार गर्न लागिएको हो । हाल गण्डकी प्रदेशको पोखरामा मात्र यो सेवा सञ्चालनमा छ । उक्त कार्यालयमा अनलाइन सेवा सफल र प्रभावकारी भएपछि देशभर लागू गर्न लागिएको घोषणापत्रमा उल्लेख छ । इम्बोस्ड नम्बर जडानलाई पनि प्राथमिकता दिइने निर्णय…

Read More

धनगढी: निर्माण व्यवसायीहरुले विभिन्न आयोजना निर्माणको बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाइ ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । निर्माण व्यवसायीलाई समयमै भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न ज्ञापनपत्रमार्फत भनिएको छ । निर्माणको भुक्तानी ७० अर्बभन्दा बढी रहेको भए पनि यसबारे सरकार उदासीन बनेको आरोप निर्माण व्यवसायीको छ । सरकारको अर्थ मन्त्रालयमा विभिन्न विकासे मन्त्रालयहरुले पठाएको १० अर्बभन्दा बढी उठिसकेको बिलको भुक्तानी भएको छैन । यस्तै देशभर ५० अर्बको रनिङ् अथवा चलिरहेको निर्माण कार्यको…

Read More