काठमाडौँ: नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५ औँ महाधिवेशनमा नेता डा। शेखर कोइरालालाई सभापति बनाउने उद्घोष गरेका छन् ।
मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले यस्तो उद्घोष गरेका हुन् । उनले रूपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५ औँ अधिवेशनबाट पार्टी नेतृत्व रूपान्तरण हुने दाबी गरे ।
उनले भने, ‘मैले शेखर कोइरालालाई अघि बढ्नुहोस् भनेको छु । अहिले नै पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्न । तर १५ औँ महाधिवेशनमा पार्टी सभापति बदल्ने हो ।’ उपसभाति गुरुङले रूपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रूपान्तरण सम्भव नरहेको जिकिर गरे ।
Facebook Comments Box