Author: महेन्द्रनगर पोष्ट

कैलाली : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले आफूले प्रस्तुत गरेको बजेट प्रदेशको विकास र समृद्धिमा केन्द्रित रहेको दाबी गरेका छन् । असार १ गते आएको बजेट माथिको छलफल सुरु गर्न प्रस्ताव पेश गर्दै अर्थमन्त्री शाहीले बजेटले नयाँ आधार तय गर्ने विश्वास व्यक्त गरेका थिए । ‘सुदूरपश्चिम विकासको लागि एउटा आधार बन्ने छ । यो बजेटले अरू बजेट सिर्जना गर्ने गरी बजेट बनाइएको छ ’, उनले भने , ‘उद्यम विकासका विषयहरू छन् । उत्पादन र रोजगारीको विषयहरू राखिएका छन् । यो बजेट यथार्थ परक छ । ’ अर्थमन्त्री शाहीले आगामी विकसित यात्राको लागि, नयाँ र सुन्दर गन्तव्यमा पुग्नका लागि…

Read More

धनगढीः अछाममा एक जना मृत फेला परेका छन्। जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर २ बुढीगंगा नदीको किनारमा पुरुषको शव फेला परेको हो। प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार अन्दाजी २८/३० वर्षिय पुरुषको बेवारिस्य शव फेला गरेको हो। उनको परिचय खुलको छैन। इलाका प्रहरी साँफेबगरले घटनाको अनुसन्धान गर्दैछ।

Read More

कैलाली: कैलाली प्रहरीले सार्वजनिक हितविरुद्धको कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। ती दुई जना फैसला कार्यान्वयनको शिलशिलामा पक्राउ परेका हुन। प्रहरीका अनुसार कैलाली जिल्ला अदालतको २०७३ जेठ ३ गतेको फैसला अन्तर्गत जनही ५/५ सय रुपैयाँ जरिवाना तोकिएका चुरे गाउँपालिका–६ बस्ने बर्ष २६ का गोबिन्द खत्री र सोही ठाउँका बर्ष २५ का जनक धामीलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले मंगलबार दिउसो धनगढी बजारबाट उनीहरुलाई पक्राउ गरेको थियो। दुबै जनालाई आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको छ।

Read More

धनगढीः राप्रपा सांसद खेमादेवी बिष्टले सरकारले ल्याएको बजेटका कारण आफूलाई बाहिर निस्कन पनि समस्या भएको बताएका छन्। मंगलबार सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको छलफलका क्रममा राप्रपा बिष्टले आफू वडामा बहिस्कृत भइसकेको पनि गुनासो गरेकी हुन्। उनले आफूले बुझाएका योजनाहरू बजेटमा नआएपछि विगत २५ दिनदेखि घर बाहिर निस्कन नसक्ने अवस्था रहेको बताइन्। ‘हामी त्रासपूर्ण वातावरणमा बसिरहेका छौं। हिजो २५ गते बाहिर निस्केका छौं। बाहिर निस्किने वातावरण छैन। हामीलाई नगरसभामा बहिस्कार गरिएको छ। वडामा बहिस्कार गरिएको छ। हाम्रो क्षेत्रमा हिँड्ने अनुमति छैन। हामी कहाँ जाने ? यो २६ गतेसम्म घरमा मात्रै बसेको छु’, उनको भनाइ थियो, ‘हामीलाई त्रासपूर्ण वातावरणमा बस्न बाध्य पारियो।…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशसभा सदस्य (स्वतन्त्र सांसद) डाक्टर तारा जोशीले सेती प्रादेशिक अस्पताललाई माफिया अस्पतालको संज्ञा दिएका छन्। उनले मंगलबार संसद्मा बजेटमाथिको छलफलमा बोल्दै यस्तो बताएका हुन्। उनले बिरामीहरूले सहज रुपमा उपचार नपाएको भन्दै माफिया अस्पतालको संज्ञा दिए। उनले पटकपटक अस्पतालका विषयमा प्रश्न उठाउँदा पनि सरकारले चासो नदिएको गुनासो पोखे। प्रदेश सांसद जोशीले पूर्वाधार विकास मन्त्रालयलाई पूर्वाग्रह मन्त्रालय भन्दै व्यङ्ग्यसमेत गरेका थिए। उनले बजेट सैद्धान्तिक रूपमै गलत रहेको बताए। सरकार आवश्यकभन्दा अनावश्यक विषयमा केन्द्रित रहेको उनको भनाइ थियो। प्रदेश सरकारको प्राथमिकतामा परेको चिडियाखाना आवश्यक नरहेको भन्दै उनले भने, ‘बाजुराको कुपोषित बालकलाई लिटो बाँडिरहेको मुख्यमन्त्रीको तस्बिरभन्दा चिडियाखानामा बाघलाई मासु खुवाउँदै गरेको मुख्यमन्त्रीको…

Read More

काठमाडौँ : सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ। मङ्गलवार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले यस्तो बताएका हुन्। मङ्गलवार बिहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको थियो। मन्त्री किराँतीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधवारसम्म छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए।

Read More

धनगढीः कञ्चनपुरमा लुटपाट गर्ने दुईजनालाई समातिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१३ पिपरैयाका २१ वर्षीय दिपक चदारा र दोधारा–चाँदनी नगरपालिका–१ का २२ वर्षीय अर्जुन सुनारलाई प्रहरीले पक्राउ गरेको हो। आइतबार राति ९ बजे कृष्णपुर नगरपालिका–२ की २१ वर्षीया अनारकली चौधरीलाई धान रोपेर साइकलमा घर फर्कदै गर्दा लुटपाट भएको थियो। उनी घर फर्कदै गर्दा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००३ प १५१ नम्बरको मोटरसाइकलमा सवार चदारा र सुनारले ती महिलालाई धक्का दिएर लुटपाट गरेका थिए। दुबै जनाले चौधरीसँग भएको मोबाइल लुटेर फरार भएका थिए। लुटेर फरार भएका दुबै जनालाई चेक पोइन्टमा चेकजाँच गर्दा एक थान मोबाइल, एक थान मोटरसाइकल र एक थान…

Read More

काठमाडौं :प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको तागत नै झुट बोल्नु र अफवाह फैलाउनु मात्र रहेको बताएका छन् । वागग्मती प्रदेश संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै उनले सरकारले हल्ला फैलाउने काम मात्रै गरेको आरोप लगाए । ओलीले अहिलेको सत्ता गठबन्धनमा उस्तै उस्तै दलहरु रहेकाले गठबन्धन कायम गर्न चाहिरहेको पनि बताए । ‘सरकारको तागत झुट बोल्ने, अफवाह फैलाउने देखियो’, ओलीले भने, ‘उस्तै उस्तै मिलेकाले, गठबन्धन भएकाले गठबन्धन कायम राख्न चाहन्छन् ।’ ओलीले एमालेको नीति प्रष्ट रहेको बताए । उनले एमालेको नजर सरकारतिर नरहेको बताएका छन् । उनले भने, ‘हामी सरकारतिर हेर्दैनौँ । मिसन ०८४ मा…

Read More

कञ्चनपुरः ब्रम्हदेव बजारमा आगलागी भएको छ। ग्याँस लीक भएर आगलागी हुँदा दुई लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो। सोमबार साँझ भीमदत्त नगरपालिका–९ ब्रम्हदेव बस्ने रमेश बोहराको घर नजिकै रहेको खाजा पसलमा खाना पकाउने क्रममा ग्याँस सिलेण्डरबाट ग्याँस लीक भएको प्रहरीले जनाएको छ। आगलागी हुँदा पसल भित्र रहेका किराना सर–सामान, भाडा बर्तन र काठ गरी अन्दाजी दुई लाख रुपैयाँ बराबरका सामानहरु जलेर नष्ट भएका छन्। उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

Read More

धनगढीः कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–६ को काट्याखोलामा बृद्ध मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत भेटिनेमा बर्दगोरिया गाउँपालिका–४ नौनिया बस्ने ६५ वर्षीय फुलराम डगौरा रहेका छन्। उनी सोमबार दिउसो मृत अवस्थामा भेटिएका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More