कैलाली: कैलाली प्रहरीले सार्वजनिक हितविरुद्धको कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। ती दुई जना फैसला कार्यान्वयनको शिलशिलामा पक्राउ परेका हुन।
प्रहरीका अनुसार कैलाली जिल्ला अदालतको २०७३ जेठ ३ गतेको फैसला अन्तर्गत जनही ५/५ सय रुपैयाँ जरिवाना तोकिएका चुरे गाउँपालिका–६ बस्ने बर्ष २६ का गोबिन्द खत्री र सोही ठाउँका बर्ष २५ का जनक धामीलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले मंगलबार दिउसो धनगढी बजारबाट उनीहरुलाई पक्राउ गरेको थियो।
दुबै जनालाई आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको छ।
Facebook Comments Box