Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: काठमाडौंका पूर्वमेयर, पूर्वमन्त्री पीएल सिंहको निधन भएको छ। परिवार स्रोतका अनुसार पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो। २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए। ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए। यसैक्रममा काठमाडौं महानगरले सिंहको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अत्यावश्यक सेवाबाहेक मातहतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको छ।

Read More

धनगढी: धनगढीको एक होटेलमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका– १३ मोहनपुरमा हर्क कप्टयालले सञ्चालन गरेको मालिका होटेल एण्ड डिडि स्टोरमा आगलगाी भएको हो।  जिल्ला प्रहरी कार्यालयका अनुसार विद्युतको तार सर्ट भएर आगलागी भएको हो। आगलागी हुँदा होटेल र पसलभित्र रहेका किराना लगायतका सामान गरी अन्दाजी ३० लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौं: लामो रस्साकस्सीको बीच नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको छ। शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले विधेयकको मस्यौदा संशोधनसहित पारित गर्ने निर्णय गरेको हो। विधेयकमा तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधान स्वीकृत भएको छ। अब वरिष्ठ हवल्दारसम्मका प्रहरीले १६ वर्षमा तथा असई, सई र वरिष्ठ सईले १८ वर्ष जागिर अवधि पुगेपछि पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाउनेछन्। तर, उनीहरूले पेन्सन भने जागिर सुरु गरेको २० वर्ष अवधि पुगेपछि मात्र पाउनेछन्। तल्लो तहका प्रहरीहरुले लामो समयदेखि यस्तो व्यवस्थाका लागि माग गर्दै आएका थिए। प्रहरी निरीक्षक (इन्सपेक्टर)भन्दा माथिल्लो दर्जाका प्रहरीको…

Read More

काठमाडौं: नेपाल प्रहरीका विवादित प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरी आइतबारबाट अनिवार्य अवकाशमा गएका छन्। उनी उमेरहदका कारण आज राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका हुन्। प्रहरी नियमावली अनुसार ५६ वर्षे उमेर हदका कारण डीआईजीहरु अवकाश हुने प्रावधान छ। ३० वर्षे सेवा अवधिअनुसार आगामी चैतसम्म सेवा अवधि भए पनि त्यस अगावै उमेर हदका कारण उनी अवकाशमा गएका हुन्। ठकुरी अवकाशमा गएसँगै नेपाल प्रहरीमा रिक्त डीआईजीको संख्या ३ पुग्ने भएको छ। यसअघि डीआईजीहरु दुर्गा सिंह चन्द र भरतबहादुर बोहरालाई एआईजी बढुवाका लागि सिफरिस गरिएको थियो। उनीहरुले एआईजीको दर्ज्यानी चिन्ह लगाउन बाँकी नै छ। सिफारिस स्वीकृत भएर बढुवा भएको अवस्थामा रिक्त डीआईजीको…

Read More

टीकापुर: २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ। आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित ६ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो। यसअघि २०४१ असोज २५ गतेदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्व सुरु भएसँगै २०५३ साल माघदेखि बन्द अवस्थामा रहेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य संघ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गरेका थिए। विमान अवतरणका…

Read More

काठमाडौं: नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले आयोजना गरेको तेस्रो राष्ट्रिय फ्रिस्टाइल रोल्लर स्केट प्रतियोगिता २०८१ अन्तर्गत विजयी खेलाडीलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। आइतबार सम्पन्न भएको दुई दिने पुरुष र महिलातर्फका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नगद पुरस्कार र मेडल प्रदान गर्नु भएको हो। सो अवसरमा नेपाल क्लाइविङ संघका केन्द्रीय अध्यक्ष रमेश पौडेल लगायतको उपस्थिति रहेको थियो। यसअघि सो प्रतियोगिताको उद्घाटन सदस्य सचिव घिसिङले गरेका थिए। फ्रि स्टाइल रोल्लर स्केट च्याम्पियनसीप वार्षिक रुपमा आयोजना हुँदै आएको छ। यसपटक महिलातर्फ निर्जला श्रेष्ठ पहिलो र सन्ध्या मगर दोस्रो र निमिषा तामाङ भए। १५० जना महिलाबाट…

Read More

धनगढी: नवनिर्वाचित पत्रकार महासघं कैलालीका अध्यक्षसहित कार्यसमितिलाई कैलाली उद्योग वाणिज्य सघंले बधाईसहित सम्मान गरेको छ। आइतबार सुदुरपश्चिम महोत्सवमा निमन्त्रणा गर्दै उद्योग वाणिज्य सघं कैलालीलाई नवनिर्वाचित अध्यक्ष श्रवण देउवासहित टिमलाई सम्मान गरेको हो। कैलाली उद्योग वाणिज्य सघंका अध्यक्ष पुस्पराज कुँवर तथा महासचिव ओम बिष्टसहितको टिमले नवनिर्वाचित महासघंको टिमलाई माला लगाएर सम्मान गरेको हो।उद्योग वाणिज्य सघंबाट सम्मान पश्चात नवनिर्वाचित अध्यक्ष श्रवण देउवाले धन्यवाद ब्यक्त गरेका छन्। लोकतन्त्र र सबिंधानको रक्षाका लागी पत्रकार महासघं सधैँ कटिबद्ध रहेको बताउँदै देउवाले यहाँको औधोगिक तथा पर्यटनको विकासका लागि कैलाली उद्योग वाणिज्य सघंसगं सहकार्य रहने विश्वास ब्यक्त गरे। मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पत्रकार महासघं कैलालीको अध्यक्षमा…

Read More

काठमाडौं: प्रधानसेनापति अशोकराज सिग्देल भारतको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन्। उनीसहित १० सदस्यीय टोली एअर इण्डियाको उडान नम्बर एआई२१५७ बाट नयाँ दिल्ली हुँदै केही बेरअघि काठमाडौं आइपुगेको हो। टोलीमा धर्मपत्नी निता क्षेत्री सिग्देल, छोरा आशुतोष सिग्देल,उपरथी अनुपजंग थापा,सहायक रथी डा.नम्रता महरा रावल,सहायक रथी पूर्णबहादुर खत्री,प्रमुख सेनानी सुरज रावत, सेनानी राजेश श्रेष्ठ,भावना थापा र रेन्कु रेग्मी छन्। रथी प्रदिपजंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उनीहरुलाई स्वागत गरे।  सिग्देल गत मंसिर २५ गते भारत गएका थिए। भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा चार दिने भ्रमणका लागि नयाँ दिल्ली गएका उनलाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथी दर्जाबाट…

Read More

कञ्चनपुरः कञ्चनपुरमा ट्याक्टर पल्टिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको लालझाडी गाउँपालिका–५ महावीर खल्लामा से १ त ३३७९ नम्बरको ट्याक्टर पल्टिँदा सोहि ठाउँका विमल रानाको मृत्यु भएको छ। राना उक्त ट्याक्टरका चालक हुन्। ट्याक्टर पल्टिदा रानाको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्याक्टरमा सवार रहेका तारासिँ भने सकुशल रहेका छन्। ट्याक्टर दुर्घटनाको कारण भने खुलेको छैन।

Read More

दिल्ली: भारतीय प्रधानमन्त्रीका एकजना पूर्व निजी सुरक्षा अधिकारीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार एक महिनाभित्र ढल्ने दाबी गरेका छन्।  प्रधानमन्त्री नरेन्द्र मोदीको एकताका सुरक्षा गार्ड (एनएसजी) रहिसकेका लक्की बिष्टले नेपालमा सरकार ढल्न लागेकाे ठोकुवा गरेका हुन्। अन्तर्राष्ट्रिय एजेन्सीको लागि काम गर्दा ‘सूचना’ सबैभन्दा महङ्गो हुने जनाउँदै उनले नेपालको सरकार छिट्टै ढल्न लागेको सूचना आफूसँग रहेको जिकिर गरे।  ‘आज डिसेम्बर १२ तारिख हो,हाम्रो लागि महत्वपूर्ण विषय भनेको गुप्त सूचना हुन्छ’, नवभारत टाइम्ससँगको अन्तर्वार्तामा सनसनीपूर्ण खुलासा गर्दै बिष्टले भनेका छन्, तपाईंलाई आश्चर्य लाग्न सक्छ, तर म एउटा खुलासा गर्दिन्छु कि नेपालको सरकार ढल्नेवाला छ।’ उनले आफ्नो दावीलाई नोट गरेर राख्न पटक…

Read More