Author: महेन्द्रनगर पोष्ट

चितवन: चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती पसेर जनतालाई त्रसित बनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ रहेका खोर भरिएपछि पर्सा पठाइएको हो । पश्चिम चितवनको मेघौली क्षेत्रका जनतालाई त्रसित बनाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले गत बुधबार नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार बस्ती नजिक आएर जनतालाई त्रसित बनाउने, घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको सो बाघलाई भरतपुर महानगरपालिका–२७ बाट नियन्त्रणमा लिइएको थियो । बाघलाई नियन्त्रणमा लिएपछि केही दिन निकुञ्जको मुख्यालय कसरामा राखिएको भए पनि यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको…

Read More

कञ्चनपुर: इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना विद्यमान ग्राहकहरूका लागि नवीकरण अफर ल्याएको छ। कम्पनीले वर्षभरका लागि नवीकरण गर्दा दुई महिनाको इन्टरनेट निःशुल्क दिने योजना सुरु गरेको हो। यो अफर अन्तर्गत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर ग्राहकले दुई महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनसको रूपमा प्राप्त गर्न सक्नेछन्। यो अफर असार मसान्त २०८० सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ। भायानेट देश मै पहिलोपटक फाइबर इन्टरनेट सुरु गर्ने कम्पनी हो। मल्टी गिग सेवामा समेत अगाडि रहेको कम्पनीले विगत २३ वर्षदेखि इन्टरनेट सेवा दिंदै आएको छ। आईपिटिभी सेवा प्रदायकको रूपमा समेत रहेको यो कम्पनीको वेबसाइटमा गएर नवीकरण अफर लगायत अन्य सेवाको बारेमा थप जानकारी लिन सकिनेछ।

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित दुई जना युवायुवती पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–८ धनगढी गाँउबाट ४ ग्राम ५ सय मिलिग्राम लागुऔषधसहित शनिवार दिउँसो सोही ठाउँका १९ वर्षीय रञ्जीत राना र २० वर्षीया पुष्पा राना पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Read More

डडेल्धुरा: किसान नेता तथा सहिद भीमदत्त पन्तको स्मृतिमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । सहिद पन्तको जन्मथलो कारिगाउँमा ई–लाइब्रेरीको उद्घाटन गरिएको हो । शनिबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री गोविन्दराज बोहराले अमरगढी नगरपालिका–२ कारीगाउँमा ई–लाइब्रेरीको उद्घाटन गर्नुभयो । सहिद पन्तको जीवनीसँग सम्बन्धित किताब र उहाँको पहलकदमी थालनी गरिएका काम तथा प्रकाशित कृति पुस्तकालयमा राखिएको छ । पुस्तकालय स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले बजेट छुट्ट्याइएको थियो । रासस

Read More

धनगढीः ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ६ पूर्वमन्त्री, २ पूर्वमुख्य सचिव, १४ पूर्व र १ बहालवाला सचिवसहित सार्वजनिक पदधारण गरेका डेढ सयभन्दा बढी कर्मचारीको संलग्नता देखिएको छ। तीमध्ये केही कर्मचारी अझै पदमा छन्। जग्गा हिनामिना गर्ने गरी भएका निर्णयमा जोडिएका केही व्यक्तिको मृत्यु भइसकेको छ। पञ्चायतकालमै मुआब्जा दिएर तत्कालीन भोगाधिकारी सुवर्णशमशेर राणाका परिवारबाट अधिग्रहण गरी सरकारका नाममा ल्याइएको मध्ये १ सय ४३ रोपनीभन्दा बढी जग्गा ०४९ देखि ०६९ को अवधिमा भूमाफियाले हडपेका थिए। अधिग्रहण गरेर गृह मन्त्रालयमातहतको समरजंग कम्पनीको रेखदेखमा राखिएको जग्गा विभिन्न सरकारका पालामा भएका गैरकानुनी निर्णयका आधारमा शृंखलाबद्ध रूपमा हडपिएको थियो। ०४९, ०६२, ०६६, ०६७ र…

Read More

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दाङका शर्मा ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् । राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छिन् । त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो शर्माको आवाजसँग मिलेको र त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्ने बारेमा टिकटक सिंगापुरसँग जानकारी मागेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् ।

Read More

काठमाडौँ: आज सुनको मूल्य सात सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलामा एक लाख ११ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर एक हजार तीन सय ९५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ल्याएको बजेटमाथि अझै छलफल हुन सकेको छैन। प्रदेश सभाको दोस्रो अधिवेशनको १४ औं बैठकबाट बजेट प्रस्तुत गरिएको करिब एक महिना पुग्न लाग्दा गठबन्धनभित्रैको असन्तुष्टिले बजेटमाथिको छलफल अघि बढ्न नसकेको हो। सरकारले असार १ गते चालु र पुँजिगततर्फ गरी २९ अर्व २६ करोड ५९ लाख ३२ हजारको बजेट सभामा प्रस्तुत गरेको थियो। सरकारले ल्याइएको बजेटसँगै विकास कार्यक्रम (रातो किताव) प्रति सत्तारुढ दलकै प्रदेश सभा सदस्यहरुमा व्यापक असन्तुष्टि बढेको छ। बजेटमाथि सत्तारुढ दलसँगै भित्रै प्रतिपक्षीको असन्तुष्टि बढेको हो। जसका कारण प्रदेशको बजेट पास हुन सकस पर्ने देखिएको छ। बजेटमाथिको छलफलमा केन्द्रित हुनुपर्नेमा…

Read More

धनगढीः कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा कल्याण सिंह बोहरा निर्वाचित भएका छन् । बोहरा पाँच सय ९४ मत ल्याउँदै संघको अध्यक्षमा निर्वाचित भएका हुन् । मीना देउवाको ५७० मत छ भने अध्यक्षका अर्का उम्मेदवार कविराज भट्टले ७३ मत पाए । बोहरा र देउवा प्यानलसहित प्रतिष्पर्धामा थिए । उपाध्यक्ष उद्योगमा देउवा प्यानलबाट दलबहादुर खड्का विजयी भएका छन् । खड्काले ७११ मत ल्याउँदा बोहरा प्यानलका यज्ञराज जोशीले ५३२ मत ल्याए । उपाध्यक्ष वाणिज्यमा देउवा प्यानलका फागुराम चौधरी ५५२ मत ल्याई विजयी भए । उनका प्रतिद्वन्द्वी बोहरा प्यानलका देवराज भट्टले ५८२ मत ल्याए । वस्तुगततर्फ बोहरा प्यानलका चेतराज पन्त ६४४ मतका ल्याई…

Read More

धनगढीः दार्चुलामा सडकबाट खोलामा खसेर एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिका-६ हरडीगाड खोलामा खसेर सोही ठाउँका ५५ वर्षीय केशवराज गिरीको मृत्यु भएको हो । शनिवार साँझ मालिकार्जुनकै बाँकुबाट चिउरानी घरतर्फ जाने क्रममा सडकबाट ६० मिटर तल खोलामा खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More