धनगढीः कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा कल्याण सिंह बोहरा निर्वाचित भएका छन् । बोहरा पाँच सय ९४ मत ल्याउँदै संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।
मीना देउवाको ५७० मत छ भने अध्यक्षका अर्का उम्मेदवार कविराज भट्टले ७३ मत पाए । बोहरा र देउवा प्यानलसहित प्रतिष्पर्धामा थिए । उपाध्यक्ष उद्योगमा देउवा प्यानलबाट दलबहादुर खड्का विजयी भएका छन् । खड्काले ७११ मत ल्याउँदा बोहरा प्यानलका यज्ञराज जोशीले ५३२ मत ल्याए ।
उपाध्यक्ष वाणिज्यमा देउवा प्यानलका फागुराम चौधरी ५५२ मत ल्याई विजयी भए । उनका प्रतिद्वन्द्वी बोहरा प्यानलका देवराज भट्टले ५८२ मत ल्याए । वस्तुगततर्फ बोहरा प्यानलका चेतराज पन्त ६४४ मतका ल्याई विजयी भए । उनका प्रतिष्पर्धी देउवा प्यानलका लक्ष्मण धामीले ५७५ मत ल्याए ।
महासचिवमा बोहरा प्यानलका शंकरबहादुर खड्का ६२८ मत ल्याएर विजयी हुँदा देउवा प्यानलका अर्जुन खड्काले ५९६ मत पाए । कोषाध्यक्षमा बोहरा प्यानलका हेमराज भण्डारी ६२६ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी देउवा प्यानलका दीपकराज भट्टले ५९६ मत पाए ।
सचिवमा बोहरा प्यानलका दिलिपकुमार साँउद ६९५ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी देउवा प्यानलका हर्कबहादुर विकले ४९९ मत पाए । त्यसैगरी सदस्यहरुमा बोहरा प्यानलका रमेश भट्टराई, बमबहादुर बोगटी, ज्ञानेन्द्र खड्का विजयी भए भने देउवा प्यानलका बालकृष्ण ओझा विजयी भए ।
एक हजार पाँच सय ६३ जना मतदाता रहेको संघमा शनिवार भएको मतदानमा एक हजार तीन सय मत खसेको थियो । ११ पदका लागि भएको निर्वाचनमा २३ जनाले उम्मेदवारी दिएका थिए ।