Author: महेन्द्रनगर पोष्ट

कैलाली : धनगढीमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार ईलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले सुकदेव बि.क.लाई शुद्ध तौल ३७० मिलीग्राम लागुऔषध (खैरो हिरोईन) सहित पक्राउ गरेको हो । वि.कलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: धनगढीमा सशस्त्र प्रहरीले एक कटुवा पेस्तोल बरामद गरेको छ। आज (मंगलबार) सशस्त्र प्रहरी बल नेपाल विओपि लल्लिपुरको टोलीले एक बेवारिसे तोलकटुवा पेस्तोल फेला पारेर बरामद गरेको हो। धनगढी उपमहानगरपालिकास्थित वडानम्बर १९ आँखाफुटि सीमा ईलाका सहायक सीमा स्तम्भ नं ७३७/३ नजिक गाईगोरु हेर्न बनाईएको खरले छाएको छाप्रोभित्र उक्त पेस्तोल फेला परेको बताइएको छ। सहायक प्रहरी नायव निरीक्षक कृष्णबहादुर थापाको कमाण्डमा खटिएको ७ जनाको पैदलगस्ती टोलीले कोलो प्लाष्टिकभित्र बेरेर लुकाईछिपाई राखेको कटुवा पेस्तोल फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण धनगढीका डिएसपी तथा सूचना अधिकारी धिरेन्द्र शाहले जानकारी दिए। उनका अनुसार उक्त पेस्तोल बरामद गरी बिओपिमा ल्याई राखिएको छ।…

Read More

कास्की : कास्कीमा दुई वडा अध्यक्षबीच झगडा परेपछि इमेलमार्फत भुक्तानीको सिफारिस मागेका छन् । जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–८ का वडाध्यक्षसँग झगडा परेपछि ‘खोराको मुख उपल्लो इदिखोला सडक उपभोक्ता समिति’ का अध्यक्षले इमेलमार्फत भुक्तानीको सिफारिस मागेका हुन् । कामको विषयलाई लिएर वडाध्यक्ष रामबहादुर गुरुङ्गसँग चर्कै विवाद हुँदा समितिका अध्यक्ष अमृत भण्डारीले इमेलमार्फत भुक्तानी सिफारिसका लागि आग्रह गरेका हुन् । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, कास्कीद्वारा सञ्चालित सडक निर्माणको जिम्मा समितिले पाएको थियो । तर, निर्माण गरिएको सडक गुणस्तरहीन भएकाले वडाध्यक्ष गुरुङ्ग र समिति अध्यक्ष भण्डारीबीच विवाद भएको हो । वडाध्यक्षले भण्डारीलाई कुटपिटसमेत गरेको बताइएको छ । कुटपिटपछि प्रहरीले वडाध्यक्ष…

Read More

धनगढी : सुुदूूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि असार १ गते प्रस्तुत गरेको बजेटमाथिको छलफल २६ औँ दिनमा अघि बढेको छ । सत्तारुढ गठबन्धनमा आवद्ध माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले यथास्थितीमा बजेटलाई समर्थन गर्न नसकिने निर्णयकाबीच मंगलबार दिउँसो ३ बजे बसेको प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल अघि बढाइएको हो । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अर्थ सम्बन्धी प्रस्तावलाई सभामा छलफलका लागि पेश गरेपछि प्रदेशसभा सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ । मंगलबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामी, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावल, नागरिक उन्मुक्ति पार्टीका…

Read More

कैलाली : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले आफूले प्रस्तुत गरेको बजेट प्रदेशको विकास र समृद्धिमा केन्द्रित रहेको दाबी गरेका छन् । असार १ गते आएको बजेट माथिको छलफल सुरु गर्न प्रस्ताव पेश गर्दै अर्थमन्त्री शाहीले बजेटले नयाँ आधार तय गर्ने विश्वास व्यक्त गरेका थिए । ‘सुदूरपश्चिम विकासको लागि एउटा आधार बन्ने छ । यो बजेटले अरू बजेट सिर्जना गर्ने गरी बजेट बनाइएको छ ’, उनले भने , ‘उद्यम विकासका विषयहरू छन् । उत्पादन र रोजगारीको विषयहरू राखिएका छन् । यो बजेट यथार्थ परक छ । ’ अर्थमन्त्री शाहीले आगामी विकसित यात्राको लागि, नयाँ र सुन्दर गन्तव्यमा पुग्नका लागि…

Read More

धनगढीः अछाममा एक जना मृत फेला परेका छन्। जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर २ बुढीगंगा नदीको किनारमा पुरुषको शव फेला परेको हो। प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार अन्दाजी २८/३० वर्षिय पुरुषको बेवारिस्य शव फेला गरेको हो। उनको परिचय खुलको छैन। इलाका प्रहरी साँफेबगरले घटनाको अनुसन्धान गर्दैछ।

Read More

कैलाली: कैलाली प्रहरीले सार्वजनिक हितविरुद्धको कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। ती दुई जना फैसला कार्यान्वयनको शिलशिलामा पक्राउ परेका हुन। प्रहरीका अनुसार कैलाली जिल्ला अदालतको २०७३ जेठ ३ गतेको फैसला अन्तर्गत जनही ५/५ सय रुपैयाँ जरिवाना तोकिएका चुरे गाउँपालिका–६ बस्ने बर्ष २६ का गोबिन्द खत्री र सोही ठाउँका बर्ष २५ का जनक धामीलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले मंगलबार दिउसो धनगढी बजारबाट उनीहरुलाई पक्राउ गरेको थियो। दुबै जनालाई आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको छ।

Read More

धनगढीः राप्रपा सांसद खेमादेवी बिष्टले सरकारले ल्याएको बजेटका कारण आफूलाई बाहिर निस्कन पनि समस्या भएको बताएका छन्। मंगलबार सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको छलफलका क्रममा राप्रपा बिष्टले आफू वडामा बहिस्कृत भइसकेको पनि गुनासो गरेकी हुन्। उनले आफूले बुझाएका योजनाहरू बजेटमा नआएपछि विगत २५ दिनदेखि घर बाहिर निस्कन नसक्ने अवस्था रहेको बताइन्। ‘हामी त्रासपूर्ण वातावरणमा बसिरहेका छौं। हिजो २५ गते बाहिर निस्केका छौं। बाहिर निस्किने वातावरण छैन। हामीलाई नगरसभामा बहिस्कार गरिएको छ। वडामा बहिस्कार गरिएको छ। हाम्रो क्षेत्रमा हिँड्ने अनुमति छैन। हामी कहाँ जाने ? यो २६ गतेसम्म घरमा मात्रै बसेको छु’, उनको भनाइ थियो, ‘हामीलाई त्रासपूर्ण वातावरणमा बस्न बाध्य पारियो।…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशसभा सदस्य (स्वतन्त्र सांसद) डाक्टर तारा जोशीले सेती प्रादेशिक अस्पताललाई माफिया अस्पतालको संज्ञा दिएका छन्। उनले मंगलबार संसद्मा बजेटमाथिको छलफलमा बोल्दै यस्तो बताएका हुन्। उनले बिरामीहरूले सहज रुपमा उपचार नपाएको भन्दै माफिया अस्पतालको संज्ञा दिए। उनले पटकपटक अस्पतालका विषयमा प्रश्न उठाउँदा पनि सरकारले चासो नदिएको गुनासो पोखे। प्रदेश सांसद जोशीले पूर्वाधार विकास मन्त्रालयलाई पूर्वाग्रह मन्त्रालय भन्दै व्यङ्ग्यसमेत गरेका थिए। उनले बजेट सैद्धान्तिक रूपमै गलत रहेको बताए। सरकार आवश्यकभन्दा अनावश्यक विषयमा केन्द्रित रहेको उनको भनाइ थियो। प्रदेश सरकारको प्राथमिकतामा परेको चिडियाखाना आवश्यक नरहेको भन्दै उनले भने, ‘बाजुराको कुपोषित बालकलाई लिटो बाँडिरहेको मुख्यमन्त्रीको तस्बिरभन्दा चिडियाखानामा बाघलाई मासु खुवाउँदै गरेको मुख्यमन्त्रीको…

Read More

काठमाडौँ : सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ। मङ्गलवार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले यस्तो बताएका हुन्। मङ्गलवार बिहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको थियो। मन्त्री किराँतीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधवारसम्म छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए।

Read More