बैतडीः बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको संख्या घटेको छ भने राहदानी बनाउनेको संख्या बढेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार नागरिकता बनाउनेको संख्या घटेको र राहदानी बनाउनेको संख्या बढ्दै गएको हो। आर्थिक वर्ष २०७८/७९ मा आठ हजार पाँच सय १४ जनाले नागरिकता बनाएका थिए। गत आर्थिक वर्ष २०७९/८० मा भने ६ हजार तीन सय ३८ जनाले नागरिकता बनाएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। यता राहदानी बनाउनेको संख्या भने ह्वात्तै बढेको छ। आव २०७८/७९ मा ६ सय २२ जनालाई राहदानी वितरण गरिएकोमा गत वर्ष २०७९/८० मा जिल्लामा दुई हजार ६ सय ८० जनालाई राहदानी वितरण गरिएको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: धनगढीमा एक युवक घरमै मृत अवस्थामा भेटिएका छन्। धनगढी उपमहानगरपालिका –७ बस्ने ३१ वर्षीय चन्द्रदेव भण्डारी (चन्दु) गएराति (बिहीबार) आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता इन्सपेक्टर सन्तोष बस्यालका अनुसार उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। अहिले उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरी स्रोतका अनुसार पहिले लम्की दिदीको घरमा बस्दै आएका लागुऔषध प्रयोगकर्ता समेत रहेका उनलाई ३ पटक सुधारकेन्द्रमा राखिएको थियो। त्यसपछि सुधारकेन्द्रबाट निस्किएका उनी धनगढी आएका थिए। त्यसको लगत्तै उनलाई चिकित्सकले डिप्रेसनको समेत समस्या देखाएको प्रहरीले बताएको छ। उनको त्यहीँ अवस्थाका कारण पत्नीसँगको पनि सम्बन्धमा खटपट आयो।…
कञ्चनपुर: कञ्चनपुरका एक पुरुष भारतमा बेपत्ता भएका छन्। कञ्चनपुरकाे वेदकाेट नगरपालिका-१० स्थायी घर भइ भारतमा सेक्युरिटी गार्डकाे काम गर्दै आएका ५० वर्षीय नवलसिह कठायत भदौ ४ गतेदेखि सम्पर्क विहिन भएका हुन्। बिहान ९ बजे काेठाबाट निस्केको कठायत नफर्किएपछि भारतमा उनीसँगै बस्दै आएका श्रीमती र छाेराले खाेजीका लागि स्थानीय प्रहरीमा निवेदन दिएका छन्। कठायतलाई नेपाल वा भारतमा कही कतै देखे, भेटेमा नजिककाे प्रहरी चाैकी वा ९८०६४९२३१६ र भारतमा ७९७५५३३२७११ नम्बरमा फाेन गरेर खबर गरिदिन अनुराेध गरिएको छ।
धनगढीः कैलालीको धनगढीका एक युवक आफ्नै घरभित्र मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर–७ का ३१ वर्षीय चन्द्रदेव भण्डारी (चन्दु) आफ्नै घरमा मृत फेला परेका हुन्। गएराति ११ बजेतिर उनको आफ्नै घरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको मृत्युको कारण अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ। चन्दुको शव अहिले पोष्टमाटमका लागि सेती अस्पतालमा राखिएको छ।
कञ्चनपुर: कञ्चनपुरमा लागुऔषध सहित २ जना पक्राउ परेको छन्। पुर्नवास नगरपालिका ११ डोके बजार बस्ने २० वर्षीय सुमित चौधरी र सोही ठाउँका १९ वर्षीय जोगराज चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। बिहीवार सुदूरपश्चिम प्रदेश प्रहरीको टोली र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले दोदा पुल स्थित हुलाकी सडकखण्डमा शंकाका आधारमा चेकजाँच गर्दा ७७० मिलिग्राम लागुऔषध (खैरो हिरोइन) प्रहरीले फेला पारेको हो।
सप्तरी: सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार र यातना दिइएको ती महिलाले बताएकी हुन्। पेट दुखेपछि उनलाई उपचारका लागि वैशाख १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। जिल्ला प्रशासनबाट स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याएकी उनले अस्पतालको रेकर्डमा प्रहरीले बलात्कार गरेको र कसैलाई भनेमा जेलमा २० वर्ष थुनाएर सडाउने धम्की दिएकाले कसैलाई भन्न नसकेको लेखाएकी छिन्। पीडित महिलाले अस्पतालमा दिएको बयानलाई गोप्य राखिएको छ। महिलाले अस्पतालमा दिएको बयानका आधारमा मुद्दा अगाडि नबढेपछि उनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार लिखित उजुरी…
कैलाली: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी विनोदप्रकाश सिंहले पाएका छन्। बुधबारको मन्त्रिपरिषदको बैठकले सिंहलाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो। हाल कृष्णहरि पुष्कर सामान्य प्रशासन मन्त्रालयका सचिव थिए। सामान्य प्रशासनमन्त्रीमा अनिता देवी नियुक्त भएलगत्तै मन्त्रालयको सचिव फेरिएका हुन्। डोटीको चुरे गाउँपालिका पुर्ख्यौली घर भएका सिंह यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सामाजिक विकास तथा प्रादेशिक समन्वय मामिला हेर्ने सचिव थिए।
एजेन्सी: अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प गिरफ्तारमा परेका छन्। डोनाल्ड ट्रम्पले बिहीबार फुल्टन काउन्टी जेलमा आफूलाई जर्जियाको २०२० चुनावी नतिजाहरू उल्टाउने प्रयासबाट उत्पन्न एक दर्जन भन्दा बढी आरोपमा आत्मसमर्पण गरेका हुन्। जर्जियामा ट्रम्पको आत्मसमर्पण यस वर्ष चौथो पटक हो। आत्मसमर्पणपछि फुल्टन काउन्टी शेरिफको कार्यालयले पूर्व राष्ट्रपति ट्रम्पको ऐतिहासिक एक मग शट जारी गरेको छ। मगशट भनेको पक्राउ परेको व्यक्तिको पुलिसले खिचेको फोटो हो।
काठमाडौं: झापाको इलाका प्रहरी कार्यालय झिझिलेका इन्चार्ज इन्स्पेक्टर युवराज कट्वालमाथि बन्चरो प्रहार भएको छ। बिहीबार साँझ शिवसताक्षी नगरपालिका-९ झरना पुलनजिकै उनीमाथि आक्रमण भएको हो। ब्राउन सुगर सेवन गरिरहेको सूचनाको आधारमा कट्वालको कमाण्डमा सादा पोशाकमा प्रहरी टोली खटिएको थियो। झापा प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार ३ जना सवार मे ४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही हिसाबले चलाएको देखेर रोकेर सोधपुछ गर्ने क्रममा इन्स्पेक्टर कट्वालमाथि आक्रमण भएको हो। बन्चरो प्रहारबाट उनको टाउको र हातको औंलामा चोट लागेको रिजालले बताए। मोटरसाइकल चालक ३२ वर्षीय विकास भन्ने अरुण तामाङ, बीचमा सवार ३३ वर्षीय लक्ष्मण टुडू र बन्चरो हान्ने अशोकलाई प्रहरीले पक्राउ गरी इप्रका…
डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालमा ३ वर्षपछि ‘जोगेनी जाँत’ हुँदैछ। यस क्षेत्रकै प्रसिद्ध ‘जोगेनी जाँत’ प्रत्येक ३ वर्षमा हुने गर्दछ। यसवर्षको जोगेनी जात्रा यही भदौ २१ गते हुने वडाध्यक्ष उपेन्द्रबहादुर जोराले जानकारी दिए। उनका अनुसार यो जाँत परापूर्वकालदेखि नै मनाइँदै आइएको हो। उक्त मेला भर्नाको लागि सुदूरपश्चिमका प्रायः सबै जिल्लाबाट भक्तजन आउने गर्दछन्। गाडीमार्फत जिल्ला सदरमुकाम डडेल्धुराबाट तीन/चार घण्टामा पुग्न सकिन्छ। यस जाँतलाई ‘चौंसठ्ठी माता’ को रूप पनि भनिन्छ। यस जाँतमा विभिन्न ‘चौला’ हुने गर्दछन्। जसमा मुख्य चौलो कोटेउडाको चौलो हुन्छ भने अरू चौलाहरूको पनि हुने गर्दछन्। जसमा ‘पड चौलो’, ‘नौतडी चौलो’, ‘विस्तडी चौलो’ र ‘तल्ली रुपालको चौलो’ हुन्छन्। अधिकांशले हातमा…