काठमाडौँ: सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जिपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् । राजमार्गको बुटवल पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका–३ मा रहेको सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि बिहान लु २ च २८४९ नम्बरको जिपमाथि ढुङ्गासहितको पहिरो खस्दा चालकसहित तीन जना घाइते भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ढुङ्गासहितको पहिरोले जिपको अगाडि भागमा पूर्णरुपले क्षति पुगेको छ । पहिरोका कारण केहीबेर राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध भए पनि अहिले खुलिसकेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । रासस
Author: महेन्द्रनगर पोष्ट
अछाम: मङ्गलसेन नगरपालिकाले नागरिकलाई उनीहरूको घरदैलोमै आफ्नो सेवा प्रवाह गर्न सुरुआत गरेको छ । नगरपालिकाका विभिन्न शाखाबाट प्रवाह हुने सेवा स्थानीयलाई सहज होस् भन्दै नगरपालिकाले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरी सेवा प्रवाह सञ्चालन गरिराखेको हो । घरआँगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुआत गरेको मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताए । नगरपालिकाले यही साउन ५ बाट एकीकृत घुम्ती शिविर नगरको वडा नम्बर १ र २ बाट सुरुआत गरेको थियो । हालसम्म ११ वडामा घुम्ती शिविर सम्पन्न भएको र बाँकी रहेका तीन वटा वडा नम्बर ३, ४ र ५ मा पनि लगत्तै घुम्ती शिविर सञ्चालन हुने प्रशासकीय अधिकृत…
दार्चुला: दार्चुलामा ६ किलो चरेशसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुलाकै महाकाली नगरपालिका–४ खलंगाका ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका–४ सिप्टीका ७० वर्षीय गौरसिंह ठगुन्ना रहेका छन् । उनीहरुलाई शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट ६ किलो १०० ग्राम लागुऔषध चरेससहित दुई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको गस्ती टोलीले सोमवार बिहान १ बजेतिर दुबै जनाले बोकेको झोलामा प्लाष्टिकभित्र लुकाइ छिपाइ राखेको अवस्थामा उक्त चरेस फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ: नेकपा (माओवादी केन्द्र) ले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले समाजिक सञ्जालमा प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ । राजधानीमा आज सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारका उपलब्धि र नीति र नेतृत्वको प्रतिरक्षामा जोड दिने सामग्री बिहान र बेलुका गरी दिनमा कम्तीमा दुईवटा ‘स्टाटस’ पोष्ट गर्नुपर्ने निर्णय गरेको हो । त्यस्ता पोष्ट सार्वजनिक मिडियामा समाचार बन्ने सक्ने गरी कम्तीमा छ–सात लाइनको हुनुपर्नेछ । माओवादीले पार्टीका सबै सदस्यलाई मर्यादित रूपमा पार्टीको पक्षमा सामाजिक सञ्जालमा सक्रिय हुन सर्कुलर गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । स्टाटस वा पोष्ट लेख्दा…
बाग्लुङ: बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन्। पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। यही साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस र तानातान गर्ने क्रममा आफ्नै घरभित्र भुइँमा बजारिएकाे र घटनास्थलमै बालकको मृत्यु भएको बताइएको छ। प्रहरीले घटनाको विषयमा तीन दिनपछि मात्रै जानकारी पाएको थियो । त्यसलगत्तै हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। प्रहरीले जिल्ला अदालत बागलुङमा आइतबार ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी…
धनगढीः कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–२ पिपल चौतराबाट १०० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका ३१ वर्षीय मालराम डगौरा आईतवार साँझ पक्राउ परेका हुन्। प्रहरी चौकी त्रिनगरबाट खटिइएको प्रहरी टोलीले उनको साथबाट लागुऔषध फेलापारी पक्राउ गरेको हो। कैलालीको गौरीगंगा नगरपालिका–८ बढैपुरबाट २१० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २३ वर्षीय खगेन्द्र बाठामगरसहित पाँचजनालाई आईतवार राति प्रहरीले पक्राउ गरेको जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिइएको संयुक्त प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध फेलापारी पक्राउ गरेको हो। यस सम्बन्धमा थपअनुसन्धान भइरहेका प्रहरीले बताएको छ।
काठमाडौँ: ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका स्रोतले बतायो। स्रोतका अनुसार पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पुर्जी जारी भएको छ। ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ।
बझाङ: बझाङको थलारा गाउँपालिका–३ कुचकी आमा जलादेवी दमाईंभन्दा छोरा बिर्खु दमाईंको उमेर दुई वर्ष मात्रै कम भएको पाइएको छ। तर, नागरिकतामा हो है ! नागरिकतामा आमा जलाको जन्म २०३८ साल माघ ३ गते लेखिएको छ भने छोराको २०४० जेठ ३ गते लेखिएको नागरिकता भेटिएको हो। जलाले अहिले आफू ६६ वर्ष पुगेको बताइन्। अहिले ४२ वर्ष मात्र भएको नागरिकताका कारण वृद्धभत्ता समेत नपाएपछि मात्र नागरिकतामा छोराभन्दा दुई वर्ष जेठी भएको थाहा पाइएको उनले बताइन्। उनको नागरिकता २०६३ सालमा गाउँमा गएको घुम्तीटोलीले बनाइदिएको थियो। २०६३ साल चैत २४ गते गएको टोलीले आमा र २०५९ साल चैत ११ गते छोराको नागरिकता बनाइएको थियो।…
काठमाडौं: सार्वजनिक खरिद अनुगमन कार्यालयले बाजुराको एकसहित २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। विभिन्न सार्वजनिक निकायहरुबाट सिफारिस भएअनुसार साउन २१ गतेको निर्णयअनुसार उल्लेखित निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय भएको कार्यालयको सूचनामा उल्लेख छ। कालोसूचीमा परेसँगै ती कम्पनीले कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख छ।
बझाङ: विद्यालयको कर्मचारी छनोटमा अनियमितता भएको भन्दै बझाङको छविस पाथीभेरा गाउँपालिकामा तालाबन्दी गरिएको छ। बान्नीचौर साधारण तथा प्राविधिक विद्यालयमा सिभिल इन्जिनियरिङ ल्याव असिस्टेन्ट कर्मचारी छनोटमा अनियमितता भएको भन्दै तालाबन्दी भएको हो। तीन वर्षदेखि रिक्त रहेको उक्त पदमा २०७९ जेठ ३१ विज्ञापन गरिएको भए पनि २०८० साउन १८ गतेमात्रै परीक्षा भएको थियो। कागजात नपुगेको उम्मेदवारलाई छनोट गरिएको भन्दै तालाबन्दी गरिएको छ। तीन जना उम्मेदवारको दरखास्त परेकोमा स्थानीय विमल जोशीलाई छनोट गरिएपछि असन्तुष्ट पक्षले पालिकामा नाराबाजीसहित आइतबार तालाबन्दी गरेका हुन्।