Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीमा वन मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–१ का ७२ वर्षीय चक्रबहादुर छन्त्याल पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यलय कैलालीबाट खटिएको प्रहरी टोलीले घरबाटै आइतबार पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कैलालीले २०५९ पौष ३ गते वन मुद्धामा छ महिना सजाय तोकेको थियो। उनलाई कारवाहीका लागी अदालतमा पेस गरेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले युएईमाथि तीन विकेटको जित निकालेको छ । १८२ रनको लक्ष्य पछ्याएको नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बने । सुरुआत र मध्य क्रममा जर्मराएको नेपालको ब्याटिङमा ऐरीले सम्हालिएको प्रदर्शन गर्दै सात चौका र दुई छक्काको मद्दतमा ८५ बलमा ७९ रन बनाए । उनलाई सन्दीप लामिछानेले २३ रनसहित साथ दिए । यसबाहेक नेपालका लागि ओपनर कुशल भुर्तेलले ५९ बलमा ३५ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले २२ बलमा १३ रन र गुल्शन झाले २४ बलमा १२ रन बनाए । अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । त्यसअघि, हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा टस…

Read More

ललितपुर जिल्ला अदालतकी कर्मचारीलाई हातपात गरेका आरोपमा पक्राउ परेका अधिवक्ता अमिर लामिछाने रिहा भएका छन् । अधिवक्ता लामिछानेलाई जिल्ला प्रहरी परिसर ललितपुरले आइतवार साधारण तारेखमा छोडेको हो । उनलाई साधारण तारेखमा छोडिएको जिल्ला प्रहरी परिसर ललितपुर एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गरेका आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । लामिछानेमाथि गत बुधवार ललितपुर जिल्ला अदालतको कार्यकक्षमै बसेर काम गरिरहेकी तामाङलाई गालीगलौज गर्दै हातपात गरेको आरोप छ । कुटपीटलगत्तै पीडित कर्मचारीले परिसरमा जाहेरी दिएपछि उनी पक्राउ परेका थिए । पक्राउ परेका वकिललाई रिहा गर्नुपर्ने माग गर्दै कानून व्यवसायीहरू आज बेन्च बहिष्कार गरी…

Read More

काठमाडौँ : ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप ३ जना आरोपितलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो । महर्जन नक्कली मोही, भट्टाराई २०६० सालमा कमनापा-४ का तत्कालिन वडासचिव ९ हाल महानगरका अधिकृत० र कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए । कार्कीले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारको विशिष्ट व्यक्तिको निवास विस्तारका क्रममा सरकारी जग्गा नरहेको भनेर सिफारिस गरेका थिए । त्यसकै आधारमा १४ रोपनी भन्दा बढी जग्गा नक्कली मोही र अरु व्यक्तिका नाममा गएको थियो । प्रहरीले गत मंगलबार पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका…

Read More

काठमाडौँ – शनिबार रातिदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक आइतबार साँझदेखि दुईतर्फी सञ्चालनमा आएको छ। चितवन प्रहरीका अनुसार आइतबार साँझदेखि सडकमा दुईतर्फी गाडी चल्न थालेका हुन्। तुहिन खोला नजिकै सडकमा झरेको पहिरो हटाएपछि सडक खुलेको हो।

Read More

काठमाडौँ – मुस्ताङको लोमन्थाङ गाउँपालिकाले भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ । मुस्ताङका ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिट्टी पलवर विष्टका छोराको बिहे हुने भएकाले सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ । विष्टका छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाउन लागिएकोले बिदा दिइएको सूचनामा उल्लेख छ । सोमबार सबै कार्यालयहरू तथा शिक्षण संस्थाहरू खुल्ने छैनन् ।

Read More

धनगढी: कञ्चनपुरकी एक बालिकाको धनगढीस्थित मायामेट्रो अस्पतालमा ज्यान गएको छ।हिजो (शनिबार) कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकास्थित्वडा नम्बर ५ ग गाँउका अनिल भण्डारीकी छोरी प्रमीशा भन्डारीको निधन भएको हो। प्रहरी स्रोतका अनुसार १३ वर्षीया भण्डारीको कलिलै उमेरमा अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको स्वास्थ्यमा केही समयदेखि समस्या आएकोमा अस्ति उपचारका लागि धनगढी ल्याइएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको हो। के समस्या थियो भन्नेबारे भने खुल्न सकेको छैन।

Read More

काठमाडौं : केही समय अघि भ्रमणका लागि अष्ट्रेलिया पुगेकी गायिका समीक्षा अधिकारी र अष्ट्रेलियामै भएका नायक आमेश भण्डारीको एकाएक प्रेम चर्चा सुरु भयो । उनीहरुको ब्याक टु ब्याक जोडी टिकटक देखेपछि दर्शकहरुले यी दुई प्रेममा भएको हुनसक्ने अड्कल काट्न थाले । आमेस र समिक्षाले टिकटकमात्र नभई एकअर्काको जन्मदिनमा समेत जोडी तस्विर राखेर बर्थडे विस गरेका थिए । केही समयको अष्ट्रेलिया बसाईपछि समिक्षा नेपाल फर्किइन् । यतिबेला आमेश पनि घर फर्किएका छन् । नेपाल फर्किएलगत्तै उनले एक टेलिभिजनलाई अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्तामा उनले समिक्षाको परिवारबाट प्रस्ताव आए आफू समीक्षासँग विवाह गर्न तयार भएको बताएका छन् । ‘समीक्षाको बुबाआमा केटा माग्न…

Read More

काठमाडौँ : नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)को सबै ऋण चुक्ता गरेको छ । ९ महिना अघिसम्म २० अर्बभन्दा बढी बक्यौता रहेको निगमले क्रमशः नाफाबाट सबै चुक्ता गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै जाँदा पनि निगमले आईओसीको ‘बक्यौता’लाई कारण देखाउँदै नेपालमा सो अनुसार मूल्य घटाएको थिएन । उपभोक्तालाई मूल्यमा भार पारेर निगमले अन्ततः आईओसीको सबै बक्यौता चुक्ता गरेको छ। निगमका अनुसार ब्याजबापत करिब १८ करोड रुपैयाँ मात्रै आईओसीलाई तिर्नुपर्ने दायित्व छ, सो रकम पनि केही समयपछि भुक्तानी हुनेछ । निगमले नेपाल सरकारबाट लिएको ऋण रकम पनि किस्ताबन्दीमा चुक्ता गर्दै आएको छ । सरकारलाई तिर्नुपर्ने निगमको ऋण…

Read More

धनगढी : वरिष्ठ संगितकार तथा गायक सिसिर साधक सम्मानित भएका छन्। राष्ट्रिय नाचघर जमलमा भएको ‘रिबन इन्टरटेन्मेन्ट’ ले आयोजना गरेको राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान कार्यक्रममा साधक सम्मानित भएका हुन्। साधकले नदोस तिम्रो नदोस मेरो गीतबाट उत्कृष्ट सङ्गीतकारको अवार्ड पाएका हुन् । प्रथम उप राष्ट्रपति परमानन्द झाले उनलाई अवार्ड प्रदान गरेका हुन् । कार्यक्रममा गायिका देवीका वन्दना र नायक धिरेन शाक्यको उपस्थित थियो। उनले हाल सम्म आइपुग्दा लगभग २ सयको हाराहारीको गीतमा संगीत भरिसकेका छन् भने धेरै गीत तथा भजनमा आवाज पनि दिइसकेका छन्।

Read More