धनगढी: धनगढीमा किशोरी मृत फेला परेको घटनामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ। आइतबार धनगढी उपमहानगरपालिका–१ को चकमेली चोकस्थित डेरामा ती किशोरी मृत भेटिएकी थिइन्। प्रहरीका अनुसार मृत फेला परेकी किशोरी बेलौरीकी आस्था थापा हुन्। कञ्चनपुरको बेलौरी नगरपालिका घर भएर धनगढीको शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्समा हेल्थ असिसटेन्ट –एचए) पढिरहेकी थापा दिउँसो १ बजेतिर मृत भेटिएकी थिइन्। प्रहरी स्रोतका अनुसार थापासँगै बस्ने कञ्चनपुरकै अर्की युवती भने अघिल्लो दिन साथीको घर गएकी थिइन्। आइतबार दिउँसो उनी कोठामा पुग्दा भित्रबाट ढोका बन्द गरिएको थियो। धेरैबेर बोलाउँदा ढोका नखुलेपछि घर धनी र त्यहाँ बस्ने अन्यले ढोकामा धक्का दिएपछि खुलेको थियो। उनीहरुले ढोका खोल्दा…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीको गेटा मेडिकल नजिकै म्याजिकसँग ठाेक्किएर भएकाे दुर्घटनामा माेटरसाईकल चालककाे मृत्यु भएकाे छ। कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-२ घर भएका ४१ वर्षीय शिवराम चाैधरीकाे उपचारका क्रममा धनगढीको एक अस्पतालमा मृत्युु भएकाे प्रहरीले जनाएको छ। उनले चलाएकाे से ६ प८४२३ नम्बरकाे माेटरसाईकल साेमबार साँझ गाेदावरी-१ का २७ वर्षीय प्रकाश बाेहराले चलाएको म १ ज १६१ भाडाकाे म्याजिकसँग ठाेक्किएकाे थियोे। माेटरसाईकल पछाडि सवार धनगढी उपमहानगरपालिका -३ बस्ने ३४ वर्षीय रामप्रसाद चाैधरीकाे सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ। म्याजिकमा सवार कञ्चनपुरकाे पुनर्वास नगरपालिका-६ बस्ने ९ वर्षीया अविशा श्रेष्ठ र ५ वर्षीय आयान श्रेष्ठ सामान्य घाइते भएका छन्। उनीहरूकाे माया मेट्राे अस्पतालमा उपचार जारी छ।
धनगढी: कैलालीकाे धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ। १२ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गर्ने धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने ५८ वर्षीय सुखदेव रानालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीका अनुसार रानाले बालिकामाथि २८ साउनमा आफ्नो राइस मिलमा गएको मौकामा बालिकाको संवेदनशील अंगमा छोएर दुर्व्यवहार गरेको बताए। उक्त व्यहोरापछि बालिकाको परिवारले भदौ २ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि सोही दिननै रानालाई पक्राउ गरिएको कार्कीले बताए।
काठमाडौं: काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको बुद्ध एअरको विमान डाइभर्ट भएको छ। आजबिहान पौने ८ बजे उडेको उडान नम्बर बीएचए ४५१ विमान काठमाडौं फर्केको बताइएको छ। ६२ जना यात्रु बोकेको उक्त विमान बिहान साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। सो विमान नेपालगञ्जको खराब मौसमका कारण काठमाडौं फर्केको बताइएको छ।
धनगढीः धनगढीमा रहेको बागेश्वरी अटो मोटिभ्सको गोदाममा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका-२ मा रहेको प्रेम साउदको अटो मोटिभ्सको गोदाममा गएराति १०ः३० बजेको समयमा आगलागी भएको हो। उक्त आगलागी दमकलसहित नगर प्रहरीको टोली खटिएर नियन्त्रणमा लिइएको थियो।
धनगढी : नेपालका परराष्ट्रमन्त्री आरजु राणाले आज साँझ नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन्। भेटवार्तामा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा गहन कुराकानी भएको छ। परराष्ट्रमन्त्रीको यस भारत भ्रमणलाई नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र उचाइमा पुर्याउने अवसरका रूपमा हेरिएको छ। मन्त्रीले आफ्नो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेकी छन्।
धनगढी : कैलालीको गोदावरी नगरपालिका २ स्थित तेघरीबाट २२ वर्षीय हरी महरा लागू औषधसहित पक्राउ परेका छन्। आज बिहान जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान टोलीले महरालाई सडकमा शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। प्रारम्भिक शंका लागेपछि प्रहरीले महराको खानतलासी गर्दा उनको साथमा १२० मिलिग्राम हेरोइन फेला परेको बताइएको छ। पक्राउपछि महरालाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।
धनगढी : मोहनापुल अत्तरिया ६ लेन सडकखण्डको गेटा मेडिकल कलेज नजिकै म्याजिक र मोटरसाईकल एकआपसमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन् । मेडिकल कलेज नजिकै प्रकाश बोहोराले चलाएको म १ज १६१ नम्बरको म्याजिक र पहिचाल नखुलेका चालकले चलाएको से ६ प ८४२३ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुवै जना चालक गम्भी्र घाइते भएका छन् । तत्कालै उपचारका लागि पद्यमा अस्पताल पुगाइएका उनीहरुलाई सेती प्रादेशिक अस्पताल रेफर गरिएको छ ।
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर-१७ ले बनाएको शव वाहन थन्किएको छ । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले ढुवानीमा प्रयोग हुने टिप्परलाई नियम विपरीत शव वाहन बनाएको भन्दै सञ्चालनको अनुमती नदिएपछि अलपत्र अवस्थामा थन्किएको हो । वडा कार्यालयले १० लाख रुपैयाँमा टिप्परलाई काटेर बनाएको शव बोक्ने महाप्रस्थान यानलाई यतायात कार्यालयले सञ्चालनको अनुमती नदिएपछि वडाको बजेट बालुवामा पानी भएको छ । यातायात कार्यालयको अनुमती बिना एकलौटी ढंगबाट बनाएको महाप्रस्थान यानमा वडा कार्यालयले गरेको लगानी खेर गएको हो । मालवाहक सवारी साधनलाई यात्रु बाहक र यात्रु बाहकलाई सवारी साधनलाई मालवाहक परिवर्तन गर्न नपाइने भएकोले उक्त टिप्परलाई महाप्रस्थान यानमा अनुमती दिन मिल्दैन ।…
काठमाडौं : बाजुरा घर भइ हाल भारतको पिथौडागढ बस्दै आएका चन्दु कार्की २९औं दिनमा पशुपतिनाथको मन्दिरमा पुगेका छन् । २६ बर्षका कार्की हरिद्वारबाट जल बोकेर पशुपतिसम्म पैदल हिँडेर पुगेका हुन् । आज ३०औं दिनमा पशुपतिमा आफूले बोकेर ल्याएको जल चढाएको उनले बताए । ‘हिजो राति १० बजे पुगेकाले आज बिहानै जनैपूर्णिमाको अवसरमा हरिद्वारबाट बोकेर ल्याएको जल चढाएँ’ उनले भने । आफ्नो स्वास्थ्य अवस्था तन्द्रुस्त रहेको बताउने उनले अब एक महिना नेपालमै रहने बताएका छन् । ‘केही दिन आराम गरेपछि यतै पैदल यात्रा गर्ने योजना छ’ उनले भने । बाजुरामा जन्मेका चन्दु कार्कीको बाल्यकाल भारतमै बितेको थियो । उनका बुवाआमाले सानैमा…