धनगढी : नेपालका परराष्ट्रमन्त्री आरजु राणाले आज साँझ नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन्।
भेटवार्तामा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा गहन कुराकानी भएको छ।
परराष्ट्रमन्त्रीको यस भारत भ्रमणलाई नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र उचाइमा पुर्याउने अवसरका रूपमा हेरिएको छ। मन्त्रीले आफ्नो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेकी छन्।
Facebook Comments Box