Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीमा पत्रकारिता गर्दै आइरहेका सुरज महरा अस्ताएका छन्। जिल्लाको पाटन नगरपालिका- ४ का उनको काठमाडौंमा हिजो निधन भएको हो। सुरज विगत केही महिनादेखि छाला सम्बन्धी रोगबाट पीडित थिए। २ महिनादेखि काठमाडौंमा उपचार गराइरेका उनको एक्कसी हिजो मृत्यु भएको सहकर्मी मनमोहन विस्टले बताए। उमेर १८ कटेका उनी ‘खबरथली’ नामक अनलाइन सञ्चारमाध्यम चलाइरहेका थिए। महरा कृष्ण मावि पाटनकाे डिप्लाेमा तह पाचाैं सेमेष्टरमा अध्ययनरत थिए।

Read More

डडेल्धुरा: अस्ति डडेल्धुरा सदरमुकाम बागबजारमा एक जीप दुर्घटना भयो। उक्त जीपमा सवार सबैले लागुऔषध(ब्राउन सुगर) प्रयोग गरेको अनुसन्धानबाट खुल्यो। सोही कारण जीप अनियन्त्रित भएर सडकबाहिर गएको जीपमा लगाइएको सीसीटिभी क्यामेराले पोल खोल्यो। उक्त सीसीटीभी फुटेज हेरेपछि बागबजारका स्थानीय युवाले अभियान थाले, ती सबैलाई समात्ने अनि प्रहरीलाई बुझाउने। उक्त अभियान अन्तर्गत सुरुमै डडेल्धुरामा ब्राउन सुगर ‘सप्लाई’ गर्ने विस्ट थरका एक युवकलाई समातियो। युवाहरुले उनलाई सामान्य सोधपुछ गरेपछि शुक्रबार जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको आदर्श युवा क्लबका अध्यक्ष आशिष बोहराले बताए। ‘हामीले बुझाएको केही बेरमा प्रहरीले उनलाई छाडेको थियो। हामीले उक्त सीसीटिभी फुटेज प्रहरीलाई दिएका थियौं। तर, प्रहरीले खानतलासी गर्दा केही नभेटेपछि उनलाई…

Read More

कैलाली: कैलालीको भजनी नगरपालिका–१ मा सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको छ । गौशाला बनेपछि चौपायाको सास्ती खेप्दै आएका किसानलाई राहत भएको छ । किसानलाई खेती जोगिँदा राहत भए पनि व्यवस्थापन गरिएको भनिएका चौपायालाई भने निकै सकस छ । खाने आहारा छैन, बस्नका लागि बर्सातको समयमा ओभानो ठाउँ छैन । गौशालाको सास्तीले चराउन लगेका कैयौं चौपाया गौशाला फर्किंदैनन् । भजनीकी मनसरा बोहरा चौपाया व्यवस्थापन भएदेखि त्यहाँ काम गर्दै आएका छन् । उनी गौशालामा चौपायाको मलमूत्र व्यवस्थापन गर्ने काम गर्छन् । २०७४ सालदेखि त्यहीँ काममा लागेकी बोहरालाई चौपायालाई पर्याप्त आहारा नहुँदा कहिलेकाहीँ निकै चिन्ता हुन्छ । ‘दैनिक साँझ–बिहान हामी गौशालामै…

Read More

कैलाली: कैलाली भजनी नगरपालिकाका भिक्कु थारु उमेरले ७६ पुगे। आजसम्म उनको जीवन कान्द्रा नदीमा जोखिम मोल्दै डुङ्गा चलाएरै बित्यो। जीवनभर कहिले नदीमा हाम फालेर, कहिले डुङ्गाबाट त कहिले काठे पुलबाट नदी तर्नुभएक भिक्कु पुल बनेपछि भने सन्तानले आफूले जस्तो दुःख भोग्नु नपर्नेमा खुसी व्‍यक्त गर्छन् । ‘कान्द्रामा पक्की पुल बन्ला र जोखिम मोलेर नदी पार गर्नुपर्ने दिन हट्लान भन्ने हामीले सोचेकै थिएनौ’, भिक्कुले भने, ‘हेर्दाहेर्दै यसपटक पुल बन्यो, अब कसैले अकालमा ज्यान गुमाउनु नपर्ने भयो।’ विगतमा पुल नहुँदा कान्द्रा नदी पार गर्ने क्रममा कैयनले अकालमै ज्यान गुमाएको उनले सुनाए । प्रत्येक बर्खामा पानीको बहावसँगै दुर्घटनाको जोखिम पनि बढ्थ्यो। यद्यपि निर्माण…

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको…

Read More

काठमाडौँ: नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ। उनी मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले बताइन्। तामाङ घरको कोठा भित्र मृत भेटिएका हुन्। प्रहरी प्रभाग बुढानीलकण्ठका इन्स्पेक्टर दीपेन्द्र चन्दले कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएको बताए। रविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। आज बिहान दश बजे उनको शब पोष्टमार्टम हुनेछ। लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए। सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘केटा केटी’,…

Read More

सेनाभित्रको अनियमिततामा मुछिएका पूर्वउपरथी प्रेम शाहीलाई सघाएको भन्दै तीन जना कर्णेलमाथि गरिएको कारबाही प्रकरणमा सैनिक अदालतले जंगी अड्डाबाट निर्णय फाइल झिकाएको छ । फाइल आएपछि अर्को साता सुनुवाइ हुने भएको छ । यस प्रकरणमा जंगी अड्डा आफ्नै निर्णय चित्त नबुझेको भन्दै पुनरावेदन लिएर सैनिक अदालत पुगेको हो । यता, आरोपित सैनिकले पनि सोही अदालतमा पुनरावेदन गरेका छन् । सैनिक ऐन, ०६३ विपरीत अनुशासन उल्लंघन गरेको आरोपमा महासेनानी डा।महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई कोर्टमार्शलले विभागीय कारबाही गरेपछि विवाद सैनिक अदालतको क्षेत्राधिकारभित्र पुगेको हो । कर्णेल साम्ब अर्याललाई भने कोर्ट अफ इन्क्वायरीले ‘सचेत’ गराउने सिफारिस बुझाएको छ । जंगी अड्डा…

Read More

पछिल्लो समय यौन दुर्व्यवहारको घटना दिन प्रतिदिन बढिरहेको छ । ललितपुरको शंखमुलस्थित लिटिल फ्लावर पब्लिक स्कुलमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।उनी गणित शिक्षक हुन्। ललितपुर प्रहरीले बागलुङ स्थायी घर भई कुपन्डोल बस्दै आएका २३ वर्षीय अशोक परियारलाई पक्राउ गरेको हो । कक्षा ९ मा पढ्ने १५ वर्षीया छात्रालाई शिक्षकले पठाएका शंकाष्पद म्यासेजहरु परिवारले फेला पारेपछी प्रहरी गुहारेका थिए । म्यासेजहरु हेर्दा उनीहरुबीच शारीरिक सम्बन्ध भएको झल्किन्छ । म्यासेजमा शिक्षकले छात्रालाई ‘बुढी’ सम्बोधन गरेका छन् भने छात्राले शिक्षकलाई ‘बाबा’ भनेकी छन् । शिक्षकले ‘पिल्स खायौ? पेट दुखेको छ कि छैन ? तातो पानी खाउ’ जस्ता…

Read More

काठमाडौँ : आइसिसी विश्वकप छनोटअन्तर्गत सातौँ स्थानको खेलमा नेपाल पराजित भएको छ। मंगलबार भएको खेलमा आयरल्यान्डले २ विकेटको जित निकालेसँगै नेपाल आठौं स्थानमा सीमित बन्यो। नेपालले दिएको २६९ रनको लक्ष्य आयरल्यान्डले ४ बल खेल्न बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। आयरल्यान्डका लागि ह्यारी टेक्टरले ६० रन र कर्टिस चम्परले ६२ रनको योगदान गरे। बलिङमा नेपालका करण केसीले चार विकेट लिए भने किशोर महतोले दुई विकेट हात पारे। त्यसअघि जिम्बावेको हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २६८ रन जोड्यो। नेपालको लागि गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले ४२ बलमा ४ चौका र ३…

Read More

काठमाडौँ : भारतले काठमाडौँ-रक्सौल अन्तरदेशीय रेलमार्गको ‘फाइनल लोकेसन सर्भे प्रतिवेदनको मस्यौदा नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । गत १७-२० जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नै हस्तान्तरण हुने भनिएको यो प्रतिवेदनको मस्यौदा नेपालको रायका लागि भन्दै हस्तान्तरण गरेको हो । प्रतिवेदन तयार भए पनि त्यसलाई अन्तिम रूप दिनुअघि भारतले नेपालको राय मागेको हो । अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागले यो प्रतिवेदन अध्ययन गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाका अनुसार प्रतिवेदन अध्ययनपछि विभिन्न विषयमा नेपालले आफ्ना राय र प्रतिक्रियाहरू दिने छ । त्यसका आधारमा प्रतिवेदनले अन्तिम रूपमा पाउनेछ । नेपाललाई भारतले फाइनल प्रतिवेदन…

Read More