Author: महेन्द्रनगर पोष्ट

जनकपुरधाम : जनकपुरधामकी एक महिलालाई आफ्नै परिवारका सदस्यले विष खुवाएर हत्या गर्ने प्रयास गरेको पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ थापाचोक निवासी बेचन यादव र उनका परिवारका सदस्यले आफ्नी २१ वर्षीया बुहारी दुर्गादेवीलाई टिकटक बनाएको निहुँमा विष खुवाएर हत्या गर्ने प्रयास गरेको बताइएको छ । विष सेवन गरेको भनी असार १० गते राति २ बजेतिर दुर्गाका पति रामबाबु र देवर सुनिलले सिकिस्त अवस्थामा अस्पताल पुर्याएका थिए । तर, होसमा आएपछि दुर्गाले पत्रकार र मानव अधिकारकर्मीसमक्ष आफूलाई ससुराले कुटपिट गरी विष खुवाएको बताएकी छिन् । ससुराले टिकटक किन बनाइस् भन्ने निहुँमा पिठ्युँमा मुक्काले हिर्काएर कोठामा थुनेर कुटपिट गरेको बताउँदै दुर्गाले…

Read More

धनगढीः जबरजस्ती करणीमा परेर आत्महत्या गरेकी अस्मि बोहराको न्यायका लागि अत्तरियाका युवा सडकमा उत्रिएका छन्। गोदारी नगरपालिका वडा नम्बर ४ बसन्तपुरका भक्तबहादुर बोहराकी छोरी १८ वर्षीया अस्मि बोहरा जबरजस्ती करणीमा परेपछि यही असार ९ गते देहत्याग गरेकी थिइन्। यस विषयमा अनुसन्धान गर्दै जाँदा उनी जबरजस्ती करणीमा परेर मृत्युको बाटो रोज्न पुगेको खुलेको छ। अस्मिकोे न्यायका लागि आफन्त र युवाहरुले अत्तरियामा प्रदर्शन गर्दै आएका छन्। असार ९ गते आफ्नै घरमा मृत फेला परेकी अस्मिलाई देहत्याग गर्न बाध्य पार्नेलाई कारबाहीको माग गर्दै आज पनि आफन्त तथा युवाहरुले अत्तरियामा प्रदर्शन गरेका छन्। नेपालगंजमा अध्ययनरत अस्मिमाथि नेपालगंजमै जबरजस्ती करणी भएको र कसैलाई भने ज्यान…

Read More

काठमाडौँ : नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार १६, २०८० मा प्राप्त नयाँ खरिद मूल्यसूचीका सन्दर्भमा निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल र मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रति लिटर ७,५०,६ र ५ रुपैयाँले घटाइएको छ । अब काठमाडौं‚ पोखरा र दिपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ । विराटनगर, जनकपुर, वीरगञ्जसहित…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) भरत चौधरीले सारा नेपाललाई लागुऔषधमुक्त बनाउनुपर्ने बताएका छन्। उनले धनगढीमा आज राति एक कार्यक्रममा बोल्दै यस्तो कुरा बताएका हुन्। उनले अहिले सुदूरपश्चिमसहित देशकै समस्याको रुपमा लागुऔषध दुर्व्यसन रहेको बताए। यस्तै यो समस्या समाधान तथा लागुऔषध नियन्त्रणका लागि सबैजना लाग्नुपर्ने बताए। उनले भने, ‘सिंगो देश अहिले लागुऔषधको जालोमा छ। समस्या छ, अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय लागुऔषध नियन्त्रणमा लागेको छ। हामीले धनगढीमा त्यसका लागिसुधार केन्द्र खोल्ने कुरा पनि गरिरहेका छौं।’ यस्तै सबै नागरिकले लागुऔषध सेवन गर्नेहरु र बेचविखन गर्नेहरूको बारेमा प्रहरीलाई सूचना दिएर सहयोग गरे देश लागुऔषधमुक्त बन्ने दाबी गरे।

Read More

डोटीः हिक्मतबहादुर शाही डोटी वायलको आसपासको क्षेत्रमा परिचित नाम हो । केआईसिंह गाउँपालिका-४ वालयका शाहीकाे उमेर अहिले ७७ वर्ष भयो । उनी समाज सेवाका सवालमा सधैँ अग्रस्थानमा देखिन्छन् । हालै मात्र वर्षाका कारण ग्रामीण क्षेत्रमा क्षति पुगेको छ । नियमित रुपमा परेको पानीले कतै पुल बगाएको छ भने, कतै आवातजावत गर्ने बाटाहरुमा क्षति पुगेको छ । डोटीको वायलमा पनि वर्षाकै कारण आवातजावत गर्ने बाटाहरु अलपत्र परेका छन् । विशेष गरी वायलको मुख्य बजारदेखि गाउँपालिकाको भवनसम्म जाने बाटो अलपत्र परेको थियो । सोही बाटोलाई आवातजावत गर्न मिल्ने बनाउनका लागि श्रमदान गरिएको छ । सोही श्रमदानमा पनि देखिएका थिए, ७७ वर्षका हिक्मतबहादुर…

Read More

काठमाडौं : सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउने प्रस्ताव लैजाने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । बैठकले कोशी प्रदेशमा पनि केन्द्रमा रहेको गठबन्धनकै सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो । उनले बैठकमा राप्रपासमेत लिएर नयाँ सरकार गठनमा अघि बढ्ने विषयमा समेत छलफल भएको पनि बताए । बैठकमा कोशी प्रदेशको मुख्यमन्त्रीको विषयमा कांग्रेस र माओवादी केन्द्रको दाबी रहेकोमा ठूलो दलका हिसाबले कांग्रेस संसदीय दलका नेता थापालाई…

Read More

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । अजरबैजानको बाकुमा यही असार १८ देखि २१ गतेसम्म ‘असंलग्न आन्दोलन: उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ भन्ने नाराका साथ हुन गइरहेको बैठकलाई उहाँले असार २० गते सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नुका साथै विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँगसमेत भेटवार्ता गर्ने कार्यक्रम छ । साउद असार २३ गते स्वदेश फिर्ता हुनेछन् ।

Read More

शान्ति मिसनका लागि कंगोमा तैनाथ नेपाली सेनाका अवस्था बुझ्न रक्षा सचिव नेतृत्वको पाँच सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ । भिस्तारा एयरको उडान नम्बर युके १५६ मा साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टोली दिल्ली हुँदै कंगो पुग्नेछ । टोलीमा रक्षा सचिव किरणराज शर्मा, सहसचिव प्रकाश पौडेल, नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी, सहायक रथी कुमारबाबु थापा र विक्रम देव गिरी रहेको बताइएको छ । रक्षा सचिव नेतृत्वको टोलीले कंगोमा तैनाथ नेपाली सेनाको अपरेशनल र बन्दोबस्ती पक्षको निरीक्षण गर्ने बुझिएको छ ।

Read More

नेपाल प्रहरीका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) यति बेला आलोचित बनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी निरीक्षक सुवास तिम्सिनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत महिलालाई ‘तिम्रो फिगरको फ्यान हुँ’ भन्दै म्यासेज लेखेको स्क्रिनसट सार्वजनिक भएसँगै उनी आलोचित बन्न पुगेका हुन् । स्क्रिनसटमा उल्लेख भएअनुसार राति ११ बजे गरिएको तिम्सिनाले फोटो पठाउन भनेका छन् । ‘ट्रस्ट मी, इट्स विट्विन अस (विश्वास गर, यो दुईजनाबीच मात्र रहनेछ)’ उनले भनेका छन् । जवाफमा पीडितले आफू र आफ्नो शरीरबारे आफू एकदम ‘प्राइभेट’ रहेको भन्दै नपठाउने भनेकी छन् । पीडितले आफू र आफ्नो शरीरबारे आफू एकदम ‘प्राइभेट’ रहेको भन्दै नपठाउने भनेकी छन्…

Read More

काठमाडौं : नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँ नाघेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट मूल्य घटेर आएसँगै निगमको १५ दिनको नाफा एक अर्ब ६० करोड रुपैयाँ पुगेको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । यो हिसाबबाट सरकारी स्वामित्वको कम्पनी नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँभन्दा बढी भएको हो । पेट्रोलियम पदार्थको मूल्य बढ्दा उपभोक्ताको भान्सामा प्रयोग हुने दैनिक उपभोग्य वस्तुको भाउसमेत बढ्ने गर्छ । तर निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भाउ घटिरहँदा पनि पुरानो घाटा देखाउँदै मूल्य घटाएको छैन । अहिले निगमले उपभोक्तालाई बेचिरहेको पेट्रोलबाट लिटरमै १२ रुपैयाँ, डिजलमा १३ रुपैयाँ, मट्टीतेलमा २७ रुपैयाँ, आन्तरिक…

Read More