Author: महेन्द्रनगर पोष्ट

दार्चुला: दार्चुलाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल सकिएपछि खलंगास्थित शाखा कार्यालय बन्द गरिएको छ । कार्यालयको गोदाममा चामल मौज्दात नरहेको र बिक्री कक्षमा पनि बुधवार दिउँसो चामल सकिएपछि कार्यालय बन्द गर्नुपरेको शाखाका निमित्त प्रमुख रामसागर मेहताले बताए । सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीलाई वैशाखदेखि नै मौज्दात सकिन लागेको र समयमै खाद्यान्न ढुवानीका लागि ताकेता गर्दै आएको उनको भनाइ छ । चालु आर्थिक वर्षलाई प्रादेशिक कार्यालयले दार्चुलाका लागि खाद्यान्न ढुवानीको ठेक्का लगाइसकेको अवस्थामा पनि शाखा कार्यालयसम्म आवश्यक खाद्यान्न ढुवानी हुन पाएको छैन । प्रादेशिक कार्यालय धनगढीको गोदाममा पनि चामल मौज्दात नरहेकाले दार्चुला शाखा कार्यालयलाई यो वर्षका लागि चामल ढुवानी गर्न…

Read More

काठमाडौँ: कलाकारसमेत रहेकी एलिजा गौतमले नागरिक उन्मुक्ति पार्टी छाडेकी छन्। गत माघ १४ गते बुटवलमा एक कार्यक्रमबीच नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी उनले पाँच महिनामै पार्टी छाडेकी हुन्। उनले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङलाई भेटेपछि राजनीति त्यागेको घोषणा गरेकी हुन् । ‘समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट बिदा! धरान उपमहानगरका मेयर हर्कराज राई (साम्पाङ) को कामबाट प्रभावित छु। उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ। उहाँप्रति सधैं उच्च सम्मान छ। देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ’, उनले भनिन्। उनले आफूले बिहीबार मेयर साम्पाङको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको…

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा…

Read More

काठमाडौँ: जापान बस्दै आएका कैलालीका २८ वर्षीय दीपकराज जोशी सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए । छुट्टीमा नेपाल आएका उनलाई जेठ २८ गते प्रहरीले काठमाडौँको कलङ्कीबाट नियन्त्रणमा लिएको थियो । २८ गते उनले राती ‘कलङ्की मालपोत पारी–कीर्तिपुर मित्रनगर‘ यस एरियामा भर्खरै गस्तीमा आएका २ जना प्रहरीहरू—फुल मापसे गरेर हिँडेको देखियो। यसको निगरानी कसले गर्छ ?’ भन्दै प्रहरी प्रमुख वसन्तबहादुर कुँवरसमेतलाई ट्याग गरेर सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए। ड्युटीमा खटिएका वरिष्ठ सई र जवानलाई सोधपुछ गर्दा उनीहरूले राती पसलहरू बन्द गराउँदै जाने क्रममा जोशीको आफन्तको पसलमा पुगेको र त्यहाँ जोशीसँग विवाद भएको बताएका थिए । प्रहरीले तत्कालै मापसे गरिएको…

Read More

डडेल्धुरा: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डडेल्धुराका जनतालाई राजनीतिक दलका कार्यक्रममा सहभागी गराउन ‘खर्च’ गर्नुपर्ने परिपाटी बसेको बताएका छन्। बिहिवार जिल्ला सदरमुकाममा पार्टीले आयोजना गरेको जनसभामा बोल्दै उनले यहाँका जनतालाई रक्सीसमेत खुवाउनु पर्ने भनेर सुनेको बताएका हुन्। ‘यहाँ कुनै दलले कार्यक्रम गर्न गाउँगाउँबाट गाडीमा मान्छे ओसार्ने, खाना-नास्ताको व्यवस्था गर्नुपर्ने सुनेको छु। त्यत्ति मात्रै नभएर(इसारा गर्दै) रक्सीसमेत खुवाउनुपर्छ भन्ने सुनेको छु’ उनले भने, ‘तर आज हामीले आयोजना गरेको विशाल जनसभामा कसैलाई केही दिएनौं, तर पनि पानीमा भिझ्दै यत्रो जनता आउनुभएको छ।’ अर्को प्रसङ्गमा बोल्दै उनले कांग्रेसका सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन्। गरिब किसानको घरमा जन्मिएर पनि देशको प्रधानमन्त्री बनेका…

Read More

पाल्पा: गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ । गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर रु पाँच हजार भक्ता दिने कार्यक्रम ल्याएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । उनका अनुसार नयाँ किन्नेलाई रु पाँच हजार, घरमा नियमित पालिरहने किसानलाई वार्षिकरुपमा दुई हजार पाँच सय भत्ता दिइनेछ । अहिले गाउँघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरुको संरक्षण र खेतबारी बाँझिन नदिनका लागि गोरुपालनमा भक्ताको कार्यक्रम ल्याइएको…

Read More

धनगढीः धनगढीमा भन्सार छलीका सामानसहित एक महिला पक्राउ गरेकी छिन् । धनगढी उपमहानगरपालिका३ बाट भन्सार छलीका सामानसहित धनगढी२ की ३५ वर्षीया रतना नाथ पक्राउ परेकी हुन् । उनी भन्सार छलीको आटा, सोनापापडी, केक जेल, नरिवलको धुलो, नमकिन लगायतका ३१ हजार ६२० रुपैयाँ बराबरका सामानसहित पक्राउ परेकी सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ । यस्तै, धनगढीको मिलनचोकबाट २० हजार पाँच सय मूल्यका चिनी, सुट, सुर्ती, मिश्री, बिडी, प्लास्टिकका झिल्ली लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ । उता, कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ वनदेवी जंगल क्षेत्रबाट माछासहित से ४ प ४६९ नम्बरको मोटरसाइकल गरी भन्सार छलीका एक लाख ३० हजार…

Read More

कञ्चनपुर: कञ्चनपुरमा दोहोरो नागरिकता बनाएका दुई जना पक्राउ परेका छन् । बैतडीको पञ्चेश्चर गाउँपालिका–५ की ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धी जाहेरी दर्ता भएको थियो । अनुसन्धानमा उनीहरुले दोहोरो नागरिकता लिएको खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

बाँके: कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन् । डिभिजन कार्यालय बाँकेका वन अधिकृत अजितकुमार कर्णका अनुसार छाला र हड्डी वयस्क पोथी बाघको हो । छालाको लम्बाइ नौ…

Read More

काठमाडौँ : कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा आजै नियुक्त हुने भएका छन् । यद्यपि मन्त्रिमण्डल भने भोलि निर्माण हुने भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने र मन्त्रीहरू क–कसलाई पठाउने भन्ने विषयमा भोलि मात्रै छलफल हुने बताए । उनका अनुसार आज ४ :३० बजे दाबी पेश गर्ने तयारी गरिएको छ । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको दाबी पेश गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले प्रदेशका नेताहरूलाई निर्देशन दिएका थिए । उक्त दाबी पेश गर्ने गठबन्धन दलका नेताहरु काठमाडौँबाट विराटनगर जाने क्रम सुरु…

Read More