Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर : कञ्चनपुरको दक्षिणी सीमावर्ती बैवाह गाउँमा एकै रातमा घर घरमा चोरी भएको छ । गयराती बेलडाँडी गाँउपालिका ३ वैवाह सीमावर्ती गाँउमा ९ घरमा चोरी भएको हो । बेलडाँडी गाँउपालिका ३का वडाध्यक्ष दुर्गा चौधरी सहितका ९ घरमा मोवाईल चोरी भएको स्थानीयले बताएका छन । सीमा क्षेत्रमा सशस्त्र प्रहरी र प्रहरीको बलियो उपस्थिति रहेको बेलडाँडीको बैवाहमा मोबाईल चोरी हुँदा समेत पत्ता नलाग्नु दुखत विषय भएको बेलडाँडीका स्थानीय युवा चेतन कुमार राईले बताए । उनले घटनामा प्रहरी र सशस्त्र प्रहरीले चनाखो भएर चोर पत्ता लगाएर कार्बाही गर्नुपर्नेमा जोडदिए । वडाध्यक्ष दुर्गा चौधरी सहित नरान्त चौधरी, भानुराम चौधरी, रकमदास चौधरी, जबरदास चौधरी, दयाराम…

Read More

पोखरा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर प्रदेश मुख्यमन्त्री बैठकले निकालेका साझा निष्कर्षको साझापत्रबारे संघीय सरकारमा गम्भीर रूपमा छलफल हुने बताएका छन् । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठक २०८० को समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । बैठकको समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘‘संविधानमा नै तीन तहको सरकारको अधिकारको बाँडफाँटको व्यवस्था गरिएको छ, जहाँ एकल अधिकार र अधिकारको साझा सूचि समावेश छ। संघीयताबारे राजनीतिक तहमा नै सोचाइमा एकरूपता आउन सकेको छैन। साथै ऐन, कानुन बनाउने कुरामा जुन तत्परता हुनुपर्ने हो, त्यसमा ढिलाइ भएको छ।’’ प्रधानमन्त्रीले भने, ‘‘यसपटक संघीयता कार्यान्वयनका लागि प्रशस्त प्रयास गरिएको…

Read More

भक्तपुरः आफ्नै काका ८१ वर्षीय कृष्ण बहादुर प्रजापतीको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-९ सूर्यमणी बस्ने ३५ वर्षीय नुछे प्रजापतीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । नुछेले कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्ण बहादुरको ट्रमा सेन्टर अस्पताल हुँदै पाटन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट पश्चात फरार रहेका नुछेलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-७ महेश्वरी खेलमैदानबाट पक्राउ गरेको हो ।

Read More

धनगढी : सुदूरपश्चिम आईकन दिपा रोकाया र जलेन्द्र शाही बनेका छन्। चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आईकन महिला विधाको अवार्ड दिपा रोकायाले हात पारेकी छन् भने जलेन्द्र शाहीले पुरुष तर्फको अवार्ड पाएका छन्। न्यु सिटी पोलिक्लिनिक सुदूरपश्चिम आईकन महिलामा आइकन अवार्ड पाउने रोकाया फुटबल खेलाडी हुन् भने माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष विधामाका विजेता शाही फेन्सिङका खेलाडी हुन्। विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। कुस्तीकी मनीषा सिंह, र क्रिकेटकी कविता कुँवर पनि महिलामा आइकन अवार्डको मनोनयनमा परेकी छिन्। पुरुष तर्फ भने कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका थिए। नेपाल खेलकुद…

Read More

काठमाडौँ : बिहीबारदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । पहिरो खसेर बिहीबारदेखि अवरुद्ध नारायणगढ-मुग्लिङ सडक खण्ड २८ घण्टा पछि सञ्चालनमा आएको हो। पहिरो पन्छाएसँगै शुक्रबार साँझ ५ बजेदेखि दुईतर्फी रूपमा सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । नारायणगढ-मुग्लिङ सडक खण्डको ३ नम्बर पुल नजिकै बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध हुँदा सवारी आवतजावत बन्द भएको थियो । सडकको माथिल्लो भागबाट निरन्तर पहिरो झर्ने क्रम भने यथावत् रहेकाले यात्रा गर्दा सचेत रहनुपर्ने प्रहरीको भनाई छ ।

Read More

दार्चुलाः करणी आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्षलाई कारागार चलान गरिएको छ। जबरजस्ती करणी गरेको आरोप लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि कारागार चलान भएका हुन्। अदालतको आदेश अनुसार बुधवार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ। महिलालाई जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि वडा अध्यक्ष धामीलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले प्रकाउ गरेको थियो। उनिमाथी गाउँकै एक महिला माथी गत माघ २० गते राति घरमै गएर जबरजस्तीकरणी गरेको आरोप लागेको थियो। प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो। सरकारी वकिलको कार्यालयले…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा युुवा वैज्ञानिक सम्मेलनको आयोजना गरिएको छ । प्रदेश युवा परिषद्ले रोबोटिक एशोसिएसनको समन्वय तथा खोज, अनुसन्धानको क्षेत्रमा क्रियाशिल विभिन्न संघ, संस्थाको प्राविधिक सहयोगमा आयोजना गरेको युवा वैज्ञानिक सम्मेलन शुक्रबारदेखि सुरु भएको हो । धनगढीको रिद्धीसिद्धी पार्टी प्यालेसमा सञ्चालन भइरहेको सम्मेलन शनिबारसम्म चल्नेछ । सम्मेलनको सुुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले शुुक्रबार बिहान औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुुन् । सम्मेलनको उद्घाटन गर्दै मन्त्री साउँदले प्रदेश सरकार युवा वैज्ञानिकलाई खोज, अनुुसन्धानमा प्ररित गर्न प्रतिबद्ध रहेको बताए । प्रविधिको विकाससँगै अध्ययन, अनुसन्धानको महत्व पनि बढ्दै गएकाले त्यसमा रुची भएका प्रतिभालाइै प्रोत्साहन गर्न सामाजिक विकास…

Read More

काठमाडौँ: बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको प्रकरणमा संलग्न रहेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले हाल फरार बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुमति दिएको हो। ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान भूमाफियासँग मिलेर सरकारी लिखत कीर्ते गरेको आरोपमा बस्न्यातविरूद्ध पक्राउ पुर्जी जारी भएको हो। भूमिसुधार मन्त्रालयको सचिव हुँदा बस्न्यातले ललिता निवाससम्बन्धी पटक(पटक पत्राचार र निर्णय गरेका थिए।

Read More

काठमाडौँ: निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। शोभाराम यादवले दिएको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो। पूर्वसांसदसमेत रहेका रौनियार ठगी मुद्दामा पक्राउ परेका हुन्। सो मुद्दामा उनी र उनका छोरा सुमितविरूद्ध बाँके जिल्ला अदालतले गत वैशाख १० गते पक्राउ गर्न आदेश जारी गरेको थियो।

Read More

धनगढी: धनगढीस्थित जिल्ला कारागार कार्यालय कैलालीमा कैदी भेट्न आएका एक युवक आफै पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको बोगटान फुड्सिल गाउँपालिका-६ घर भई हाल धनगढी उप–महानगरपालिका३ चटकपुरमा नास्ता पसल सञ्चालन गरिरहेका २५ वर्षीय भीम बोगटी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी कैलाली कारागारमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ३१ वर्षीय करन बमलाई भेट्न भनी गएका थिए । उनलाई चेकजाँच गर्दा स्याम्पुको डब्बाभित्र लुकाइछिपाइ ल्याएको १३ ग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई जिप्रका कैलालीबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More