Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: आज सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

Read More

गोरखा: गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन् । गुठी संस्थानलाई धर्मशाला व्यापारिक प्रयोजनका लागि भाडामा नलगाउन गरेको आग्रहलाई बेवास्ता गरेको जनाउँदै बुधबारदेखि धर्मशालाको भवनमा तालाबन्दी गरिएको स्थानीयवासी मनोज जोशीले जानकारी दिए । “योगी, तपस्वी, गरिब, असहाय तीर्थालु भक्तजन बस्नका लागि बनाइएको धर्मशालालाई गुठी संस्थानले गएको ४० वर्षदेखि व्यापारिक प्रयोजनका भाडा लगाएर कमाउने काम मात्र गर्दै आएको छ”, उनले भने, “मनकामनावासीले यस पटक पुनः संस्थानले भाडामा लगाउन बोलपत्र आह्वान गरेपछि बोलपत्र रद्द गर्न आग्रह गरेको भए पनि संस्थानबाट कुनै सुनुवाइ नभएपछि धर्मशालाको भवनमा ताला लगाएका हौँ ।” धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने…

Read More

बैतडी: पहिरोले अवरुद्ध भएको जयपृथ्वी राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ । राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-८ आलुगैरामा गएराति पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी रुपमा सुचारु भएको हो । एकतर्फी रुपमा सडक सुचारु भइसकेको र दुईतर्फी सञ्चालनका लागि पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

Read More

धनगढी: धनगढी उप–महानगरपालिकाले विपद व्यवस्थापन सम्बन्धी सामग्रीहरू हस्तान्तरण गरेको छ । उपमहानगरले जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेडक्वाटर धनगढी कैलालीलाई विपद व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरेको हो । उपमहानगरले आज २०/२० ओटा लाइफ ज्याकेट, २०/२० ओटा नै हेलमेट, १५/१५ जोर गमबुट (पानी बुट), १५/१५ ओटा स्टेक्चर, १/१ हेन्ड माइक र १५/१५ ओटा फलामको बाल्टी हस्तान्तरण गरेको हो ।

Read More

काठमाडौँ: सुदूरपश्चिमका तीन पहाडी जिल्लामा सडक अवरुद्ध भएका छन् । बैतडी, दार्चुला र अछामका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् । प्रहरीका अनुसार बैतडीको सुर्नया गाउँपालिका-८ आलुगैरास्थित सडकमा पहिरो जाँदा जयपृथ्वी राजमार्ग अन्तर्गतको खोड्पे बझाङ सडकखण्ड अवरुद्ध भएको छ । त्यस्तै, दार्चुलाको शैल्यशिखर नगरपालिका–६, पनेबाँज र मालिकार्जुन गाउँपालिका४ तेर्छालेकमा पहिरो जाँदा गोकुलेश्वर–दार्चुला हाईवे सडकखण्ड अवरुद्ध भएको छ । अछामको बान्निगढीजयगढ गाउँपालिका-४ कचरेटी खोला भन्ने स्थानमा पहिरो जाँदा मंगलसेन–साँफे सडकखण्ड अवरुद्ध भएको छ । प्रहरीले मनसुन र भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध रहेका सडक खुलाउने प्रयास भइरहेको बताएको छ ।

Read More

काठमाडौँ: आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा…

Read More

बैतडी: बैतडीमा ७० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। असार १० गते सम्मको तथ्यांक अनुुसार जिल्लामा ७० प्रतिशत रोपाइँ  सम्पन्न भएको हो। कृषि ज्ञान केन्द्र बैतडीले सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ सम्पन्न भइसकेको बताएको छ। बैतडीमा जेठको अन्तिम सातादेखि रोपाइँ गर्न शुरु गरिएको र असारभित्रै रोपाइँ सकिने चन्दले बताए। आकाशे पानीको भरमा रोपाइँ हुने ठाउँमा बर्षा शुरु भएसंगै रोपाइँको चटारो बढेको उनले बताए।  बैतडीमा ९ हजार हेक्टर जमीनमा धानखेती हुने गरेको छ। धानखेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको छ। 

Read More

पिथौरागढ: भगवान शिवको घर मानिने कैलाश पर्वत अब भारतबाट हेर्न सकिने भएको छ।  यसका लागि चीनको स्वशाषित भुमी तिब्बत जानु नपर्ने भारतीय मिडियाहरूले जनाएका छन्। जसअनुसार उत्तराखण्डको पिथौरागढ जिल्लाको १८ हजार फिट अग्लो लिपुलेक पहाडबाट कैलाश पर्वत प्रष्ट देखिन्छ। यहाँबाट हिमालको हवाई दूरी ५० किलोमिटर छ। जहाँसम्म पुग्नका लागि अब दुइवटा बाटो बनाउने तयारी गरिएको भारतीय मिडिया दैनिक भाष्करले लेखेको छ । सो मिडियाका अनुसार यो नयाँ दर्शन मार्ग स्थानीय गाउँलेहरुले पत्ता लगाएका हुन्। गाउँलेको जानकारीमा अधिकारी र विज्ञको टोली पुगेर सडकको नक्सा, मानिसको बस्ने व्यवस्था, दर्शनस्थलसम्म पुग्ने बाटोलगायत अन्य व्यवस्थाको सर्वेक्षण गरिसकेको छ। उनीहरुले पर्यटन मन्त्रालयमा प्रतिवेदन पनि बुझाउँदै…

Read More

काठमाडौं : पहिरो खसेपछि बिहीवार दिउँसोदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक अहिलेसम्म संचालनमा आउन सकेको छैन।चितवनको इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द भएको हो। हिजोदेखि नै सुक्खा पहिरो खसे क्रम जारी रहेकोले पहिरो पन्छाउने काममा बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।  सडकमा गाडीको लामो लाइन लागेको छ भने सयौँ यात्रु अलपत्र परेका छन्। काठमाडौंबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Read More

धनगढी: गेटामा सय बेडको अस्पताल सञ्चालन गर्ने भनेपछि आन्दोलनरत सङ्घर्षरत समितिले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेटमा धान रोपेको छ। धान दिवसको अवसरमा आज गेटमै धान रोपाई गरिएको हो। सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले संघर्षका कार्यक्रम अन्तरगत धान रोपेको हो। सरकारले चाडो भन्दा चाडो संसदमा विधेयक पास गरेर ६ सय बेड सहितको स्वास्थ्य विश्वविद्यालय सञ्चालन गर्नुपर्ने सङ्घर्ष समितिको माग छ। सरकारले आफ्नो मागप्रति बेवास्ता गरेको सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए। उनले एक महिनादेखि विभिन्न चरणका कार्यक्रम गर्दै आए पनि सरकारको कुनै धारणा बाहिर नआएको बताए। सरकारले माघ २९ गते मन्त्रिपरिषद् बैठकबाट गेटामा…

Read More