Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। पाटन नगरपालिका २ जलकुडाकी  ४० वर्षीय लक्ष्मी ऐरको सोही वडाको महारुद्र भिरबाट लडेर मृत्यु भएको हो। शनिबार दिउँसो घाँस काट्ने क्रममा लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए। ऐर भिरबाट लडेर करिब १० मिटर तल ग् सडकमा परेककी थिइन्।  मृतक ऐरका श्रीमान रोजगारीको शिलशिलामा भारतमा छन्।  

Read More

काठमाडौं : श्री एयरलाइन्सले आइतबारका लागि निर्धारित सबै उडान स्थगित गरेको छ। एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले उडान स्थगित गरी आइतबार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको जनाएका छन्। सोमबारदेखि भने सबै उडान नियमित हुनेछ। शनिवार  ३ः३० बजे काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौं नै फिर्ता ल्याई अवतरण गरिएको थियो। यसपछि एयरलाइन्सले आइतबार आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ।

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो  देशभर  आंशिक देखि सामान्य बदली रहनेछ। कोशी  र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा भए पनि कोशी  र मधेस प्रदेशमा भने चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। यी दुई प्रदेशमा हावा हुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता…

Read More

धनगढी: दार्चुला सदरमुकाम खलङ्गामा पर्ने रिङनतालस्थित महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका हुन्। प्रहरीका अनुसार शनिवार अन्दाजी ३४÷३५ वर्षका पुरुषले महाकाली नदीमा हाम फालेका थिए। नदीमा हाम फालेर बेपत्ता भएका पुरुषको खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जगत् गाहामगरले उनको खोजीकार्य आजसमेत जारी रहने बताए। पुरुषले हाम फालेको ठाउँमा चप्पलमात्रै फेला परेको छ।

Read More

धनगढी: दलित भएकै आधारमा भाडाबाट निकालेको आरोपमा प्रहरीले दाङमा एक जना घरबेटीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका-१७ दाङका ताराप्रसाद पोखरेललाई आज पक्राउ गरी अनुसन्धान थालिएको छ। ​​​​​​​ पोखरेलको घरमा बसिरहेका पञ्चल देवल नगरपालिका-७ पुल्तोला अछाम हाल घोराही-१७ मा बस्दै आएका महेन्द्र विक र अदानचुली गापा-३ हुम्लाका अङ्गराज नेपालीलाई घर निकाला गरेको प्रहरीले जनाएको छ। ‘तिमीहरू कामी रहेछौँ, घर बनाएदेखि दलितलाई छिर्न दिएको छैन। तिमीहरू घरमा आएदेखि म बिरामी छु भन्दै घरबाट निकालिदिनुभयो’, पीडित महेन्द्र विककी श्रीमती शान्तिले भनिन्। सोही घरमा परियार थर गरेका एक जनासँग तीन जना एउटै कोठामा बस्थे। महेन्द्रको परिवार अर्को…

Read More

काठमाडौँ : मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका-३ स्थित लामिटार सामुदायिक वनमा शनिबार ३३ किलोको अजिङ्गर फेला परेको छ। अजिङ्गरले हाँडीखोलाको लामिटार जङ्गलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका छन्। लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकालाई अजिङ्गरले आक्रमण गरेपछि स्थानीय युवाले नियन्त्रणमा लिएका थिए। पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलो पटक स्थानीय जङ्गलमा अजिङ्गर देखा परेको हो। केही दिनअघि लामिटारका जने राईको खेतमा भेटिएको अजिङ्गरलाई पनि नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको थियो। पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको लामिटार सेक्टर पोस्टका रेन्जर विष्णु पौडेलले दुवै अजिङ्गरलाई निकुञ्जको ‘कोर एरिया’ मा छाडिएको जानकारी दिए।

Read More

काठमाडौँ : स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत कम्तीमा २ वर्षका लागि खटाउने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रदेशका मुख्यमन्त्रीहरू, स्थानीय तहका जनप्रतिनिधिसहितको बैठकले प्रदेशमा खटिएका सचिव पनि एक वर्ष सरुवा नगर्ने सहमति गरेको एक सचिवले बताए । सङ्घले प्रमुख प्रशासकीय अधिकृत र प्रदेशका सचिव पठाउने र प्रदेश तथा स्थानीय तहले हाजिर गराउने सहमति भएको ती सचिवले जानकारी दिए । हाजिर नगराउने प्रदेश वा स्थानीय तहको अनुदान रोक्का गर्ने पनि निर्णय भएको उनले बताए । कतिपय प्रदेशले प्रमुख प्रशासकीय अधिकृत आफैँ खटाउने गरी प्रदेश निजामती ऐन बनाएका छन् । तर संघीय ऐनले स्पष्ट नगर्दासम्म हाजिर गराउने काम स्थानीय…

Read More

काठमाडौँ : आइसिसी विश्वकप छनोट २०२३ मा वेस्टइन्डिज छनोटबाटै बाहिरिएको छ । चार पटकको विश्वकप विजेता वेस्टइन्डिज इतिहासमै पहिलो पटक विश्वकपमा पुग्न नसकी छनोट खेलबाटै बाहिरिएको हो । वेस्टइन्डिज सुपर सिक्समा आफ्नो पहिलो खेलमै स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको छ । यससँगै दुई पटक एकदिवसीय र टि२० विश्वकप विजेता वेस्टइन्डिज भारतमा हुने एकदिवसीय विश्वकपको लागि छनोटबाट बाहिरिएको छ । जितको लागि वेस्टइन्डिजले दिएको १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ४३.५ ओभरमा १ सय ८१ रनमा अल आउट भएको थियो ।

Read More

बैतडी – बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पाटन नगरपालिका २ ठडकुडाकी ४० वर्षीय लक्ष्मी ऐरको महारुद्र भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो साढे ३ बजे घास काट्ने क्रममा लडेर ऐरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । ऐर भिरबाट लडेर करिब १० मिटर तल ग्रामिण सडकमा परेकी थिइन् । मृतक ऐरका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।

Read More

छेन्दु (चीन) : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो सर्त बनाएर काम थालेको बताएका छन् । जनवादी चीनको भ्रमणमा रहेका उनले छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारले सुशासनलाई कडाइ पूर्वक अगाडि बढाउन खोजेको बताए । “कुशासन नेपालको विकासको समस्या हो, अहिलेको सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनको स्थापित गर्नेलाई पहिलो सर्त बनाएर काम थालेको छ । पूर्वउपप्रधनमन्त्री, पूर्वगृहमन्त्री, निर्वाचनका आयोगका सदस्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष, विभिन्न उच्च तहका पदाधिकारी भ्रष्टाचार गर्ने अपराधमा नियन्त्रणमा लिनु परेको छ”, उनले भने । कमिसन र भ्रष्टाचारको जालोले देशलाई जर्जर बनाएको उल्लेख…

Read More