Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा निधन भएको छ । एक महिनाअघि पारिवारिक भेटघाटका लागि अमेरिका गएका उनको उपचारको क्रममा अमेरिकी समयअनुसार आइतबार विहान ३ बजे मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । झापाको मेचीनगर वडा नम्बर ६ काँकरभिट्टा निवासी खरेलका छोरा प्रयास र बुहारी अमेरिकाको टेक्सासमा छन् । उनका छोराका अनुसार ज्वरो र पिसाबमा संक्रमण फैलिएपछि बिरामी भएका साहित्यकार खरेलको पछिल्लो समय भेन्टिलेटरमा राखेर टेक्सासको स्थानीय अस्पतालमा उपचार भइरहेको थियो । उनका उपन्यास, कथा, निबन्ध, हाँस्यव्यंग्य, कविता, एकांकी नाटक लगायतका थुप्रै कृति प्रकाशित छन् । उनका कृतिहरू विजयका निबन्ध (निबन्ध, २०६४),क्षितिजवारि क्षितिजपारि (काब्य, २०६५), बाटुली (बिज्ञान काब्य, २०६६),…

Read More

धनगढी: कैलालीमा ट्रक र कार ठोक्किएरका छन् । जिल्लाको गोदावरी नगरपालिका–४ बुढितोलामा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ६ ख ६३९३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको युपी १८ जे ९४५६ भारतीय नम्बरको ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ट्रक चालक रुपन्देही सियारी गाउँपालिका–१ का ४० वर्षीय सुवासप्रसाद नेपाली र कार चालक भारत अबजारगडका २३ वर्षीय मोहम्मद सलमान घाइते भएका प्रहरीले बताएको छ । उनीहरुलाई पद्मा अस्पताल अत्तरिया पठाइएको छ । कारमा चालकसहित ६ जना सवार रहेका बताइएको छ । दुबै सवारीसाधन र ट्रक चालकलाई मालाखेती प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

कञ्चनपुर: शान्ति सु–व्यवस्था कायम राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ । आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नगरपालिकाले सिसीटिभी क्यामेरा जडान गरेको हो । नगरपालिकाका पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने तीन बजार वन समिति, झलारी र कलुवापुर क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गरिएका छन् । बजार क्षेत्रमा हुने चोरी, लुटपाट, अन्य अपराधिक क्रियाकलाप, बढ्दै गएको सडक दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक समस्या समाधान गर्ने उद्देश्यले क्यामेरा जडानको कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । उनका अनुसार सुरक्षाको दृष्टिकोणले संवेदनशील रहेका क्षेत्रको पहिचान गरी क्यामेरा जडानको कार्य गरिएको छ । कलुवापुर…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन् । पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी)लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए । कोइरालाले मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरेका थिए । रासस

Read More

कैलाली: एमाले नेता स्वर्गीय मदन भण्डारीको ७२औँ जन्म जयन्तीको अवसरमा आयोजना गरेको फुटसल प्रतियोगितामा प्रेस चौतारी नेपाल विजयी भएको छ । आज बिहान डल्लुज फुटसलमा नेपाल पत्रकार महासंघ र प्रेस चौतारी बिच भएको प्रतियोगितामा प्रेस चौतारी ७र३ गोल अन्तरले विजयी भएको हो । प्रेस चौतारीबाट दिलबहादुर छत्याल र शिवराज भट्टले २र२ गोल गरेका थिए । गोविन्द रोस्यारा र दिनेश विष्टले १र१ गोल गरेका थिए । १ गोल आत्माघाती भएको थियो । उता पत्रकार महासंघबाट दीपक उपाध्याय, शङ्कर बोहरा र टंक कुवरले १र१ गोल गरेका थिए । प्रतियोगितामा प्रेस चौतारीका भानुभक्त आचार्य उत्कृष्ट खेलाडी भए । विजेताहरूलाई धनगढी उपमहानगरपालिकी उपप्रमुख कन्दकला…

Read More

झापा: मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए । पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएका थिए । झापामा छ दिनअघि मात्र जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले किल्चेर मारेको थियो । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिए ।…

Read More

धनगढी: शनिबार धनगढीको अकाशमा पुगेर पनि अवतरण हुन नसकेको श्री एयरलाईन्सको विमानलाई नागरिक उड्डयन प्राधिकरणले अस्थायी उडान प्रतिबन्ध लगाएको छ। धनगढीको आकाशबाट फर्केको विमानमा हाइड्रोलिकको समस्या देखापरेको नागरिक प्राधिकरणले आइतबार गरेको परीक्षणले देखाएको छ। सो जहाजको मर्मत गर्नुपर्ने भएकोले उडान प्रतिबन्ध लगाइएको हो। सो विमानसँगै शनिबार नै पोखराका लागि उडेको श्रीको अर्को विमान पनि ग्राउण्डेड गरिएको छ। सो विमानमा पनि पविधिक समस्या देखिएपछि पोखरा अवतरण नगरी फर्काइएको थियो। अहिलेलाई श्रीले आन्तरिक उडानमा दुईवटा बमबार्डियर ड्यास क्यू–४०० उडाउने छ। फ्लाइट सेफ्टी स्ट्यान्डर्डस् विभागले श्री एयरलाइन्सका ३ वटा जहाजलाई नियमत उडानका लागि अनुमति दिएको छ। श्रीसँग आन्तरिक उडानका लागि ८ वटा विमान…

Read More

धनगढी: कैलालीका एक युवकले अस्पतालमै अनशन थालेका छन्। कैलालीको जानकी गाउँपालिका–८ का २६ वर्षीय वीरेन्द्र जैसीले वीर अस्पतालको बेडमै अनशन थालेका हुन्।उनले प्रहरीलाई बचाउने क्रममा प्रहरीकै गोली प्रहारले घाइते भएको र आफ्नो माग सुनुवाइ नभएको भन्दै अनशन थालेका हुन्। उनले अस्पतालमा १७ औं दिनसम्म पनि अस्पतालको बेडमै अनशन जारी राखेका छन्। उनी असार १ गते बेलुकीदेखि माइतीघर मण्डलामा अनशन बसेका थिए। अनशनरत जैसी १२ औं दिन शनिबार स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका छन्। चिकित्सकले ‘ब्लप्रेसर लो’ भएको छ, तपाईंले अनशन तोड्नुपर्छ भनिरहनुभएको छ, उहाँ (वीरेन्द्र) ले माग पूरा नभएसम्म अनशन नतोड्ने भन्नुभएको छ,’ वीरेन्द्रकी पत्नी राधिका…

Read More

धनगढीः कैलालीको टीकापुरमा आगलागी भएको छ। जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर–९ रोहनीभुजीमा आशाराम चौधरीको घरमा आइतबार आगलागी भएको  वडाध्यक्ष लौटन चौधरीले जानकारी दिए। उनका अनुसार घरभित्र रहेको गँहु, तोरी, चामल, काठ लत्ताकपडा, काठसमेत जलेर अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको छ। स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको अध्यक्ष चौधरीले बताए। इलाका प्रहरी कार्यालय टिकापुरका अनुसार दिउँसो २ बजेको समयमा घरमा कोही नभएको बेलामा अचानक आगलागी भएको जनाएको छ। 

Read More

जुम्ला: दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घर नै जलाइदिएका छन् । तातोपानी–४ गिडीखोलामा २१ वर्षीय मुकुन्द नेपालीको घरमा आगजनी गरेको आरोपमा आइतबार स्थानीय २१ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ । गत साता तातोपानी–४ गिडीखोला निवासी नेपाली थरका एक युवाले स्थानीय किशोरीसँग प्रेमबिहे गरेका थिए । स्थानीयका अनुसार ती दुवै जनाले २ वर्षको प्रेमपछि अन्तरजातीय ‘विवाह’ गरेका हुन्। यद्यपि आफन्तले किशोरी १६ वर्षको मात्र भएको बताएका छन् । बिहे अवैध भए कानुनअनुसार हुनुपर्नेमा घर नै जलाइदिएकोमा कारबाही गरिने प्रहरीको भनाइ छ । मुकुन्दका दाजु भरत नेपालीका अनुसार बिहान ४ बजेतिर भएको आगजनीमा घर र त्यसभित्र रहेका सामान नष्ट भएका छन् ।

Read More