काठमाडौँ : नेकपा एकीकृत समाजवादीले पूर्व निर्धारित बैठकहरू अनिश्चितकालका लागि स्थगित गरेको छ ।
केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीलगायत सबै तहका बैठकहरू अनिश्चितकालका लागि स्थगित भएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले भने ‘ तयारी नपुगेकाले साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ मा पोलिटब्युरो र साउन २० र २१ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी तत्कालका लागि स्थगित भएको छ । ’
भोली बैठक बसेर अब कैले बैठक बस्ने भन्ने विषयमा निर्णय गर्ने उनको भनाई छ। अध्यक्ष माधव कुमार नेपाल स्वदेश फर्किए लगत्तै पूर्व निर्धारित बैठकहरू स्थगन भएका हुन् ।
Facebook Comments Box