धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम भोली देखी धनगढीमा सुरु हुने भएको छ।
नेकपा एमाले प्रदेश स्कुल विभागको आयोजनामा धनगढीमा प्रशिक्षण कार्यक्रम हुन लागेको हो। भोली देखी सुरु हुने प्रशिक्षण तीन दिन सम्म जारी रहने छ । प्रशिक्षणका लागि एमाले उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली धनगढी पुगिसकेका छन् ।
ज्ञवाली सहित केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा स्थायी कमिटी सदस्य कर्ण थापा, एमाले पोलिट ब्युरो सदस्य तथा प्रदेश स्कुल विभाग समन्वय संयोजक राजेन्द्रसिंह रावल, केन्द्रीय स्कुल विभाग सचिव ईश्वरी रिजाल लगायतले प्रशिक्षण दिने छन् ।
प्रशिक्षणमा सहभागी हुन प्रदेश कमिटीका सम्पूर्ण सहभागी प्रत्येक जिल्लाका अध्यक्ष र जिल्ला स्थित स्कुल विभाग प्रमुखहरू सहित चार जना धनगढी पुगिसकेका छन् । भोली १० बजेबाट धनगढी स्थित आस्था होटेलमा प्रशिक्षण सुरु हुन लागेको हो ।