Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: आज सुन चाँदीको मूल्य केही घटेको छ । सुनको मूल्य तोलामा एक सय रुपैयाँले र चाँदी २० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा १ लाख १० हजार ६ सय रुपैयाँ र चाँदी १ हजार ३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Read More

धनगढीः धनगढीमा १० हजार बढी मूल्यको प्रतिबन्धित मासु बरामद गरिएको छ । १० हजार ८ सय मूल्य बराबरको २७ दशमलव ५ किलो कुखुराको काटेको खुला मासु धनगढी उपमहानगरपालिका–२ चेकप्वाइन्ट इलाकाबाट बरामद गरिएको हो । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले नेपालमा प्रतिबन्धित आवश्यक कागजात नभएको उक्त परिमाणको मासु बरामद गरेको बताएको छ । पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १२ (२) अनुसार बरामद गरिएको मासु नष्ट गरिएको जनाइएको छ ।

Read More

गलकोट: एसईई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ । बिहीबार प्रकाशित एसईई परीक्षाफलअनुसार बागलुङमा चार जिपिए (शतप्रतिशत) अङ्क ल्याउने छ, विद्यार्थीमध्ये चार विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् । जिल्लामा चार सामुदायिक र दुई निजी विद्यालयका विद्यार्थीले चार जिपिए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ । जिल्लामा गत वर्षको तुलनामा यसवर्ष उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो । गतवर्ष ५६ जनाले तीन दशमलव छ जिपिएभन्दा माथि अङ्क प्राप्त गरेकामा यस वर्ष बढेर तीन दशमलव छ जिपिएभन्दा माथि अङ्क प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या एक सय ३९ जना पुगेको…

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित ४ जना युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट गोदावरी नगरपालिका–७ का २८ वर्षीय विनोद पुनमगर र गोदावरी–२ का १८ वर्षीय विरेन्द्र विष्ट पक्राउ परेका हुन् । उनीहरुलाई ६३० मिलिग्राम लागुऔषध र से २ प १६३८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । धनगढी–३ बाटै ८०० मिलिग्राम लागुऔषधसहित धनगढी–२ का २७ वर्षीय रोहित बुढाथापा पनि पक्राउ परेका छन् । त्यस्तै, गोदावरी नगरपालिका–१ धनगढी रोडमा गेटाका २८ वर्षीय दीपेन्द्र अवस्थी लागुऔषधसहित पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा ६२ किलोमिटर हुलाकी सडक निर्माणमा निर्माण कम्पनीको बेवास्ताका कारण ठेक्काको पाँचौँ पटक थपिएको म्याद सकिन लाग्दा पनि सडक पूरा हुन सकेको छैन । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा साढे छ वर्ष बितिसक्दा ६२ मध्ये २३ दशमलव पाँच किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता भएको थियो । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारले पाँचौँ पटक थप भएको म्याद यही असार मसान्तमा सकिने बताए । उनका अनुसार तीन वटा प्याकेजमा निर्माण गर्न दिइएको सडकको पहिलो प्याकेज ९डोके बजारदेखि बेलौरीसम्म० २० किलोमिटर सडक भने…

Read More

काठमाडौँ: पशुपतिनाथ मन्दिरभित्र जलहरी राखिएको मुनितिर खोतल्दा आज बिहान ४३ तोला सुन फेला परेको छ । जलहरीको तौलमा हिसाब नमिलेपछि आज बिहान सोही स्थानमा खसेको सुन भन्दै ४३ तोला निकालिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साता सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, सरकारी निकायका प्रतिनिधि, सुन चाँदी व्यवसायी संघका प्रतिनिधिको उपस्थितिमा जोखेको जलहरीको सुनमा अझै तौल नमिलेपछि ठीक दुरुस्त बनाउन भित्रै सुन खसेको बहानामा आज उक्त परिमाणको सुन निकालिएको हुनसक्ने अनुमान छ । जलहरी काण्डमा धेरै जना मुछिएपछि जोगिनको निम्ति नयाँ हतकण्डा अपनाउँदै सुन फेला परेको नाटक गरिएको कतिपयको भनाइ छ ।

Read More

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–६ का ८९ वर्षीय वीरसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । भेटमा उनले व्यवस्था बदलिए पनि संस्कार पुरानै रहेको गुनासो गर्दै देश र जनताका लागि केही गर्न सक्ने क्षमता र आस प्रधानमन्त्री प्रचण्डसँग मात्रै रहेको बताएका छन् । उनले प्रधानमन्त्रीलाई पुरानो संस्कार बदलेर देश र जनताको हितमा काम गर्न अनुरोध पनि गरेका छन् ।

Read More

म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोका २१ वर्षपछि एसईई परीक्षा पास भएका छन् । माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसईई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका उनी २.६५ जीपीए ल्याएर उत्तीर्ण भएका हुन् । विसं २०५८ मा एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि उनले पढाइ छाडेका थिए । त्यसपछि वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र अफगानिस्तान गएका उनले पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षा उत्तीर्ण गरेका हुन् । २०६९ सालमा घर फर्किएका उनी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पढाइको आवश्यकताको…

Read More

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित दुई युवक समातिएका छन् । जिल्लाको वेदकोट नगरपालिका–१० नयाँगाउँका २७ वर्षीय हरेन्द्र धामी र वेदकोट–७ सुडाका २१ वर्षीय नवीन डगौरा पक्राउ परेका हुन् । उनीहरुलाई बिहीवार साँझ भीमदत्त नगरपालिका–९ ब्रहमदेवबाट १०२ पिस(सिसी) फेनारगन लागुऔषधसहित इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Read More

कैलाली: कैलालीमा विस्फोटक पदार्थसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका ३ खोनपुरबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा विस्फोटक पदार्थसहित लखिमपुर खिरी चन्दन चौकीका ४२ वर्षीय शिव गुप्ता पक्राउ परेका हुन् । उनलाई २९ किलो ५०० ग्राम विस्फोटक पदार्थसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।

Read More