Author: महेन्द्रनगर पोष्ट

दार्चुलाः करणी आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्षलाई कारागार चलान गरिएको छ। जबरजस्ती करणी गरेको आरोप लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि कारागार चलान भएका हुन्। अदालतको आदेश अनुसार बुधवार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ। महिलालाई जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि वडा अध्यक्ष धामीलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले प्रकाउ गरेको थियो। उनिमाथी गाउँकै एक महिला माथी गत माघ २० गते राति घरमै गएर जबरजस्तीकरणी गरेको आरोप लागेको थियो। प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो। सरकारी वकिलको कार्यालयले…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा युुवा वैज्ञानिक सम्मेलनको आयोजना गरिएको छ । प्रदेश युवा परिषद्ले रोबोटिक एशोसिएसनको समन्वय तथा खोज, अनुसन्धानको क्षेत्रमा क्रियाशिल विभिन्न संघ, संस्थाको प्राविधिक सहयोगमा आयोजना गरेको युवा वैज्ञानिक सम्मेलन शुक्रबारदेखि सुरु भएको हो । धनगढीको रिद्धीसिद्धी पार्टी प्यालेसमा सञ्चालन भइरहेको सम्मेलन शनिबारसम्म चल्नेछ । सम्मेलनको सुुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले शुुक्रबार बिहान औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुुन् । सम्मेलनको उद्घाटन गर्दै मन्त्री साउँदले प्रदेश सरकार युवा वैज्ञानिकलाई खोज, अनुुसन्धानमा प्ररित गर्न प्रतिबद्ध रहेको बताए । प्रविधिको विकाससँगै अध्ययन, अनुसन्धानको महत्व पनि बढ्दै गएकाले त्यसमा रुची भएका प्रतिभालाइै प्रोत्साहन गर्न सामाजिक विकास…

Read More

काठमाडौँ: बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको प्रकरणमा संलग्न रहेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले हाल फरार बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुमति दिएको हो। ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान भूमाफियासँग मिलेर सरकारी लिखत कीर्ते गरेको आरोपमा बस्न्यातविरूद्ध पक्राउ पुर्जी जारी भएको हो। भूमिसुधार मन्त्रालयको सचिव हुँदा बस्न्यातले ललिता निवाससम्बन्धी पटक(पटक पत्राचार र निर्णय गरेका थिए।

Read More

काठमाडौँ: निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। शोभाराम यादवले दिएको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो। पूर्वसांसदसमेत रहेका रौनियार ठगी मुद्दामा पक्राउ परेका हुन्। सो मुद्दामा उनी र उनका छोरा सुमितविरूद्ध बाँके जिल्ला अदालतले गत वैशाख १० गते पक्राउ गर्न आदेश जारी गरेको थियो।

Read More

धनगढी: धनगढीस्थित जिल्ला कारागार कार्यालय कैलालीमा कैदी भेट्न आएका एक युवक आफै पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको बोगटान फुड्सिल गाउँपालिका-६ घर भई हाल धनगढी उप–महानगरपालिका३ चटकपुरमा नास्ता पसल सञ्चालन गरिरहेका २५ वर्षीय भीम बोगटी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी कैलाली कारागारमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ३१ वर्षीय करन बमलाई भेट्न भनी गएका थिए । उनलाई चेकजाँच गर्दा स्याम्पुको डब्बाभित्र लुकाइछिपाइ ल्याएको १३ ग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई जिप्रका कैलालीबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

हेटौंडा: मकवानपुुको हेटौंडामा बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नारायणगढबाट जनकपुर जाँदै गरेको उक्त बस अनियन्त्रित भइ सडकबाट करिव १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए । उनका अनुसार घाइते १० जनाको हेटौंडा–११ स्थित चुरेहिल अस्पताल २७ जनालाई हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

Read More

काठमाडौँ: कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । आज शुक्रवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । २०७९ साल मङ्सिरमा भएको प्रदेश सभा चुनावपछि पुस २४ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले हिजो बिहीवार प्रदेश सभामा विश्वासको मत पाउँ भन्ने प्रस्ताव राखेका थिए । त्यसमाथि आज मत विभाजन भएको हो । उनको प्रस्ताव अस्वीकृत भएको सभामुख बाबुराम गौतमले प्रदेश सभामा घोषणा गरे । विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत परेको छ । ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । कार्कीलाई नेकपा (एमाले)…

Read More

ओखलढुंगा: विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ । बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो । च्याउ खाँदा कल्पनाका श्रीमान् पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन् । यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए । जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीलाई उपचारका लागि नभएपछि काठमाडौँको टिचिङ अस्पताल पठाइएको थियो । अस्पतालमा उपचाररत श्रीमती शर्माको बिहीबार राति मृत्यु भएको र श्रीमान् पर्शुराम खतिवडाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । जिल्लामा वर्षाको समयमा च्याउ जताततै उम्रिने…

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–८ का २५ वर्षीय रामलखन राना धनगढी गाउँबाट लागुऔषधसहित पक्राउ परेका हुन् । उनको साथमा दुई सय ९० मिलिग्राम लागुऔषध पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

धनगढी: सुदूरपश्चिममा १०२ डायल गरी आकस्मिक एम्बुलेन्स सेवा लिन पाइने भएको छ । स्वास्थ्य निर्देशनालय राजपुरले आकस्मिक एम्बुलेन्स सेवा प्रेसण केन्द्र स्थापना गरी उक्त सेवा दिन लागेको हो । प्रदेशमा सडक दुर्घटना वा अन्य कुनै बिरामी भएर आकस्मिक एम्बुलेन्स चाहिए छिटो एम्बुलेन्स उपलब्ध गराउने हेतुले आकस्मिक एम्बुलेन्स सेवा प्रेसण केन्द्र स्थापना गरी सेवा दिन लागिएको स्वास्थ्य निर्देशक जगदिश जोशीले बताए । एम्बुलेन्सका लागि १०२ देशभर भए पनि सुदूरपश्चिम प्रदेशले प्रेसण केन्द्र नै स्थापना गरेर सेवा सुरु गरेको छ । प्रेसण केन्द्रमा इर्मेजेन्सी मेडिकल केयर (ईएमडी) तालिम प्राप्त स्वास्थ्यकर्मी पनि हुने हुँदा बिरामीको अवस्थाबारे जानकारी लिई प्रारम्भिक उपचार गर्न केन्द्रबाट सुझाउने…

Read More