Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रू २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रू १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र रू १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो । घाटा बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै जाने र त्यसको साँवा ब्याज भुक्तानीको दायित्वको भारसमेत सरकारको वार्षिक बजेटमा बढ्दै जाने भन्दै संसद्मा विषय उठिरहेका बेला यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति…

Read More

काठमाडौँ : नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताएका छन्। बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमालेले चाहेमा एक हप्ता भित्रमा सरकार ढाल्ने बताए। उनले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताए। यद्यपी सरकार एमालेको प्रयत्नले ढल्ने नभई गठबन्धनभित्रकै अन्तरविरोध, असमझदारी र अविश्वासले ढल्ने बताए। ‘यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन। यदि एमालेले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ। यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो। भोलिपल्ट, अर्को एक दिनको लागि हो,’ उनले भने। एमालेले प्रतिपक्ष दलहरूको…

Read More

काठमाडौँ : नेपाल चलचित्र सङ्घले भारतीय फिल्मको प्रदर्शन रोक्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको छ । बुधबार दिउँसो चलचित्र सङ्घको रिट दर्ता भएको पाटन उच्च अदालतले जनाएको छ । काठमाडौँ महानगरपालिकाका मेयर साहले फिल्म ‘आदिपुरुष’को सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा भारतीय फिल्म प्रदर्शनमा रोक लगाएका थिए । बालेनको उक्त निर्णय कानुनविपरीत भन्दै फिल्म हल सञ्चालकहरू अदालत गएका हुन् । उनीहरूले काठमाडौँका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश पनि माग गरेका छन् । यो रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।

Read More

धनगढी: सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिमका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ। सामाजिक विकास मन्त्रालयले तयार गरेको उत्कृष्ट उद्यमी सम्मान कार्यविधि, २०७९ अनुसार छनोट भएका ११ जना यद्यमीलाई धनगढीमा सम्मान गरिएको हो। मङ्गलवार भएको कार्यक्रममा सामाजिक विकास मन्त्री झपटबहादुर साउँदे विभिन्न उद्यम गरिरहेका ११ जनालाई जनही नगद ५० हजार पुरस्कारसहित सम्मान गरेका हुन्।सम्मानित हुनेमा चुरे गाउँपालिका वडा नम्बर ५ मा रहेको सुदूरपश्चिम एकीकृत कृषि तथा पशुपन्छी फर्मका सञ्चालक विकास न्यौपाने, कञ्चनपुरको कृष्णपुर-४ मा रहेको फोर फक्स क्याटल एण्ड ह्याचरी उद्योगका सञ्चालक हरेन्द्रबहादुर वोहरा, शुक्लाफाँटा-५ मा रहेको हुनैनाथ गार्मेन्टका सञ्चालक हेमा भट्ट र अछामको चक्र मिलन फर्निचर उद्योगका सञ्चालक चक्रबहादुर चलाउने रहेका छन्। यस्तै,…

Read More

आरएस भट्ट, काठमाडौं: सोमबार ४ राजनीतिक दलहरुले समाजवादी मोर्चा घोषणा गरे। जसमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा (विप्लप) ले संयुक्त सुरुपमा समाजवादी मार्चा घोषणा गरेका छन्। पछिल्लो सयमा ठुला राजनीतिक दलहरु युवा पुस्ता र आम नागरिकको नजरमा कमजोर बन्दै गएका छन्। पछिल्लो समयमा सम्पन्न भएका निर्वाचनले पनि यी दलहरुको भविष्य खासै राम्रो देखिएको छैन। अस्तित्व नै गुम्ने डरमा रहेका दलहरु पनि एकिकृत हुन थालेका छन्। विशेष गरी नागरिकको तहमा कमजोर बन्दै गएका दलहरु मोर्चाको माध्यकबाट आफुलाई बलियो सावित गर्ने दाउमा छन। राजनीति अस्तित्व जोगाउनका लागि समाजवादी मोर्चाको सहारा लिएका दलको आगामी यात्रा कस्तो होला त्यो…

Read More

मनहरी: आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो । संस्थाका अनुसार उद्योग हालसम्म रु ९० करोडको घाटामा चलिरहेको छ । आव २०७४/७५ मा उद्योगले एक लाख नौ हजार सात सय ९६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो । यसमा एक लाख छ हजार तीन सय ३२ मेट्रिक टन सिमेन्ट बिक्री गर्न सफल भएको थियो । साथै रु एक अर्ब ६८ करोड ३८ लाख ६४ हजार नौ सय १७ आम्दानी गरेको र रु एक…

Read More

काठमाडौँ: एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ । नेपालसहित आठ राष्ट्र सदस्य रहेको अन्तर–सरकारी निकाय अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले मंगलबार सार्वजनिक गरेको एक अध्ययनअनुसार विश्वको सरदर तापमानमा भएको बढोत्तरीका कारण पछिल्ला वर्षमा हिमनदी, हिउँ र हिउँ जमेको स्थानमा अभूतपूर्व परिवर्तन आएको देखिएको छ । तीन हजार पाँच सय किलोमिटर लामो हिन्दकुश हिमालय शृङ्खलामा नेपालसहित अफगानिस्तान, बङ्गालादेश, भुटान, चीन, भारत, म्यानमार र पाकिस्तान गरी आठ मुलुक पर्दछन् । हिमनदीको क्षयीकरणको दर हिमालय क्षेत्रका विभिन्न भू-भागमा फरक–फरक रहने अध्ययनको…

Read More

बागलुङ: बागलुङमा आज बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ । जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको थियो । दुर्घटनामा जीप चालक पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाका २९ वर्षीय राजेन्द्र माझी र जीपमा सवार जैमिनी नगरपालिका–१० राङ्खानीका ३६ वर्षीया दुर्गा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए । उनका अनुसार दुवैको घटनास्थलमै मृत्यु भएको थियो । जीप मध्यपहाडी लोकमार्गदेखि पाँच सय मिटर तल खसेको सूचना अधिकारी केसीले बताए । जीप सडकभन्दा धेरै तल खसेकाले कति यात्रु सवार थिए भन्ने अहिलेसम्म…

Read More

धनगढीः धनगढी उपमहानगरपालिका बस्ने दुई जना लागुऔषधसहित पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित बसपार्कबाट धनगढी–५ का २८ वर्षीय अनमोल शाह र धनगढी–६ का १८ वर्षीय किशोर लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुलाई दुई ग्राम ११० मिलिग्राम लागुऔषधसहित मंगलबार राति पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । से.७ प १४०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

Read More

धनगढीः बझाङ जिप दुर्घटनामा घाइते भएका चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारी खतरामुक्त रहेका बताइएको छ । बाँकेस्थित कोहलपुुर मेडिकल कलेजका अर्थोपेडिक रेसिडेन्ट डा ब्राइन पोख्रेलले घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको र उनीहरू बोल्न सक्ने अवस्थामा रहेका बताएका हुन् । उपचारका क्रममा एमआरआई र सिटिस्क्यान गरी जाँच गर्दा दुबै जनाको पछाडिको भागको मेरुदण्डमा समस्या देखिएको डा.पोख्रेलले बताए । जोशीको मेरुदण्ड दुई ठाउँमा भाँचिएको छ भने भण्डारीको घाँटीको पछाडिको भागको एक ठाउँको हड्डी दबिएको छ । उनीहरु दुवै जनाको चाँडो शल्यक्रिया गर्नुपर्ने भए पनि परिवारका कुनैपनि सदस्य अस्पतालमा नआइपुगेकाले शल्यक्रिया हुन नसकेको डा. पोख्रेलले बताए ।…

Read More