Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : ठगी आरोपमा प्रहरीले एक जना धर्म गुरूलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले दोलखा घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका(४ गठ्ठाघर बस्दै आएका शिवसुत गौरी भक्त भन्ने धर्म गुरूलाई पक्राउ गरेको प्रवक्ता एसपी नवराज अधिकारीले बताए । उनले आफूलाई शिवसुत गौरी भक्त भनेर चिनाउँने गरेका थिए । उनले काठमाडौंमा ुहाम्रो अभियान नेपाल र ओम आश्रम नेपालु नामको संस्था खोलेका थिए। उनले ‘परिवारको भविष्य आमाको हातमा हाम्रो अभियान तपाईंको साथमा’ भन्ने नारा बनाएका थिए। ‘उनले नारी शक्तिको जागरण गराउने भनेर पैसा लिने गरेको पायौं। कतिपयलाई शोषण समेत गरेको पाएका छौं’, एसपी अधिकारीले भने। पीडितहरूलाई स्वदेशी तथा विदेशी कम्पनीमा लगानी…

Read More

काठमाडौं : नेपाली कांग्रेसले अनलाइनबाटै पार्टीको साधारण सदस्यता लिन सकिने व्यवस्था सुरू गरेको छ। महामन्त्री गगन थापाको संयोजकत्वमा मंगलबार केन्द्रीय कार्यालय सानेपामा बसेको सदस्यता व्यवस्थापन समिति बैठकले २० रुपैयाँ बुझाएर अनलाइनबाटै सदस्यता प्रदान गर्ने व्यवस्थाको सुरूवात गरेको हो। सदस्यता लिन चाहनेले वेबसाइटमा गएर आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सक्ने व्यवस्था गरिएको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले बताए। सदस्यता फारम भरेपछि सोको जानकारी मोबाइलमा म्यासेजमार्फत आउने पनि उनले बताए । आवेदन पार्टी केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुनेछ। क्रियाशील सदस्यता नवीकरण अब जिल्ला कार्यालयले नै गर्ने निर्णय भएको छ। कांग्रेसले क्रियाशील…

Read More

काठमाडौं : सर्वोच्च अदालतले काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ मागेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज उक्त मुद्दामा मेयर बालेनसँग लिखित जवाफ दिन आदेश दिएको हो । विवादास्पद संवाद रहेको भारतीय चलचित्र ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने आफ्नो निर्णयविरुद्ध उच्च अदालत पाटनले दिएको अन्तरिम आदेश अवज्ञा गर्ने बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको जिकिर गर्दै अधिवक्ता वर्षाकुमारी झाले गत शुक्रबार रिट हालेकी थिइन् ।

Read More

धनगढी : नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका मित नरबहादुर बलायरको देहावसान भएको छ। धनगढीको निसर्ग अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा बलायरको निधन भएको हो। उनी कैलालीको गोदावरी नगरपालिका वार्ड नम्बर १० मा बस्दै आएका थिए। उनी कैलाली क्षेत्र नं-४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बलायर, पूर्व मन्त्री तथा नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश समितिका सभापति वीरबहादुर बलायरका जेठा दाजु हुन्।

Read More

काठमाडौं : चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् । अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २:३० बजे बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।  पर्यटक भिषामा उनी नेपाल आएका हुन् ।

Read More

महोत्तरी : युवा संघका केन्द्रीय सदस्य तथा नेकपा एमालेका  नेता हरि महतो जनकपुर एयरपोर्टबाट पक्राउ परेका छन् । गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उपमेयर महतोको उजुरीको आधारमा उन्लाई जनकपुर एयरपोर्टबाट पक्राउ गरेर महोत्तरी ल्याइएको प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए । महतोमाथि उपमेयरले दिएको उजुरीउपर छानबिन गरि अनुसन्धान प्रक्रिया अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यसअघि उपमेयरको कार्यकक्षमा नै प्रवेश गरी हातपात समेत गर्न खोजेको पनि आरोपित भनिएका् महातोमाथि आरोप छ ।

Read More

स्याङ्जा: स्याङ्जाको बिरुवा गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । बिरुवा–७ बलेवाका दलबहादुर गुरुङकी १० वर्षीया छोरी गीताको करेन्ट लागेर मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ । आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा बिजुलीको प्लगबाट करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकाको प्राथमिक स्वास्थ केन्द्र वालिङमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ र स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन परिसरमा भिड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो । सम्भावित हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जनामात्रै जान पाउने निर्णय गरेको हो । प्रवक्ता सिटौलाका अनुसार टर्मिनल भवनमा धेरै भिड हुने गरेको र यात्रुलाई सास्ती भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको साथै दुर्घटनाको जोखिमसमेत बढेकाले त्यो निर्णय गरिएको हो । अन्तर्राष्ट्रिय टर्मिनलमा साँझदेखि राति १० बजेसम्म अत्यधिक भिड हुने गरेको छ ।…

Read More

धनगढीः कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार जिल्लाको टीकापुर नगरपालिका–१ वनगाँउबाट टीकापुर–३ शंकरपुरका ३० वर्षीय देबेन्द्रबहादुर शाही १७० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

Read More

डडेल्धुराः डडेल्धुरामा अवैध काठ बरामद गरिएको छ । जिल्लाको पर्शुराम नगरपालिका–७ गड्गडे जोगबुढाबाट से १ त ४२०९ नम्बरको ट्याक्टरमा लोड गरिएको २५ दशमलव ६ क्युफिट काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय तातापानीले जनाएको छ । बरामद काठ ट्याक्टर र चालकसहितसव–डिभिजन वन कार्यालय साँदनीमा बुझाइएको छ ।

Read More