Author: महेन्द्रनगर पोष्ट

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाहसहित तीन जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। अख्तियारले यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख शाह, तत्कालीन सहायक कम्प्युटर अप्रेटर (करार) नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। कार्यालय प्रमुख शाहले प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई उत्तीर्ण गराएको र लिखित परीक्षामा उत्तीर्ण नभएका र लिखित परीक्षामा समावेश नभएका सयौं परीक्षार्थीहरुलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए। कार्यालय प्रमुख शाहले सवारी चालक अनुमतिपत्रको लागि लिइएका लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको लिखित परीक्षाको परिणाम फेरबदल गरी…

Read More

दार्चुलाः दार्चुलामा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। जिल्लाको ब्याँस गाउँपालिका–२ पतङ्गाड खोलामा करिब ४० ४५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थमा फेला परेको हो। थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी टोली खटिएको छ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका वर्षमा जस्तो यसवर्ष रासायनिक मलको अभाव नहुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ का क्रममा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै उनले रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षमा भन्दा सुदृढ भएको बताए । “विसं २०७९ साउनदेखि हालसम्म तीन लाख ५१ हजार मेट्रिकटन मल आयात भएको छ । त्यसमध्ये ७१ हजार मेट्रिकटन विभिन्न बिक्री डिपोमा मौज्दात छ । भारतको कोलकाताबाट ४५ हजार मेट्रिकटन डिएपी मल असारभित्र नेपाल ल्याइसक्ने गरी व्यवस्था गरिएको छ”, उनले भने । रासायनिक मलका लागि रु १५ अर्ब विनियोजन भए पनि थप रु २३ अर्बको स्रोत सुनिश्चित गरी मल…

Read More

ओखलढुङ्गा: ओखलढुङ्गामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । अविरल वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई बेपत्ता भएका थिए । बेपत्ता दुबैको शव भेटिएको हो । बिहीबार राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा उनीसँगै २९ वर्षीय श्रीमती शिवमाया, १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको थियो । आमाबाबुको शव बिहानै भेटिए पनि बेपत्ता छोराछोरीको शव स्थानीयवासी र सुरक्षाकर्मीले पहिरोबाट निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । राति करिब ११ बजेतिर बस्ती माथिबाट आएको पहिरोले गुरुङसँगै बलबहादुर…

Read More

दार्चुला: पहिरोले अवरुद्ध महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर सडक सुचारु भएको छ । दार्चुलाको महाकाली नगरपालिका-८ असिगडास्थित उक्त सडकखण्डमा गएरातिको वर्षाका कारण ढुंगामाटो खसेपछि सडक अवरुद्ध भएको थियो । महाकाली र शैल्यशिखर नगरपालिकाको डोजरले सडकको पहिरो हटाइसकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरो हटाउन सडक डिभिजन कार्यालयले पनि सहयोग गरेको थियो । सडक खुलेर यातायात पनि सुचारु भइसकेको प्रहरीले जनाएको छ ।

Read More

चितवन: चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएयता सबैभन्दा बढी पर्यटक यस वर्ष भित्रिएका छन् । विगतका वर्षमा विदेशी पर्यटक धेरै हुने भए पनि यस वर्ष भित्रिएका धेरै पर्यटक नेपाली हुन् । जिल्लामा निकुञ्ज भित्रिएका पर्यटकको मात्रै तथ्याङ्क राखिने हुँदा सङ्ख्या कम देखिने गर्दछ । पर्यटनविद्हरुले गरेको सूक्ष्म अध्ययनले भने जिल्लामा वार्षिक सात लाखभन्दा बढी पर्यटक भित्रिने गरेको देखाएको छ । निकुञ्जमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा दुई लाख ८८ हजार तीन सय ५९ पर्यटक भित्रिएका छन् । यीमध्ये एक लाख ९८ हजार आठ सय २६ नेपाली, ३५ हजार आठ सय ८६ सार्क मुलुकका र २९ हजार पाँच सय ७६ विदेशी पर्यटक…

Read More

काठमाडौँ: आगामी तीन दिन सुदूरपश्चिमका चारसहित १० जिल्लाका नदीनालामा बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ । कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडीसहित अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान र बाँके भई बहने केही साना तथा मझौला नदीहरूमा आकस्मिक बहावको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको हो । ती जिल्ला भई बहने नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा ३ लाख बढीका भन्सार छलीका सामान भेटिएका छन् । प्रहरीले भीमदत्त नगरपालिका–१० मा २ लाख ५० हजार मूल्य बराबरका एयरफोन बेवारिसे अवस्थामा भेटाएको हो । त्यस्तै, जिल्लाको बेलौरी नगरपालिका–५ मैनाहामा पनि भन्सार छलीका स्याम्पु, खाने तेल, चिसो पेय पदार्थ लगायतका सामान नियन्त्रणमा लिइएको छ । अन्दाजी ६७ हजार मूल्यका सामानसहित से.७ प. ८१८६ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी बुझाइएको जनाइएको छ ।

Read More

बैतडी: बैतडीमा एक घरमा चट्याङ परेको छ । जिल्लाको पुर्चौंडी नगरपालिका-३ का कालुसिंह बोहराको घरमा गएराति चट्याङ परेको हो । चट्याङले घरको छत र कोठाहरु चर्किएका उनका छोरा चन्द्र बोहराले बताए । उक्त घर भर्खरै निर्माण गरिएको र त्यहाँ कोही नबस्ने भएकाले मानवीय क्षति नभएको उनले बताए ।

Read More

जाजरकोट: जाजरकोटको छेडाखोलामा माछा मार्न गएका दुई जनाको डुबेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार छेडागाड नगरपालिका–१ स्थित छेडाखोलामा माछा मार्दै गर्दा स्थानीय ५० वर्षीय नरबहादुर नेपाली र शिवालय गाउँपालिका–९ का ४९ वर्षीय धनबहादुर बुढाको ज्यान गएको हो । बिहीवार दिउँसो डुबेका दुवै जनाको शव जालमा बेरिएको अवस्थामा भेटिएको बताइएको छ ।

Read More