काठमाडौं: नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर आफ्नो अवकाशअघि जन्मथलो अर्घाखाँचीमा आधुनिक र सुविधा सम्पन्न आवासीय भवन निर्माणमा व्यस्त छन्। आगामी चैतमा अवकाश हुने तयारीमा रहेका कुँवरले उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै गाउँमा आकर्षक घर निर्माण गरिरहेका हुन्। गाउँका परम्परागत ढुंगा-माटोका घरहरूको बिचमा कुँवरको नयाँ घर निकै फरक देखिन्छ। घरको बाहिरी संरचना लगभग पूरा भए पनि आन्तरिक सजावट र रंगरोगनका काम भने बाँकी रहेको छ। गाउँको ठूलो बारीको पाटोमा ठड्याइएको यो घरले वरपरका पुराना घरहरूलाई छायामा पारेको छ। महानिरीक्षक कुँवरको यो कदमले नेपालका उच्च पदस्थ अधिकारीहरूबीच अवकाशअघि घर निर्माणको चलनलाई पुष्टि गरेको छ। यसअघि प्रधानसेनापति प्रभुराम शर्माले पनि काठमाडौंको…
Author: महेन्द्रनगर पोष्ट
काभ्रेपलाञ्चोक: गृह सचिव गोकर्णमणि दुवाडीले काभ्रेको पनौतीस्थित निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण भ्रमण गरेका छन्। भ्रमणका क्रममा सचिव दुवाडीले प्रतिष्ठानको भवन तथा अन्य संरचनाहरूको निर्माण प्रगतिबारे जानकारी लिंदै निर्माण कार्यको गुणस्तर र समय व्यवस्थापनप्रति विशेष चासो व्यक्त गरे। निरीक्षणका क्रममा उनले परियोजनाको समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले भने, “निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता हुनुहुँदैन। समयमै परियोजना सम्पन्न गर्न सबै निकायले सहकार्य गर्नुपर्छ।” प्रतिष्ठानको निर्माण कार्यले प्रहरीको क्षमता अभिवृद्धि गर्दै आधुनिक प्रशिक्षण सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। यसले प्रहरी सेवामा दक्षता वृद्धि गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। निर्माणस्थलमा उपस्थित इञ्जिनियर र परियोजना व्यवस्थापकहरूले निर्माणको प्रगतिबारे गृह…
धनगढी: कैलालीमा सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीहरुलाई धर्म परिवर्तन गराएको आरोपमा चर्चका पास्टरलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई रहेको प्रहरीले जनाएको छ। कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले भट्टराईलाई धर्म परिवर्तन गराएको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए। उनकाअनुसार धर्म परिवर्तन शिर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले अदालतबाट म्याद थपेर भट्टराईमाथि अनुसन्धान गरिरहेको छ। भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा लम्की क्षेत्रका विद्यालयमा पुगेर शैक्षिक सामाग्री वितरण गर्ने बाहानामा विद्यार्थीहरुलाई ईसाई धर्ममा लाग्न प्रेरित गरेको आरोप छ। उनले लम्कीचुहा नगरपालिका–१ मा रहेको शहिद स्मृती माध्यमिक विद्यालयमा विद्यार्थीलाई बाइबल र इसुको…
काठमाडौं: भक्तपुरमा हिजो मृत भेटिएका बाबुछोराको हत्यारा मृतक कुलप्रसादका जेठो छोरोले प्रहरीमा आत्मसमर्पण गरेका छन्। हत्यापछि बेपत्ता जेठा छोरा मिलन आचार्य आज आफैं महाराजगञ्ज प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेका हुन्। प्रहरीका अनुसार उनले बुबा र भाईको हत्या गरेको स्वीकारेका छन्। शनिबार साँझ खाना खाएर बाबु कुलप्रसाद र जेठो छोरो मिलन एउटा कोठामा, कान्छो छोरो प्रवीण अर्को कोठामा सुतेका थिए। मिलनले सोही रात दुबैको हत्या गरेको र शव हिजो फेला परेको हो। हत्यापछि मिलन अस्ति बिहान ३ बजे नै कोठामा बाहिरबाट ताल्चा लगाएर निस्किएको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए। उनका अनुसार मिलन चढेको इनड्राइभ मोटरसाइकल कोटेश्वर हुँदै…
काठमाडौं: नेपाली फिल्म निर्माता तथा अभिनेता प्रकाश कुँवर ग्ल्याम नेपाल इन्टरनेशनलका लागि नयाँ देश निर्देशक नियुक्त भएका छन्। फेसन, मोडलिङ, र डिजाइनिङ क्षेत्रका प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन समर्पित यस प्रतिष्ठित फ्रन्चाइजले कुँवरको नियुक्तिसँगै आफ्नो गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरेको छ। दीपक ज्ञवालीद्वारा सन् २०१९ मा अस्ट्रेलियामा स्थापना गरिएको ग्ल्याम नेपाल इन्टरनेशनलले नेपालमा चौथो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ। यस फ्रेन्चाइजले नेपाली फेसन, डिजाइन, मोडल, र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य राखेको छ। ग्ल्याम नेपाल इन्टरनेशनलले नेपालभित्रका प्रतिभाशाली डिजाइनर र मोडलहरूलाई छनोट गरी तिनीहरूलाई विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्षम बनाउने काम गर्दै आएको छ। प्रकाश कुँवरको नेतृत्वले यस अभियानलाई अझ सशक्त…
धनगढी: सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ। बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, दार्चुला र बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भएको हो। यो हिउँदमा दोस्रोपटक हिमपात भएको हो। बझाङका सुर्मा, साइपाल, तलकोट, मस्टा, छविसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। बाजुराको गौमुल, बुढीनन्दा, हिमाली लगायतका गाउँपालिकामा हिमपात भएको स्थानीयले बताएका छन्। यस्तै डोटीको गैरा, खप्तड क्षेत्र, डडेल्धुराको हगुल्टे र साहुखर्कमा पनि हिमपात भएको छ। हिमपात र वर्षासँगै बढेको चिसोका कारण जनजीवन पनि प्रभावित भएको छ।
धनगढी: शनिबार बाजुराको गोत्री केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण झडै सात सय भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ। बाजुरामा निजी र सरकारी गरी छ सय ८४ वटा संरचनामा क्षति पुगेको हो। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सरकारी छ सय ५५ र निजी २९ भौतिक संरचनामा पूर्ण क्षति भएको हो। शनिबार बिहान ४ः१४ बजे जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो। जगन्नाथमा सबैभन्दा बढी दुई सय ८९ वटा घरमा पूर्ण क्षति गरेको केन्द्रले जानकारी दिएको छ। यसै गरी बुढीनन्दा नगरपालिकामा एक सय ३२, हिमाली गाउँपालिकामा एक सय २१, स्वामीकार्तिक…
धनगढी: दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ। जिल्लाको लमही नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले बताए। चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए।सोमबार बेलुकी उनी दुर्घटनामा परेका थिए। उद्धार गरी लमही अस्पतालमा पुर्याएको केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
काठमाडौं: ललितपुरमा एक विद्यार्थीको हत्या भएको छ। च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादका क्रममा भएको चक्कु प्रहारबाट इन्जिनियरिङ अध्ययनरत २३ वर्षीय नयन गुरुङको हत्या भएको हो। गएराति उक्त रेस्टुरेन्टमा साथीहरूसँगै गएका नयनलाई रेस्टुरेन्टका कर्मचारी डडेल्धुरा स्थायी घर भएका हेमराज भट्टले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। काउन्टरमा रहेका भट्टले चक्कु प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ। आपसी विवादका क्रममा एकाएक भट्टले चक्का प्रहार गरेको बताइएको छ। घटनापछि चक्कु प्रहार गर्ने भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको छ।मृतक गुरुङ ललितपुरकै हिमालय कलेजको बीई चौथो सेमेस्टरमा अध्ययनरत थिए।
धनगढी: कञ्चनपुरबाट १० जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका- १० सिसैयाका ३३ वर्षीय बिक्रम बोहराको घरको माथिल्लो तलामा जुवातास खेलिरहेको अवस्थामा बोहरासहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले नगद १८ हजार ४२२ सहित उनीहरूलाई पक्राउ गरेको हो।