Author: महेन्द्रनगर पोष्ट

अत्तरिया : नेपाल मुस्लिम संघ सुदूरपश्चिम अध्यक्ष शेख मुनिर अहमदले निराधार रुपमा आफ्नो बद्नाम नगर्न अनुरोध गरेका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले एउटा राजनीतिक पार्टीले संस्थागत रुपमै एकजना व्यक्तिका लागि ५÷७ बर्ष देखि विना कारण दुष्प्रचार गर्नु बाधक बन्न खोज्नु न्यायोचित नहुने बताउँदै आफ्नो बद्नाम नगर्न आग्रह गरेका हुन् । ‘कुनै एउटा राजनीतिक पार्टीले संस्थागत रुपमै एकजना व्यक्तिका लागि विगत ५/७ बर्ष देखि विना कारण दुष्प्रचार गर्नु बाधक बन्न खोज्नु न्यायोचित हुँदैन् । अहिलेको बैज्ञानिक युगमा पनि आदिम गुगका जस्तो धम्काउने, तर्साउने बन्दुकको डर देखाउनु भन्दा छलफल गरेर सत्य असत्य के रहेछ थाहा भईहाल्छ ’ प्रेस…

Read More

काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा परिवर्तनका पक्षधरहरू एक ठाउँमा भएको बताएका छन् । समाजवादी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै उनले यो मोर्चाले अहिलेसम्मको उपलब्धिको रक्षा गर्ने बताए । उनले भने, ‘दशकौँदेखि विभिन्न खालको सङ्घर्ष र बलिदानको श्रृखलाबाट गुज्रेका पार्टी र नेताहरूलाई विचार, प्रवृत्तिलाई बदनाम गर्ने, यो परिवर्तन हजारौँ बेपत्ता र सहिदको त्याग तपस्या र बलिदान आएको परिवर्तनलाई होच्याउने, अपमान गर्ने, अराजक र प्रतिगामी प्रवृत्तिका केही मान्छेहरूले टाउको उठाउन खोजेका छन्। के कुरा साँचो हो भने यो मोर्चा तीनको विरुद्ध युद्धको घोषणा भने पक्कै हो ।’ फेरि देशलाई हिजोकै सामन्ती र निरङ्कुशता फर्काउने…

Read More

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गर‍ेका छन्। राजदूत सोङ एमाले अध्यक्ष ओलीलाई भेट्न सोमबार बालकोट पुगेका थिए। भेटका क्रममा उनीहरू बीच द्विपक्षीय सम्बन्ध, बिआरआई परियोजना लगायतका विषयमा छलफल भएको थियो। राजदूत छनले यसैसाता पोखरामा ड्रायगन बोट फेस्टिबलमा सहभागी हुन अध्यक्ष ओलीलाई निम्तो दिएको स्रोतले बताएको छ।

Read More

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा सुदूरपश्चिम प्रदेश सरकारलाई प्रवेश निषेध गर्ने चेतावनी दिइएको छ। गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले पालिकाको विकासका लागि प्रदेशबाट बजेट विनियोजन नगरेको भन्दै यस्तो आक्रोस पोखेका हुन्। पालिका स्तरबाटै छनौट गरि पठाएको योजनालाई पनि प्रदेश सरकारले सुनुवाइ नगरेको भन्दै प्रदेश सरकारलाई पालिकामा निषेध गर्ने उनको चेतावनी छ। ‘पालिका स्तरबाट छलफल गरि प्राथमिकताको आधारमा पठाइएका योजना नपर्नु ? यदि बजेट हाल्नु नै थिएन भने पालिका स्तरमा छलफल चलाउनुको के अर्थ थियो ? पालिकामा पुगेर आफैले किन आश्वासन दिनुभयो ? हामी पालिकावासीको घोर अपमान भएको महसुस भएको छ ?’ उनले प्रश्न गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि आलिताल गाउँपालिकाको घुम्ती…

Read More

धनगढी : कैलालीमा किसान र सीमा सशस्त्र प्रहरी बलबीच झडप भएको छ । बर्खे धान खेतीका लागि भारतीय सीमाबर्ती बजारबाट रसायनिक मल ल्याउने क्रममा भजनी नगरपालिका ५ पगियापसारमा स्थानीय किसान र सशस्त्र प्रहरीबीच विवाद भएको हो । नेपालमा मलको अभाव रहेको बेला स्थानीय किसानले भारतीय सीमाबर्ती बजारबाट मल ल्याउने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिँदा विवाद बढेको भजनी ३ का वडाध्यक्ष विक्रम चौधरीले बताए । स्थानीय १२ जना किसानले साइकलमा ४३ कट्टा मल ल्याएका लागेका थिए ।

Read More

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मोर्चा बनाएर कसैलाई घुर्क्याउन नखोजेको बताएका छन्।  सोमबार राष्ट्रिय सभा गृहमा भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैलाई घुर्क्याउन समाजवादी मोर्चा नबनेको बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काउँदै कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाबिला गर्न मोर्चा नबनाएको बताए । ‘कुनै पार्टीलाई हामीले घुर्क्याउन खोजेका हैनौं । कसैलाई दबाब दिन पनि हामीले चाहेका हैनौं । कसैलाई तर्साउन पनि चाहेका हैनौं । नतर्सिनुस्, ढुक्क हुनुस्,’ उनले भने । उनले पहिलो पटक मोर्चा नबनाएको बताए । उनले ४८ सालमा र ६२/६३ को आन्दोलनमा पनि मोर्चा बनाएको स्मरण गरे…

Read More

काठमाडौ : सेयर बजारका लगानीकर्ताहरुले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिएका छन् । सांसद हरि ढकालको नेतृत्वमा गएको लगानीकर्ताको टोलीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि ८ बुँदे  सुझाव दिएको हो । उनीहरुले सेयर धितोकर्जामा एकल ग्राहकलाई लगाइएको १२ करोडको सीमालाई हटाउन माग गरेका छन् । सेयर धितोकर्जाको जोखिम भारलाई पुनरविचार गर्न माग गरेका छन् । ब्रोकरमार्फत सेयर धितोकर्जा प्रभावकारी बनाउनको लागि १० अर्बको कोष खडा गर्न माग गरेका छन् । बैंक तथा वित्तीय संस्थामा हुने तरलता अभाव, ब्याज दर वृद्धि र मौद्रिक नीतिमा हुने परिवर्तनको चक्रबाट सेयर बजारमा हुने प्रभाव कमगर्ने…

Read More

भद्रपुर: झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मेचीनगर नगरपालिका-६ निवासी २८ वर्षीय  देवेन्द्र थापा रहेको झापा कारागार भद्रपुरले जनाएको छ ।  आइतवार साँझ उनको स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिएका छ्न् । १६ असार २०७८ देखि लागुऔषध मुद्दामा कारागारमा जेल जीवन विताइरहेका थापाको कैद समयावधि ५ वर्ष रहेको कारागार प्रमुख पनेरूले बताए ।

Read More

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुकको परिवर्तनका लागि प्रगतिशील शक्ति एकताबद्ध भएर समाजवादी मोर्चा गठन गरिएको बताएका छन् । समाजवादी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउनका लागि आफूहरू एक ठाउँमा उभिनुपरेको दाबी गरे । राजनीतिक परिवर्तन भए पनि जनताको जीवनमा त्यसको अनुभूति हुन नसकेको बताउँदै उनले अब सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने बताए । शासन प्रणाली बदलिए पनि शासकको कार्यशैलीमा परिवर्तन भई जनताको जीवनमा त्यसको प्रभाव देख्न नपाइएको यादवको दाबी छ । समाजवादी मोर्चाको उद्देश्य गणतन्त्रलाई संस्थागत गर्ने, संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता, मौलिक हकजस्ता उपलब्धि सुनिश्चित गर्ने रहेको उनले…

Read More

काठमाडौँ: सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेसँगै मोर्चाको औपचारिक रूपमा घोषणा गरिएको हो ।

Read More