कैलाली: कैलालीमा एक युवकको लास फेला परेको छ। जिल्लाको कैलाली गाउँपालिकास्थित हसुलियामा ३० वर्षीय लक्ष्मीप्रसाद चौधरी मृत फेला परेका हुन्। शुक्रबार उनको शव आफ्नै घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना अनुसन्धान गर्न आफू त्यसतर्फ गइरहेको कैलाली प्रहरीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीको धनगढीस्थित नालीमा एक जनाको शव भेटिएको छ। धनगढी उपमहानगरपालिका–१४ एच गाउँ घाटस्थित नालीमा सोही ठाउँका ३९ वर्षीय मानबहादुर चौधरीको शव हिजो दिउँसो भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदका अनुसार उनको शरीरका केही भागमा चोटपटक लागेको भेटिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार मृतकले केहि दिनदेखि मादक पदार्थ सेवन गर्दै आएका र शव फेला पर्नुअघि पनि उनी मापसे गरेको अवस्थामा स्थानीयले देखेको साउदले बताए। घटनाको अनुसन्धानका लागि चौधरीको शव सेती प्रादेशिक अस्पतालमा लगिएको छ। त्यहाँ पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ।
काठमाडौँ: हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति सातै प्रदेशको एक दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षासँगै बाढी र पहिरोको जोखिम रहने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
काठमाडौँ: गोरखामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो। घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्याइएकोको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए। शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो। बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका थिए । तीनवटा गाडीहरुमध्ये एउटा गाडी गएराति १ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको हाे ।…
धनगढी : धनगढीमा नालीमा एक पुरुषको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–१४ एच गाउँ घाटस्थित नालीमा सोही ठाउँका ३९ वर्षीय मानबहादुर चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदकाअनुसार बिहीबार चौधरीको शव नालीमा भेटिएको हो । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय बहुलियाको टोली खटिएको छ भने थप अनुसन्धानका जिल्ला प्रहरी कार्यालयबाट समेत प्रहरी टोली त्यहाँ पुगेको छ । चौधरीको हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाइएको छ ।
काठमाडौँ : ब्याटिङ नचल्दा आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपाल दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । बिहीबार जिम्बाब्वेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा टस हारेपछि ब्याटिङमा आएको वेस्ट इन्डिजका लागि होप र पुरनले शतक बनाएपछि निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३९ रनको योगफल खडा गरेको थियो । वेस्ट इन्डिजले प्रस्तुत गरेको ३४० रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाएर २३८ रनमात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले ६३ रन जोडे । आरिफले ९३ बलमा चार चौका र एक छक्का प्रहार गरे । गुल्सन झाले ४२ रन थपे । यी दुईले सातौँ विकेटका…
काठमाडौं : नेपाली चलचित्र ‘बगान’को टिजर सार्वजनिक भएको छ । साहित्यकार स्वप्निल नीरवको कथा लेखन रहेको नारीप्रधान चलचित्र ‘बगान’ असार २९ गतेदेखि प्रदर्शन हुँदैछ । ‘यो एक विधुवा आमाको कथा हो । जसको जिन्दगीमा पनि प्रेम होस् भन्ने छोरीको पहल हुन्छ ।’, कथाकार नीरव भन्छिन् । आफ्नै आमाको जिन्दगी हेरेर यो कथा तयार पारेको उनको दाबी छ । ‘बुबा बित्नुभएपछि मैले विवाह गर्नु भनेकी थिएँ, बाँकी कथा चलचित्र हेरेर थाहा पाउने जिम्मा दर्शकको हो ।’, उनले भनिन् । यश चलचित्रमा सरोज खनालको निर्देशन आफूलाई चित्त बुझेको उनी बताउछिन् । ‘कथालाई न्याय हुनेगरी निर्देशन गर्नुभएको छ । अभिनय पनि राम्रो छ…
धनगढी : नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अछामको एक सहकारी र तीन लगुवित्तका पोष्टर च्यातेर आगो लगाएका छन्। ऋणीलाई विभिन्न बाहनामा दुःख दिएको भन्दै नेकपाका कार्यकर्ताले पूर्वी अछामको कमलबजार नगरपालिकास्थित किसान माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, मिरमिरे लघुवित्तको पोष्टर च्यातेका अछाम प्रहरीले बताएको छ। वित्तीय संस्थाहरुलाई कार्वाही गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत बिहीवार पूर्वी अछामका ४ वित्तीय संस्थाका पोष्टर च्यातिएको पार्टीले बताएको छ। अछाममा यसअघि पनि नेकपाका कार्यकर्ताले छिमेक लघुवित्त र एनएमबी लघुवित्तमा तालाबन्दी गरेका थिए।
पोखरा : स्याङ्जामा चोरीको नौलो घटना सार्वजनिक भएको छ । अहिलेको चर्चित सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाएर भेटघाटमात्रै होइन घरमै पुगेर सुनका गहना चोरी गरेको घटना प्रहरीले सार्वजनिक गरेको छ । सुरुमा टिकटकमार्फत साथी बन्ने, एकअर्कालाई लाइक, कमेन्ट गर्ने, भेटघाट गर्ने, घरमै पुगेर सँगै टिकटक बनाउने र मौका परेपछि सुनको गहना चोरी गरेर बेचेको आरोपमा स्याङ्जा प्रहरीले एक जना महिलालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका–३ की २४ वर्षीय कुसुम बिसी छन् । विसीले सुरुमा स्याङ्जा वालिङ–६ एक्ले पिपलस्थित एक महिलालाई साथी बनाएर भेटघाट गर्न घरमै पुगेकी थिइन् । प्रहरीका अनुसार उनीहरुले सँगै मिलेर टिकटक पनि बनाएर…
काठमाडौँ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. भूपेन्द्र बस्नेत नियुक्त भएका छन्। न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले डा. बस्नेतलाई न्याम्सको उपकुलपति नियुक्त गरेका हुन्। प्रधानमन्त्री एवं न्याम्सका कुलपति दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा दुई सदस्यीय ‘सर्च कमिटी’ गठन गरेका थिए। कमिटीले उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो। उपकुलपतिका लागि ११ जनाले आवेदन दिएका थिए।