Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको सुर्नया गाउँपालिका-२ ले बजार क्षेत्रमा डस्टबिन वितरण गरेको छ । वडा कार्यालयले सतबाँझ र सिउडे बजारमा डस्टबिन वितरण गरेको हो । फोहर व्यवस्थापन गरी बजार क्षेत्र सफा राख्न डस्टबिन वितरण गरिएको वडा अध्यक्ष गणेशबहादुर विष्टले बताए । डस्टबिन प्रत्येक व्यवसायीको पसल र सार्वजनिक स्थलमा राखिएका छन् ।

Read More

धनगढी: धनगढीमा एसइई आइडलको फाइनल प्रतियोगिता असार २ गते हुने भएको छ। आयोजकले हिजो पत्रकार सम्मेलन गर्दै धनगढीस्थित ॐ प्यालेसमा प्रतियोगिताको फिनाली हुने जानकारी दिएको हो। विद्यालय स्तरका नृत्य तथा गायन प्रतिभा उजागर गर्न उक्त प्रतियोगिता आयोजना भएको हो। प्रभात मिडिया एण्ड इभेन्ट प्रालिले एसई धनगडी कैलाली आइडल-२ आयोजना गरेको हो। प्रतियोगिताको अडिसन २०७९ पुसबाट सुरु भएकोमा असार २ मा फाइनल हुन लागेको हो। यस्ता छन् विधा र पुरस्कार अनि नियम !

Read More

धनगढीः गेटामा विश्वविद्यालयको माग राख्दै मङ्गलवार प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिइएको छ । मुख र आँखामा कालोपट्टी बाँधेर धर्ना दिइएको हो । आज बिहान १०ः३० बजेबाट मुख र आँखामा कालोपट्टी बाँधेर धर्ना सुरु गरेको विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले बताए । सरकारले गत माघ २९ मा गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरे पनि जेठ १५ मा ल्याइएको बजेटमा एक सय शय्याको अस्पताल र प्रतिष्ठान चलाउने कुरा आएपछि सुदूरपश्चिममा आन्दोलन थालिएको थियो ।

Read More

काठमाडौँ: आज सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको भाउ पनि तोलामा तोलामा पाँच रुपैयाँ बढेर १ हजार ४ सय ५० पुगेको छ ।

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिका-२३ ओमबहालमा गए राति खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालका अनुसार काठमाडौँ महानगरपालिका २३ का २५ वर्षीय सुरज शाक्यले आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेका हुन् । मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेको पाइएको छ । हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी:  हिन्दी सिनेमा ‘आदिपुरुष’को प्रदर्शनमा नेपालमा पनि हलहरुले प्रत्येक शोमा एउटा सिट हनुमानका लागि छुट्याउने भएका छन्। धनगढीको एसटीएस सिनेमा हलले पनि हनुमानका लागि सिट छुट्टयाउने भएको हो। निर्माण पक्षले गरेको आग्रह अनुसार हनुमानका लागि प्रत्येक शोमा एउटा सिट खाली गर्ने निर्णय गरेको सिनेमा घरले बताएको छ। ‘जहाँ रामायण पाठ हुन्छ, त्यहाँ भगवान हनुमान प्रकट हुन्छन् । यस विश्वासलाई सम्मान गर्दै प्रभासको सिनेमा आदिपुरुष जहाँ प्रदर्शनहुन्छ त्यहाँ एक सिट विशेष रूपमा हनुमानका लागि छुट्याइनेछ,’ आदिपुरुष टिमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। ओम राउतले निर्देशन गरेको सिनेमामा प्रभास रामको भूमिकामा छन्। सैफअली खानलाई रावणको भूमिकामा देख्न सकिनेछ। कृतिसेननले सीताको भूमिका…

Read More

बैतडी: मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ । आकासेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति सेवा बन्द गरेको हो । पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीमा प्रसूति सेवा दिन खटिएका स्वास्थ्यकर्मी कोकिला भट्ट र निर्मला लावड स्वास्थ्य चौकीमै डेरा गरी बसेका छन् । दलित र सुत्केरी महिलामाथि विभेद गर्ने कुप्रचलनका कारण स्वास्थ्य चौकी भएर जाने मन्दिरको खानेपानीको पाइपबाट पानी भर्न नपाएको अनमी निर्मला लावडले बताईन् । स्वास्थ्य चौकीको छेवैबाट पञ्चेश्वर गाउँपालिका–१, सल्ला बस्तीका लागि ६० मिलिमिटर मोटो पाइपमा चौबिसै घण्टा पानी आउँछ । स्थानीय बस्तीका…

Read More

कञ्चनपुर: महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको २० करोड ७८ लाख बढी रकम ठगी गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत रकम फिर्ता नगरेको भन्दै दुई हजार ४९६ जना बचतकर्ताले प्रहरीमा निवदेन दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बचतकर्ताहरूले २० करोड ७८ लाख २४ हजार रकम फिर्ता माग गर्दै निवेदन दिएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक हर्षबहादुर चन्दले शिवशिखर सहकारी संस्थाबाट ठगिएका दुई हजार ४९६ जनाले निवेदन दिएको बताए। “अहिले हामी निवदेनकर्ताको संयुक्त जाहेरी बनाएर मुद्दा दर्ता गर्ने तयारीमा छौँ”, उनले भने, “अनुसन्धान गर्न सजिलो होस् भनेर संयुक्त जाहेरी तयार गर्न लागेका हौँ…

Read More

झापा: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ कोकाहा खोलाको पानी धरान ल्याउन सफल भएका छन्। कोकाहाको पानी धरान ल्याउन सफल भएपछि सोमबार मध्यरातमा उनी भावुक भएका थिए। पानी धरान ल्याउनकै लागि मेयर साम्पाङलगायत धेरै धरानबासी रातभर जाग्राम बसेका थिए। कोकाहाको पानी धरान ल्याउन सफल मेयर साम्पाङलाई अहिले सामाजिक सञ्जालमा मानिसहरूले बधाई दिइरहेका छन्।

Read More

बैतडी: बैतडीमा सवारी दुर्घटना परेर वडाअध्यक्ष र सचिव घाइते भएका छन्।  जिल्लाको  पाटन नगरपालिका-  ६ हिरापुरमा  मोटरसाइकल र जीप एकआपसमा  ठोक्किर  दुर्घटना हुँदा पाटन ८ का वडाअध्यक्ष हरिश विष्ट  र  वडा नम्बर ९ मा कार्यरत सचिव राम दत्त जोशी घाइते भएका जिल्ला प्रहरी कार्यालय  बैतडीले जनाएको छ।  सोमबार अपरान्ह पाटनबाट खोडपेतर्फ जाने  क्रममा वडा अध्यक्ष र सचिव सवार से १ ब १२९ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको  सुपप्र ०१ ००१ च २६६९ नम्बरको ठोकिएको थियो। वडाअध्यक्ष बिष्टको खुट्टा, अनुहार र शरिरका अन्य भागमा गम्भिर चोट लागेको छ भने वडासचिव जोशीका खुट्टामा चोट लागेको बताइएको  छ।  घाइते दुवैजनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले…

Read More